नेपाल विद्युत प्राधिकरणद्धारा बिजुलीको बक्यौता महशुल समयमा बुझाउन उद्योगीलाई निर्देशन

बक्यौता भुक्तानी समयमै नगरे विद्युत महशुल सङ्कलन विनियमावली, २०७८ बमोजिम कारबाही हुने प्राधिकरणको चेतावनी

काठमाण्डौ ,१२ असोज। नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर र ट्रङ्कलाइनमार्फत विद्युत् उपभोग गरेका तर अहिलेसम्म भुक्तानी नगरेका उद्योगीलाई बक्यौता बुझाउन आउँदो कात्तिक १७ सम्मको समय दिएको प्राधिकरणले जनाएको छ । २०७२ साल माघदेखि २०७५ वैशाखसम्मको बक्यौता विद्युत् महशुल भुक्तानी गर्न प्राधिकरणले निर्देशन दिएको जनाएको छ।

 

प्राधिकरण सञ्चालक समितिको अस्ति शुक्रवार बसेको बैठकको निर्णय अनुसार आइतबार सूचना निकालेर २८ महिनाको बक्यौता मासिक २८ किस्तामा बुझाउनेलाई त्यसैअनुसार सुविधा दिइने भएकाले प्रक्रियामा आउन पनि भनिएको जनाएको छ ।

यसअघि प्रशासकीय पुनरावलोकनको लागि तोकिएको म्याद खारेज गरिएको समेत जनाएको छ । बक्यौता भुक्तानी समयमै नगरे विद्युत महशुल सङ्कलन विनियमावली, २०७८ बमोजिम कारबाही हुने प्राधिकरणले चेतावनी समेत दिएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गृहमन्त्री गुरुङको मृतक परिवारबीच वार्ता सुरु

काठमाडौं,१९ साउन । गृहमन्त्री सुधन गुरुङ र उपचारका क्रममा मृत्यु भएका रविन्द्र मेहताका परिवारबीच वार्ता सुरु भएको छ । वार्ता महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल

बाजुराको छेडेदह तालमा ६२ वर्षीया महिला मृत फेला

बाजुरा,१९ साउन । बाजुराको खप्तड छेडेदह गाउँपालिकामा अवस्थित पर्यटकीय क्षेत्र छेडेदह तालमा एक महिला मृत अवस्थामा फेला पर्नु भएको छ । सोही पालिकाको वडा.नम्बर ७

ककनीलाई विकास र सम्भावनाको केन्द्र बनाउन माग

काठमाडौं,१९ साउन । अर्थविद् प्रा.डा. गोपीलाल न्यौपानेले ककनी गाउँपालिकाले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा खेलेको भूमिकाको उचित मूल्याङ्कन हुनुपर्ने बताउनु भएको छ । उहाँले ककनीलाई फोहोर

मिलापको आयोजनामा गीति एल्बम ‘जागृति’ लोकार्पण

काठमाडौँ,१९ साउन । महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पु¥याउने उद्देश्यले तयार गरिएको गीति एल्बम ‘जागृति’ लोकार्पण गरिएको छ । दाहालका ‘स्वेतपत्र’ महाकाव्य र ‘योद्धा’

बजारमा ग्यास अभावबारे प्रधानमन्त्री कार्यालयमा छलफल

काठमाडौं,१९ साउन । पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल भएको छ । सरकारका मुख्य सचिव