पुःन निर्माणमा जुट्दै छ नागरीक सहयोग, उठ्दैछ प्रहरी कार्यालय

दमक। ११ भदौ । इलाका प्रहरी कार्यालय दमक पुनःर्निर्माणका लागि बिभिन्न दाताहरुको सहयोग निरन्तर आइरहेको छ । नागरिक स्तरबाट नै निर्माण गरिएको यो संरचना गत भदौ २४ गते जेन जी आन्दोलनका नाममा उद्धण्ड समुहले आगजानी र तोडफोड गरेको थियो । आगजानी र तोडफोडपछि बस्न र प्रयोग गर्नै निमील्ने अवस्थामा पुगेको भवनमा पूःन निर्माणका लागि नागरिक स्तरबाट अहिले निरन्तर सहयोग आइरहेको छ ।

 

अहिले सम्म यो कार्यालय पूःन निर्माण गर्न दमक उद्योग वाणिज्य संघबाट ५ लाख रुपैयाँ, दमक नगर इसाई समाजबाट २ लाख १६ हजार ६ सय ५५ रुपैयाँ, प्याप्सन दमकबाट १ लाख १ हजार रुपैयाँ, दुग्ध व्यवसायी संघ दमकबाट १ लाख रुपैयाँ, दमक क्याम्पसबाट ५० हजार रुपैयाँ, र काठमाडौँका प्रेम बस्नेतबाट ५० हजार रुपैयाँ सहयोग प्राप्त भएको छ।

 

त्यस्तै, जिन्सी सहयोगतर्फ मेची सहकारी संस्थाबाट १ लाख ५० हजार बराबरको जिन्सी सहयोग प्राप्त भएको छ, जसमा १ थान एसी, २ थान फ्रिज र २ थान म्याट्रेस समावेश छन्। स्वर्णलक्ष्मी साकोस दमकले ५० हजार बराबरका किचन सामग्री सहयोग गरेको छ।

 

हम्सेदुम्से बनबाट २ ट्रयाक्टर माटो, मन्दिरको मर्मत कार्य, कस्मिक पार्टी प्यालेसबाट प्रतीक्षालय निर्माण, साथै राजु अग्रवाल र प्रकाश प्रसाईले ८० हजार बराबरको सहयोग गरेका छन्।

 

दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईका अनुसार यही गतिमा सहयोग प्राप्त भयो भने अवको दुई दिनभित्रैमा प्रहरीलाई आफ्‌नै भवनमा ल्याउन सकिने बताउनु भयो । अहिले प्रहरी अस्थाई रुपमा दमक ८ स्थित अर्गानिक कृषि बजारमा बसेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले