राष्ट्रको हितको पक्षमा उभिदा विरोधीहरु सल्बलाएको ओलीको धारणा

भ्रष्टाचार उन्मूलन नभएपनि आफ्नो पालामा भ्रष्टाचार नियन्त्रण भएको दाबी गर्दै जनतालाई सेवा सुविधा दिनुपर्छ भन्ने कुरामा सदैव जोड दिएको दाबी

काठमाडौं,११ असोज। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अर्थतन्त्र असहज अवस्थामा गुज्रिएको बेला एमालेको सरकार बनेको बताँउनु भएको छ । राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले एमालेको नेतृत्वमा सरकार बनेपछि अर्थतन्त्र सबल भएको र विकासका कामले तीब्रता पाएको दाबी गर्नु भएको छ।

 

उहाँले सुशासन र विकासमा एमालेले ध्यान केन्द्रित गरेको उल्लेख गर्दै मनमोहनको पालादेखि २०७४ र अहिले पनि सरकारमा जाँदा धेरै राम्रा काम गरेको बताउनु भयो।

पूर्वप्रधानमन्त्री ओलीले भ्रष्टाचार उन्मूलन नभएपनि आफ्नो पालामा भ्रष्टाचार नियन्त्रण भएको दाबी गर्दै जनतालाई सेवा सुविधा दिनुपर्छ भन्ने कुरामा सदैव जोड दिएको बताउनु भयो।

उहाँले देशभक्ति र देशको पक्षमा बोल्दा झोले भन्ने ट्रेन चलाइएको भन्दै आपत्ति जनाउनु भएको छ। उहाँले राष्ट्रको हितको पक्षमा उभिदा विरोधीहरु सल्बलाएको धारणा राख्नु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रसुवा बाढीपीडितका लागि ६ घण्टामै २७ करोड ३३ लाख जुट्यो

काठमाडौं , भदौ ११ । रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जुट्न थालेको छ।

बाढीपीडितका लागि बिर्तामोड नगरपालिकाले ५ लाख दिने

बिर्तामोड , भदौ ११ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि बिर्तामोड नगरपालिकाले पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने

रसुवाको मैलुङबाट दोलखाका सन्तोष थपलिया सम्पर्कविहीन, खोजी तीव्र

काठमाडौं , भदौ ११ । दोलखाको मेलुङ गाउँपालिका–१, पवटी स्थायी घर भएका सन्तोष थपलिया रसुवाको मैलुङ क्षेत्रबाट सम्पर्कविहीन भएका छन्। थपलिया विगत डेढ वर्षदेखि कोरियन

बाढीको त्रास र हराउँदै गएको मानवीय संवेदना

काठमाडौं,११ भदौ । भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको अप्रत्याशित बाढी र पहिरोले केवल घर, सडक र संरचना मात्र बगाएन । धेरै परिवारका सपना,

बाढीमा ३५९ जनाको मृत्यु, ६३ घाइते, २८ प्रहरी सम्पर्कविहीन

काठमाडौँ , ११ भदौ। रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी हालसम्म ३५९ जनाको शव फेला परेको छ। बाढीपछिको खोज तथा उद्धार कार्यमा ४ हजार ३४८

गोसाइँकुण्डबाट फर्कन वैकल्पिक मार्ग प्रयोग गर्न मन्त्रालयको आग्रह

काठमाडौँ ,११ भदौ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रसुवाको गोसाईंकुण्ड दर्शन तथा भ्रमण गरी फर्कने तीर्थ यात्रीलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ