काठमाडौं,१० असोज । प्रधानमन्त्री सुशीला कार्कीको नाममा फेसबुक र एक्स (ट्वीटर) मा आइडी बनाएर समाचार तथा पोस्टहरू गरिएका आइडी नक्कली भएको जानकारी पाइएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सूचना जारी गर्दै यस्ता फेक आइडीका पोष्टको भ्रममा नपर्न सबैलाई आग्रह गरेको छ ।
यस्तो गैरकानूनी कार्य गरेमा प्रचलित कानून बोजिम कारबाही हुने चेतावनी समेत प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले दिइएको छ ।










