झापा,११ असोज । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागनु भएको छ।
जेनजी आन्दोलनको मर्मअनुसार काम गर्न नसकेको भन्दै उहाँले कार्कीको राजीनामा मागनु भएको हो । उहाँले जेनजीको माग आफूले पुरा गर्ने समेत दाबी गर्नु भएको छ।
उहाँले भन्नु भएको छ,’सुशीला जी, तपाईँले जेन्जीको मर्म अनुसारको काम गर्नु सक्नु भएन ! राजीनामा दिनुस् ! म गर्छु उनीहरूको माग पूरा एक एक गरेर !









