शिक्षामन्त्री पुनद्धारा त्रिवि पदाधिकारीसँग त्रिवि सुधारका योजना माग

काठमाडौं,१२ असोज । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालय (त्रिवि)का पदाधिकारीसँग विश्वविद्यालय सुधारको योजना माग गर्नु भएको छ ।

 

आइतबार बिहान त्रिविका उपकुलपति दीपक अर्याल, शिक्षाध्यक्ष खड्ग केसी, रजिस्ट्रार केदारप्रसाद रिजाल र डिनहरूसँग मन्त्रालयमा छलफल गर्दै मन्त्री पुनले त्रिवि सुधारका योजना माग गर्नु भएको छ ।

 

शिक्षा मन्त्रीको सचिवालयका अनुसार मन्त्री पुनले समयमा नतिजा निकाल्न नसक्नुको कारणबारे जिज्ञासा राख्नु भएको थियो । ‘त्रिविको अहिलेको स्थिति के हो ? सुधारको योजना के छ ? तत्काल समाधान र आइडिया पनि मन्त्रीज्यूले माग्नु भएको छ,’ मन्त्रालयका एक अधिकारीले भन्नु भयो, ‘नतिजा कति दिनमा सार्वजनिक हुन्छ ? अन्तर्राष्ट्रिय विद्यार्थी किन आएका छैनन् ? यसमा पनि मन्त्रीज्यूले समाधान माग्नु भएको छ ।’

 

छलफलमा सहभागी त्रिविका पदाधिकारीले पनि मन्त्री पुनले सुधारको योजना माग गरेको बताउनु भयो । ‘त्रिविको डेटाबेस हुनुप¥यो । कुनमा कति विद्यार्थी छन् ? सय दिनमा नतिजा सार्वजनिक हुनुप¥यो । अन्तर्राष्ट्रिय विद्यार्थीको आकर्षण गर्नुप¥यो भन्नुभएको छ । मुख्यतः त्रिविको सुधारको विषयमा छलफल भयो,’ छलफलमा सहभागी ती अधिकारीले भन्नु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गृहमन्त्री गुरुङको मृतक परिवारबीच वार्ता सुरु

काठमाडौं,१९ साउन । गृहमन्त्री सुधन गुरुङ र उपचारका क्रममा मृत्यु भएका रविन्द्र मेहताका परिवारबीच वार्ता सुरु भएको छ । वार्ता महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल

बाजुराको छेडेदह तालमा ६२ वर्षीया महिला मृत फेला

बाजुरा,१९ साउन । बाजुराको खप्तड छेडेदह गाउँपालिकामा अवस्थित पर्यटकीय क्षेत्र छेडेदह तालमा एक महिला मृत अवस्थामा फेला पर्नु भएको छ । सोही पालिकाको वडा.नम्बर ७

ककनीलाई विकास र सम्भावनाको केन्द्र बनाउन माग

काठमाडौं,१९ साउन । अर्थविद् प्रा.डा. गोपीलाल न्यौपानेले ककनी गाउँपालिकाले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा खेलेको भूमिकाको उचित मूल्याङ्कन हुनुपर्ने बताउनु भएको छ । उहाँले ककनीलाई फोहोर

मिलापको आयोजनामा गीति एल्बम ‘जागृति’ लोकार्पण

काठमाडौँ,१९ साउन । महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पु¥याउने उद्देश्यले तयार गरिएको गीति एल्बम ‘जागृति’ लोकार्पण गरिएको छ । दाहालका ‘स्वेतपत्र’ महाकाव्य र ‘योद्धा’

बजारमा ग्यास अभावबारे प्रधानमन्त्री कार्यालयमा छलफल

काठमाडौं,१९ साउन । पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल भएको छ । सरकारका मुख्य सचिव