काठमाडौंबाट दिक्तेल आउँदै गरेको सुमो दुर्घटना हुँदा ७ जना घाइते

खोटाङ ,१३ असोज। काठमाडौंबाट दिक्तेल आउँदै गरेको ना १ ज ६०९४ नम्बरको सुमो सोमबार बिहान ९ बजे दुर्घटना हुँदा ७ जना घाइते भएको प्रहरीले जनाएको छ। हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेको बिजुलेस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको छ।

 

दुर्घटनामा सोलुखुम्बु महाकुलुङ गाउँपालिका–५ का ४७ वर्षीय खडक नारायण राई, काठमाडौं जोरपाटी बस्ने ३२ वर्षीया तृष्णा राई, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका ३२ वर्षीय देवराज घिमिरे, दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सप्तेश्वर छिता पोखरीकी २६ वर्षीया सरुकुसुम राई, दिक्तेल रूपाकोट मझुवागढी–१ हस्पिटलचोककी १९ की रूमिका राई, दिप्रुङ चुइचुम्मा–७ टेम्मा ज्यामिरेका २ वर्षीया पायल राई र टेम्मा ज्यामिरेकै २३ वर्षीया सलिना राई रहेका छन् ।

उनीहरूमध्ये खड्क नारायण राई र तृष्णा राईको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक प्रकाश बुढाथोकीले बताउनु भयो। अन्यको भने डिस्चार्ज भइसकेको छ।

गाडीमा १३ यात्रु सवार रहेको प्रहरीले बताएको छ भने गाडी सडकभन्दा करिब १० मिटर तल झरेको थियो। गाडी र हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा कदुवाका २१ वर्षीय चालक विक्रम कार्की र गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । ‘चालक पनि सामान्य घाइते भएकाले उपचारका लागि अस्पताल ल्याइँदै छ,’ डीएसपी बुढाथोकीले जानकारी दिनु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गृहमन्त्री गुरुङको मृतक परिवारबीच वार्ता सुरु

काठमाडौं,१९ साउन । गृहमन्त्री सुधन गुरुङ र उपचारका क्रममा मृत्यु भएका रविन्द्र मेहताका परिवारबीच वार्ता सुरु भएको छ । वार्ता महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल

बाजुराको छेडेदह तालमा ६२ वर्षीया महिला मृत फेला

बाजुरा,१९ साउन । बाजुराको खप्तड छेडेदह गाउँपालिकामा अवस्थित पर्यटकीय क्षेत्र छेडेदह तालमा एक महिला मृत अवस्थामा फेला पर्नु भएको छ । सोही पालिकाको वडा.नम्बर ७

ककनीलाई विकास र सम्भावनाको केन्द्र बनाउन माग

काठमाडौं,१९ साउन । अर्थविद् प्रा.डा. गोपीलाल न्यौपानेले ककनी गाउँपालिकाले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा खेलेको भूमिकाको उचित मूल्याङ्कन हुनुपर्ने बताउनु भएको छ । उहाँले ककनीलाई फोहोर

मिलापको आयोजनामा गीति एल्बम ‘जागृति’ लोकार्पण

काठमाडौँ,१९ साउन । महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पु¥याउने उद्देश्यले तयार गरिएको गीति एल्बम ‘जागृति’ लोकार्पण गरिएको छ । दाहालका ‘स्वेतपत्र’ महाकाव्य र ‘योद्धा’

बजारमा ग्यास अभावबारे प्रधानमन्त्री कार्यालयमा छलफल

काठमाडौं,१९ साउन । पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल भएको छ । सरकारका मुख्य सचिव