राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्यो काठमाडौंमा भ्रष्टाचार र बेथितिविरुद्ध प्रदर्शन

काठमाडौँ,११ असोज । भ्रष्टाचार र बेथितिविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीले शनिवार प्रदर्शन गरेको छ । शनिवार काठमाडौँको माइतीघर मण्डलामा भेला भई राप्रपाका नेता–कार्यकताहरुले विरोध प्रदर्शन गरेका छन्।

उनीहरुले भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह हो लेखेको कालो टिसर्ट लगाएर प्रर्दशन गरेका छन् । उनीहरुले भ्रष्टाचारीलाई कारबाही, प्रदेश खारेजी, राजसंस्था र हिन्दु राष्ट्र, संविधानको पुनः लेखन, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने माग राख्दै प्रर्दशन गरेका छन् ।

 

७५ जनाको बलिदान, फेरि यही संविधान, देशलाई दुर्घटनाबाट जोगाउन नवीन समझदारी गर, जेनजीका हत्यारालाई कारबाही गर, २०४६ सालपछिका उच्चपदस्थ पदमा पुगेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर लगायतका प्लेकार्ड बोकेर विरोध गरेका छन् ।

 

जेनजी आन्दोलनमा मृत्युवरण गरेका परिवार र देशको परिवर्तनको लागि लडेका युवाहरूको साथमा राप्रपा रहेको जनाएका छन् । विरोध प्रदर्शनका क्रममा कुराकानी गर्दै राप्रपाकी नेतृ खुम्बु ओलीले विविध विकृति अन्त्यको माग राख्दै आफूहरू सडकमा आएको बताउनु भयो ।

 

राजनीतिक दलका नेताहरूले पुनः टाउको उठाउने प्रयास गर्नु जेन जी आन्दोलनलाई दबाउनु रहेको बताउनु भयो । अन्तरिम सरकारलाई जेनजी क्रान्तिको भावना विपरीत नजान र शहीदको रगतको नजरअन्दाज नगर्न चेतावनी दिइनु भयो।

उहाँले अन्तरिम सरकार क्रान्तिको भावना विपरीत जान खोजेको भन्दै आपत्ति जनाउनु भयो । अन्तरिम सरकारले जेनजी आन्दोलनमा दमन गर्न आदेश दिनेहरूमाथि कारबाहीका लागि कुनै पहल नगरेको, भ्रष्टाचार छानबिनका लागि कुनै आयोग गठन नगरेकाले पनि जेनजी आन्दोलनप्रति अन्तरिम सरकार जिम्मेवार नरहेको ठहर हुने निष्कर्ष रहेको बताउनु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राप्रपाले भन्यो, प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलबाट टाढा रहने छौ

काठमाडौं ,२० साउन। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा हुने पार्टीको केन्द्रीय महाधिवेशनलाई व्यवस्थित,

पोखराको फेवातालजस्तै बन्न सक्छ झापाको ‘साधुहोली’

दमक, २०, साउन ।झापामा प्रकृतिले दिएको एउटा अनुपम उपहार छ, साधुहोली। तर विडम्बना के छ भने, प्रकृतिले सम्भावना दिएको ठाउँलाई राज्यले अझैसम्म सम्भावनाको सूचीमै सीमित

ओली र लेखकलाई पक्राउ गरेकोमा वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले माफी मागून वा राजीनामा दिऊन् : शंकर पोखरेल

दाङ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राज्यले कानुन कार्यान्वयनमा दोहोरो मापदण्ड अपनाउन नहुने बताएका छन्। प्रेस चौतारी दाङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा

सुकुम्बासीको जग्गा हडप्नेलाई सरकारले दियो यस्तो  चेतावनी

काठमाडौं,२०,साउन । भूमि समस्या समाधान समितिले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका नाममा गलत विवरण पेश गरी जग्गा वा संरचना प्राप्त गर्ने व्यक्तिलाई कानुनी

सुकुम्बासीहरुको स्वास्थ्य परीक्षण ,३० प्रतिशतमा उच्च रक्तचाप

काठमान्डौं,२० साउन । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरको राधास्वामी सत्संग परिसरमा राखिएका थापाथली बागमती किनारका सुकुम्बासीहरुको स्वास्थ्य अवस्था परीक्षण गर्दा लामो समयदेखिको जोखिमपूर्ण जीवनको असर देखिएको

श्रम मन्त्री यादवको घोषणाः वैदेशिक रोजगारी सुरक्षित र पारदर्शी बनाइने

काठमाडौं,२० साउन । उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठकमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र पारदर्शी