सार्वजनिक यातायातमा हुने अनियमिततालाई नियन्त्रण गर्न सरकारद्धारा कडाइ

काठमाडौँ,१० असोज । चाडपर्व नजिकिँदै गर्दा सार्वजनिक यातायातमा हुने अनियमिततालाई नियन्त्रण गर्न सरकारले कडाइ गर्ने जनाएको छ ।

 

यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै स्वीकृत भाडादर भन्दा बढी भाडा असुल्ने र टिकटको कालोबजारी गर्नेलाई कानुनबमोजिम कडा कारबाही गर्ने चेतावनी दिएका जनाएकोे छ।

 

विभागले जारी गरेको सूचनामा चाडपर्वका बेला सार्वजनिक यातायातलाई सहजीकरण गर्न सरोकारवालाहरूसँगको सहभागितामा विभिन्न निर्णय भएको सर्वविदितै भए पनि पूर्ववत् निर्णय, स्वीकृत भाडादर र प्रचलित कानुनको प्रतिकूल हुने गरी बढी भाडा लिने, टिकटको कालोबजारी गर्ने तथा टिकट बिक्री वितरणमा असहजता सिर्जना गर्ने जस्ता गुनासो यात्रु तथा नागरिक स्तरमा बढेको उल्लेख गरेको जनाएको छ।

 

यी समस्याहरूलाई सम्बोधन गर्न विभागले सम्पूर्ण सरोकारवालाहरूलाई प्रचलित कानुन, स्वीकृत भाडादर तथा निर्णयबमोजिम मात्र टिकट काट्न, कटाउन र अनलाइन सम्बन्धी सेवालाई व्यवस्थित गर्न सबैलाई अनुरोध गरेका जनाएको छ।

 

सूचनामा उल्लेख गर्दै भनिएको छ,’अत्यावश्यक सार्वजनिक सेवालाई व्यवस्थित गर्ने सम्बन्धी प्रचलित कानुन, नेपाल सरकारद्वारा स्वीकृत भाडादर एवं चाडपर्व लक्षित सार्वजनिक यातायातलाई सहजीकरण गर्ने सम्बन्धी यस पूर्वका निर्णय विपरीत भाडा असुल गर्ने तथा टिकट कालोबजारी गरेको पाइएमा कानुन बमोजिम कारबाही हुने सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।’

विभागले यातायात सेवालाई व्यवस्थित बनाउन र यात्रुहरूलाई सहज यात्राको प्रत्याभूति गराउन यो कदम चालेको बताएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

प्रेस स्वतन्त्रता नागरिकको सुसूचित हुन पाउने अधिकार भएको थापाको दाबी

काठमाडौँ,२० वैशाख। नेपाली कांग्रेसका सभापति गगन थापाले सत्य समाचार लेखेकै आधारमा सञ्चारकर्मीले डराउनु नपर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनु भएको छ। उहाँले यो कार्य सबैको

सुकुम्वासी बस्तीका भग्नावशेषमा कवाडी संकलन गर्नेको लर्को

काठमाडौँ,२० वैशाख। सरकारले उपत्यकाका विभिन्न सुकुम्वासी बस्ती खाली गराएसँगै भत्काइएका संरचनाका अवशेषहरू संकलन गर्नेहरूको भीड बढेको छ। गत शनिबारदेखि थापाथली, गैरीगाउँ, शंखमूल, मनोहरा, बालाजु, बल्खु,

रास्वलले भन्यो : आगामी स्थानीय तहको चुनावमा उम्मेदवार बन्न चाहानेले लिडरसिप एकेडेमी पास गर्नै पर्ने

काठमान्डौं,२० वैशाख । आगामी स्थानीय तह निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार हुन चाहने पार्टी सदस्यहरूले क्याण्डिडेट क्लबको सदस्य भई लिडरशिप एकेडमीबाट उतिर्ण हुनैपर्ने। यसअघि

पहिले बसोबासको व्यवस्था मिलाएर मात्रै सुकुम्बासी क्षेत्र खाली गर्नुपर्छ:पवित्रा महतारा प्रसाई

 झापा ,२० वैशाख । काठमाडौं उपत्यकाका नदी किनार तथा सार्वजनिक जग्गा खाली गर्ने क्रममा सयौं परिवार विस्थापित भएका छन् । सरकारले केही परिवारलाई अस्थायी रूपमा

एमालेमा डिजिटल सदस्यता प्रणाली लागू, समयमै नवीकरण नगर्नेलाई जिम्मेवारीबाट स्वतः मुक्त गरिने

काठमाडौँ, २० वैशाख। नेकपा (एमाले) ले पार्टी सदस्यता व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने निर्णय गरेको छ। आज केन्द्रीय कार्यालयमा आयोजित सदस्यता सम्बन्धी डेमो

सरकारले ल्याएका ६ अध्यादेश , अब देश सुधार हुन्छ त?

सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेका आठमध्ये ६ वटा अध्यादेश जारी भएका छन्। शनिबार मात्रै राष्ट्रपति रामचन्द्र पौडेलले तीन अध्यादेश जारी गनर्’भएको ५ छ। शनिबार स्वास्थ्य विज्ञान