‘उर्फ दारासिंह’ मा सट्टाभर्नाको खेलमा कर्णको संघर्ष

नाटकको प्रभाव : १३ गतेसम्म प्रदर्शन समय थप

पथरी, १२ असोज / काठमाडौंको मण्डला थिएटरमा टिकटमा लगातार २८ वटा शो भएपछि ‘उर्फ दारासिंह’ नाटक नाट्य कथाको भूगोल क्षेत्र अर्थात पूर्वको कमल गाउँपालिकामा मञ्चन भइरहेको छ ।

 

मुन क्रियसनको सहकार्यमा चुलाचुली रंगमञ्च इलामको प्रस्तुति नाटक असोज २ गतेबाट ११ गतेसम्मका लागि तोकिएको प्रदर्शन मिति दर्शकको माग अनुरुप १३ गतेसम्मलाई थप गरिएको छ । दमकको रतुवा पुल पूर्वको रिभर भ्यू हेरिटेज रिसोर्टमा पूर्वकै एउटा सुनिदै आएको पात्रको विषयमा मञ्चन भइरहेको छ ।

 

यस नाटकको बास्तविक मुख्य पात्र कर्ण बहादुर केरुङ उर्फ दारासिङलाई राज्यले नकारात्मक पात्रका रुपमा प्रस्तुत गरेर २०३७ साल माघ १ गते माइमेलामा मारिएको प्रसंग नाटकले अघिसारेको छ ।

सुमन लिंदेनको लेखन र चेतन आङ्थुपोको निर्देशनमा तयार नाटकमा तत्कालिन पञ्चायत सरकारले ल्याएको भूमि व्यवस्थापनको योजनामा झोडा जमिन सट्टाभर्ना जस्ता राजनैतिक कोपभाजनमा परेर २०३७ सालमा दारासिङ मारिएको विषय छ । भूमि संरक्षणका लागि दारासिङ गरेको संघर्ष र योगदानलाई नाटकमा कलात्मक शैलीमा तयार पारिएको छ ।

 

पञ्चायत सरकारको समयमा नेपालको पूर्वी जिल्लाहरूमा भूमि फँडानी गर्न आएका भूपू सैनिहरूको संरक्षकको क्रममा दारासिङले गरेको काम, भोगेका समस्यालाई नाटकमा प्रस्तुत गरिएको छ ।

 

दारासिहलाई समाजमा खुङ्खार र डरलाग्दो मानिएको पात्रका रुपमा मात्र चित्रित गरिएको थियो । इतिहासले लुकाएको/नभनेको प्रेरणाको श्रोत दारासिंह रहेको भन्ने पक्ष उजागर गरिएको छ ।

 

दर्शकहरुको भिडभाडका साथ नाटक प्रदर्शन भइरहेको छ । नाटकका दर्शकका रुपमा सहभागि नेपाल प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ सभा सदस्य सुमित्रा बाङ्देल चेलीेले त्यसबेलकाको शासकले नकारात्मक रुपमा उभ्याएको पात्र दारासिंहको अन्यास विरुद्धको सकारात्मक कार्य नाटकले उजागर गरेको बताउनु भयो ।

दैनिक २ शोमा नाटक मञ्चन भइरहेको छ । सत्य इतिहास उजागर गर्दै आफ्‌नै परिवेशका घटनामा नाटक मञ्चन गर्ने योजनामा आफू पनि समाहित भएको यसको व्यवस्थापन पक्ष हेर्दै आएको मुन क्रियशनका अगुवा तथा नाटकका संयोजक पुराना रंगकर्मी विनयकुमार (विक्रम) फागो वनेमले जनाउनु भयो । चुलाचुली रंगमञ्चले नाटकमार्फत ग्रामिण सौन्दर्य उजागर गर्दै समाज रुपमान्तरणमा कलाको भूमिका गजबसंग प्रष्ट्याउँदै आएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गृहमन्त्री गुरुङको मृतक परिवारबीच वार्ता सुरु

काठमाडौं,१९ साउन । गृहमन्त्री सुधन गुरुङ र उपचारका क्रममा मृत्यु भएका रविन्द्र मेहताका परिवारबीच वार्ता सुरु भएको छ । वार्ता महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल

बाजुराको छेडेदह तालमा ६२ वर्षीया महिला मृत फेला

बाजुरा,१९ साउन । बाजुराको खप्तड छेडेदह गाउँपालिकामा अवस्थित पर्यटकीय क्षेत्र छेडेदह तालमा एक महिला मृत अवस्थामा फेला पर्नु भएको छ । सोही पालिकाको वडा.नम्बर ७

ककनीलाई विकास र सम्भावनाको केन्द्र बनाउन माग

काठमाडौं,१९ साउन । अर्थविद् प्रा.डा. गोपीलाल न्यौपानेले ककनी गाउँपालिकाले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा खेलेको भूमिकाको उचित मूल्याङ्कन हुनुपर्ने बताउनु भएको छ । उहाँले ककनीलाई फोहोर

मिलापको आयोजनामा गीति एल्बम ‘जागृति’ लोकार्पण

काठमाडौँ,१९ साउन । महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पु¥याउने उद्देश्यले तयार गरिएको गीति एल्बम ‘जागृति’ लोकार्पण गरिएको छ । दाहालका ‘स्वेतपत्र’ महाकाव्य र ‘योद्धा’

बजारमा ग्यास अभावबारे प्रधानमन्त्री कार्यालयमा छलफल

काठमाडौं,१९ साउन । पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल भएको छ । सरकारका मुख्य सचिव