झापाबाट वेपत्ता हुनेहरुको संख्या बढ्दै

आइतबार एकैदिन ६ जना हराएको प्रहरीलाई निवेदन

झापा,१२ असोज। झापाबाट वेपत्ता हुनेहरुको संख्या बढ्दै गइ रहेको छ । आइतबार एकैदिन ६ जना हराएको प्रहरीलाई निवेदन परेको प्रहरीले जनाएको छ । हिजो बिहान ८ बजे बैदेशिक रोजगारमा रहेका कन्काई वडा न.४ नवज्योती टोल बस्ने बबिन खड्काकी श्रीमती वर्ष २० की पुनम खड्काले कोही कसैलाई केही जानकारी नगराई साथमा ३ वर्ष छोरा सत्यम खड्कालाई लिई घरबाट गएकोमा गाउँघर, छरछिमेक, आफन्त, नातागोता समेतमा खोजतलास गर्दा हालसम्म फेला र्पन सकेकी छैन्न् ।

त्यस्तै बुद्धशान्ति वडा नं. ३ बुधबारे बस्ने उमेश जंग राईका छोरा बर्ष १७ का उज्वल राई असोज ७ गतेदेखि वेपत्ता रहेका छन् । सो दिन बिहान साढे ६ बजे घरमा कोही कसैलाई जानकारी नगराई हिडेकोमा हालसम्म सम्पर्कमा आएका छैन्न् ।
हिजो बिहान अन्दाजी साढे ९ बजे मेचीनगर वडा नं.– १५ बस्ने सोम मुर्मुकी छोरी मानसिक सन्तुलन ठिक नभएकी बर्ष २० की अन्जु मुर्मु घरबाट इटाभट्टा हुँदै उर्लाबारी जान्छु भनी हिडेकोमा हालसम्म घर आएकी छैन्न् ।

शिवसताक्षी वडा नं. ३ पाराबारी बस्ने सुफल मर्डीकी श्रीमती बर्ष–३० की जिना मर्डी असोज ४ गतेदेखि वेपत्ता नै भएकी छन् । आफ्नै घरबाट कोही कसैलाई केही नभनी निस्केर गएकोमा हालसम्म सम्पर्कमा नआएको परिवारले प्रहरीलाई बताएका छन् ।

हिजो दिउँसो साढे ४ बजे कन्काई वडा न.५ तुलसीबारी बस्ने कासिना श्रेष्ठको घरमा सानैदेखि बस्दै आएका बर्ष १४ का सुजन हेमरम (सुस्त मनस्थिति भएका) कोही कसैलाई केही जानकारी नगराईकन घरबाट हिडेकोमा हालसम्म घर फर्किएका छैनन् । वेपत्ता हुनेहरुको हुलियासहित निवेदन परेपछि वेपत्ता हुनेहरुको खोजी भइरहेको प्रहरीले बताएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले