‘उर्फ दारासिंह’ मा सट्टाभर्नाको खेलमा कर्णको संघर्ष

नाटकको प्रभाव : १३ गतेसम्म प्रदर्शन समय थप

पथरी, १२ असोज / काठमाडौंको मण्डला थिएटरमा टिकटमा लगातार २८ वटा शो भएपछि ‘उर्फ दारासिंह’ नाटक नाट्य कथाको भूगोल क्षेत्र अर्थात पूर्वको कमल गाउँपालिकामा मञ्चन भइरहेको छ ।

 

मुन क्रियसनको सहकार्यमा चुलाचुली रंगमञ्च इलामको प्रस्तुति नाटक असोज २ गतेबाट ११ गतेसम्मका लागि तोकिएको प्रदर्शन मिति दर्शकको माग अनुरुप १३ गतेसम्मलाई थप गरिएको छ । दमकको रतुवा पुल पूर्वको रिभर भ्यू हेरिटेज रिसोर्टमा पूर्वकै एउटा सुनिदै आएको पात्रको विषयमा मञ्चन भइरहेको छ ।

 

यस नाटकको बास्तविक मुख्य पात्र कर्ण बहादुर केरुङ उर्फ दारासिङलाई राज्यले नकारात्मक पात्रका रुपमा प्रस्तुत गरेर २०३७ साल माघ १ गते माइमेलामा मारिएको प्रसंग नाटकले अघिसारेको छ ।

सुमन लिंदेनको लेखन र चेतन आङ्थुपोको निर्देशनमा तयार नाटकमा तत्कालिन पञ्चायत सरकारले ल्याएको भूमि व्यवस्थापनको योजनामा झोडा जमिन सट्टाभर्ना जस्ता राजनैतिक कोपभाजनमा परेर २०३७ सालमा दारासिङ मारिएको विषय छ । भूमि संरक्षणका लागि दारासिङ गरेको संघर्ष र योगदानलाई नाटकमा कलात्मक शैलीमा तयार पारिएको छ ।

 

पञ्चायत सरकारको समयमा नेपालको पूर्वी जिल्लाहरूमा भूमि फँडानी गर्न आएका भूपू सैनिहरूको संरक्षकको क्रममा दारासिङले गरेको काम, भोगेका समस्यालाई नाटकमा प्रस्तुत गरिएको छ ।

 

दारासिहलाई समाजमा खुङ्खार र डरलाग्दो मानिएको पात्रका रुपमा मात्र चित्रित गरिएको थियो । इतिहासले लुकाएको/नभनेको प्रेरणाको श्रोत दारासिंह रहेको भन्ने पक्ष उजागर गरिएको छ ।

 

दर्शकहरुको भिडभाडका साथ नाटक प्रदर्शन भइरहेको छ । नाटकका दर्शकका रुपमा सहभागि नेपाल प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ सभा सदस्य सुमित्रा बाङ्देल चेलीेले त्यसबेलकाको शासकले नकारात्मक रुपमा उभ्याएको पात्र दारासिंहको अन्यास विरुद्धको सकारात्मक कार्य नाटकले उजागर गरेको बताउनु भयो ।

दैनिक २ शोमा नाटक मञ्चन भइरहेको छ । सत्य इतिहास उजागर गर्दै आफ्‌नै परिवेशका घटनामा नाटक मञ्चन गर्ने योजनामा आफू पनि समाहित भएको यसको व्यवस्थापन पक्ष हेर्दै आएको मुन क्रियशनका अगुवा तथा नाटकका संयोजक पुराना रंगकर्मी विनयकुमार (विक्रम) फागो वनेमले जनाउनु भयो । चुलाचुली रंगमञ्चले नाटकमार्फत ग्रामिण सौन्दर्य उजागर गर्दै समाज रुपमान्तरणमा कलाको भूमिका गजबसंग प्रष्ट्याउँदै आएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले