ओलीले सार्वजनिक रूपमै माफी मागेर राजनीतिबाट सन्यास लिनुपर्ने सुझाव

काठमाडौँ ,११ असोज। आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले केपी शर्मा ओलीको हठ, घमण्ड र अहङ्कारले मुलुक र नेकपा (एमाले) दुवै डुबाएको टिप्पणी गर्नु भएको छ। सार्वजनिक रूपमा आम माफी माग्दै राजनीतिबाट सन्यास लिनुको साटो ओलीमा त्यो हठ, घमण्ड र अहङ्कार अझै कायमै रहेको उहाँले बताँउनु भयो।

 

सर्लाहीको लालबन्दीमा शनिबार आजपा मधेस प्रदेश कमिटीको बैठक एवं दसैँ, दीपावली तथा छठ पर्वको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले गुण्डुमा गुन्डाहरू भेला गर्नुको साटो ओलीले सार्वजनिक रूपमै माफी मागेर राजनीतिबाट सन्यास लिनुपर्ने सुझाव दिनु भएको छ ।

 

‘केपी ओलीको हठ, घमण्ड र अहङ्कारले अहिले मुलुक र एमालेलाई ठुलो क्षति हुन गयो । एमाले मात्रै होइन, मुलुक नै डुबाउने काम ओलीले गर्नुभयो । ओलीकै हठ, घमण्ड र अहङ्कारले मुलुक जलेको छ,’ आजपा अध्यक्ष साहले भन्नु भयोे, ‘युवाहरूको भावना बुझ्नुको साटो उनीहरूलाई प्रहार गर्नुको दशा भोग्नुभयो । यस पटक त सेनाले बचाइदियो, यस्तै हट, घमण्ड र अहङ्कार रहिरह्यो भने दुर्दशा भोग्नु नपर्ला भन्न सकिँदै । त्यसैले मेरो सुझाव छ गुण्डुमा गुण्डा भेला गर्नुको साटो सार्वजनिक रूपमा माफी मागेर राजनीतिबाट सन्यास लिनुहोस्, त्यसमै एमालेको भलो छ ।’

देउवा दम्पतिलाई यो देशको माया नभएको बताउँदै आजपा अध्यक्ष साहले नत्र बाँच्नको लागि सङ्घर्ष गरेको अवस्थामा किन नयाँ पासपोर्ट बनाइयो ? भागेर सुख पाइन्छ ? भन्दै प्रश्न समेत गर्नु भएको छ।

नेताहरूको घरबाट पैसा भेटिएको र नोट जलेको कुरामा यो सरकारले तथ्यगत कुरा बाहिर ल्याओस् भन्ने माग समेत उहाँले गर्नु भयो। यसैगरी अहिलेको सरकारमा जेनजी वा जेनजी आन्दोलनका सहिद परिवारको पनि प्रतिनिधित्व हुनुपर्ने सुझाव उहाँले दिनु भयो। देश लुटेर सन्तान र सम्पत्ति विदेश पु¥याउने नेताहरूलाई अब छानीछानी आक्रमण गर्नुपर्ने आवश्यकता देखिएको उहाँले बताउनु भयो । यसैगरी युवाहरूको आक्रोशले पैदा भएको जनविद्रोहलाई कलङ्कित पार्ने काम नगर्न उहाँले प्रधानमन्त्री सुशीला कार्कीलाई चेतावनी समेत दिनु भयो ।

साहले भन्नु भयो,तपाईँ ओली हटाएर आफू कुर्सीमा विराजमान हुनको लागि मात्रै आएको हो र ? होइन भने, त्यही संविधान र त्यही व्यवस्था राखेर जनविद्रोहको कसरी सम्मान हुन्छ ? देश एनजिओ र आईएनजिओ चलाएको जस्तो हुँदैन । देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनताको रक्षा आजको पहिलो कर्तव्य हो ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

प्रेस स्वतन्त्रता नागरिकको सुसूचित हुन पाउने अधिकार भएको थापाको दाबी

काठमाडौँ,२० वैशाख। नेपाली कांग्रेसका सभापति गगन थापाले सत्य समाचार लेखेकै आधारमा सञ्चारकर्मीले डराउनु नपर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनु भएको छ। उहाँले यो कार्य सबैको

सुकुम्वासी बस्तीका भग्नावशेषमा कवाडी संकलन गर्नेको लर्को

काठमाडौँ,२० वैशाख। सरकारले उपत्यकाका विभिन्न सुकुम्वासी बस्ती खाली गराएसँगै भत्काइएका संरचनाका अवशेषहरू संकलन गर्नेहरूको भीड बढेको छ। गत शनिबारदेखि थापाथली, गैरीगाउँ, शंखमूल, मनोहरा, बालाजु, बल्खु,

रास्वलले भन्यो : आगामी स्थानीय तहको चुनावमा उम्मेदवार बन्न चाहानेले लिडरसिप एकेडेमी पास गर्नै पर्ने

काठमान्डौं,२० वैशाख । आगामी स्थानीय तह निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार हुन चाहने पार्टी सदस्यहरूले क्याण्डिडेट क्लबको सदस्य भई लिडरशिप एकेडमीबाट उतिर्ण हुनैपर्ने। यसअघि

पहिले बसोबासको व्यवस्था मिलाएर मात्रै सुकुम्बासी क्षेत्र खाली गर्नुपर्छ:पवित्रा महतारा प्रसाई

 झापा ,२० वैशाख । काठमाडौं उपत्यकाका नदी किनार तथा सार्वजनिक जग्गा खाली गर्ने क्रममा सयौं परिवार विस्थापित भएका छन् । सरकारले केही परिवारलाई अस्थायी रूपमा

एमालेमा डिजिटल सदस्यता प्रणाली लागू, समयमै नवीकरण नगर्नेलाई जिम्मेवारीबाट स्वतः मुक्त गरिने

काठमाडौँ, २० वैशाख। नेकपा (एमाले) ले पार्टी सदस्यता व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने निर्णय गरेको छ। आज केन्द्रीय कार्यालयमा आयोजित सदस्यता सम्बन्धी डेमो

सरकारले ल्याएका ६ अध्यादेश , अब देश सुधार हुन्छ त?

सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेका आठमध्ये ६ वटा अध्यादेश जारी भएका छन्। शनिबार मात्रै राष्ट्रपति रामचन्द्र पौडेलले तीन अध्यादेश जारी गनर्’भएको ५ छ। शनिबार स्वास्थ्य विज्ञान