सूर्यदर्शन सहकारीले दियाे हात्ती पीडितलाई राहत

दमक, असोज १२ । दमकस्थित सूर्यदर्शन सहकारी संस्था लिमिटेडले सामाजिक उत्तरदायित्वप्रति संवेदनशीलता देखाउँदै आफ्ना सदस्य तथा सर्वसाधारणलाई प्रत्यक्ष लाभ र्पुयाउने कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। यसै क्रममा सहकारीले हात्तीको आक्रमणमा परी ज्यान गुमाएकी सुनिता राईको परिवारलाई ५ लाख रुपैयाँको बीमा रकम प्रदान गरेको छ।

संस्थाको १६औं वार्षिक साधारणसभाको अवसरमा दमक–३ निवासी दिवंगत राईको परिवारलाई उक्त बीमा रकम हस्तान्तरण गरिएको हो। कार्यक्रममा बोल्दै अध्यक्ष टिकाराज सापकोटाले सहकारीले सदस्य मात्र नभई सम्पूर्ण समुदायलाई लक्षित गरेर जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिबद्धता दोर्होयाए।

यस्तै, साधारणसभाको समापन समारोहमा ७० वर्षमाथिका २० जना जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो। प्रत्येक जेष्ठ नागरिकलाई नगद १,२०० रुपैयाँसहित सम्मान पत्र प्रदान गरिएको अध्यक्ष सापकोटाले जानकारी दिनुभयो। सूर्यदर्शन सहकारीले विगत १६ वर्षदेखि वित्तीय सेवा विस्तारसँगै सामाजिक क्षेत्रका गतिविधिलाई पनि प्राथमिकतामा राख्दै आएको छ।

 

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गृहमन्त्री गुरुङको मृतक परिवारबीच वार्ता सुरु

काठमाडौं,१९ साउन । गृहमन्त्री सुधन गुरुङ र उपचारका क्रममा मृत्यु भएका रविन्द्र मेहताका परिवारबीच वार्ता सुरु भएको छ । वार्ता महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल

बाजुराको छेडेदह तालमा ६२ वर्षीया महिला मृत फेला

बाजुरा,१९ साउन । बाजुराको खप्तड छेडेदह गाउँपालिकामा अवस्थित पर्यटकीय क्षेत्र छेडेदह तालमा एक महिला मृत अवस्थामा फेला पर्नु भएको छ । सोही पालिकाको वडा.नम्बर ७

ककनीलाई विकास र सम्भावनाको केन्द्र बनाउन माग

काठमाडौं,१९ साउन । अर्थविद् प्रा.डा. गोपीलाल न्यौपानेले ककनी गाउँपालिकाले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा खेलेको भूमिकाको उचित मूल्याङ्कन हुनुपर्ने बताउनु भएको छ । उहाँले ककनीलाई फोहोर

मिलापको आयोजनामा गीति एल्बम ‘जागृति’ लोकार्पण

काठमाडौँ,१९ साउन । महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पु¥याउने उद्देश्यले तयार गरिएको गीति एल्बम ‘जागृति’ लोकार्पण गरिएको छ । दाहालका ‘स्वेतपत्र’ महाकाव्य र ‘योद्धा’

बजारमा ग्यास अभावबारे प्रधानमन्त्री कार्यालयमा छलफल

काठमाडौं,१९ साउन । पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल भएको छ । सरकारका मुख्य सचिव