सार्वजनिक यातायातमा हुने अनियमिततालाई नियन्त्रण गर्न सरकारद्धारा कडाइ

काठमाडौँ,१० असोज । चाडपर्व नजिकिँदै गर्दा सार्वजनिक यातायातमा हुने अनियमिततालाई नियन्त्रण गर्न सरकारले कडाइ गर्ने जनाएको छ ।

 

यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै स्वीकृत भाडादर भन्दा बढी भाडा असुल्ने र टिकटको कालोबजारी गर्नेलाई कानुनबमोजिम कडा कारबाही गर्ने चेतावनी दिएका जनाएकोे छ।

 

विभागले जारी गरेको सूचनामा चाडपर्वका बेला सार्वजनिक यातायातलाई सहजीकरण गर्न सरोकारवालाहरूसँगको सहभागितामा विभिन्न निर्णय भएको सर्वविदितै भए पनि पूर्ववत् निर्णय, स्वीकृत भाडादर र प्रचलित कानुनको प्रतिकूल हुने गरी बढी भाडा लिने, टिकटको कालोबजारी गर्ने तथा टिकट बिक्री वितरणमा असहजता सिर्जना गर्ने जस्ता गुनासो यात्रु तथा नागरिक स्तरमा बढेको उल्लेख गरेको जनाएको छ।

 

यी समस्याहरूलाई सम्बोधन गर्न विभागले सम्पूर्ण सरोकारवालाहरूलाई प्रचलित कानुन, स्वीकृत भाडादर तथा निर्णयबमोजिम मात्र टिकट काट्न, कटाउन र अनलाइन सम्बन्धी सेवालाई व्यवस्थित गर्न सबैलाई अनुरोध गरेका जनाएको छ।

 

सूचनामा उल्लेख गर्दै भनिएको छ,’अत्यावश्यक सार्वजनिक सेवालाई व्यवस्थित गर्ने सम्बन्धी प्रचलित कानुन, नेपाल सरकारद्वारा स्वीकृत भाडादर एवं चाडपर्व लक्षित सार्वजनिक यातायातलाई सहजीकरण गर्ने सम्बन्धी यस पूर्वका निर्णय विपरीत भाडा असुल गर्ने तथा टिकट कालोबजारी गरेको पाइएमा कानुन बमोजिम कारबाही हुने सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।’

विभागले यातायात सेवालाई व्यवस्थित बनाउन र यात्रुहरूलाई सहज यात्राको प्रत्याभूति गराउन यो कदम चालेको बताएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले