पूर्वप्रधानमन्त्री ओली र उहाँकै मन्त्रिपरिषद्का गृहमन्त्री रमेश लेखकसहित ५ जना विदेश जान नपाउने

आयोगको स्वीकृति बेगर काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था

काठमाण्डौं,१३ असोज। एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र उहाँकै मन्त्रिपरिषद्का गृहमन्त्री रमेश लेखकसहित ५ जना विदेश जान नपाउने हुनु भएको छ्। विदेश जान रोक लगाइएकोमा पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख हुतराज थापा र पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाल रहनु भएको छ।

जेनजी आन्दोलनमा अस्वाभाविक बल प्रयोग गरेका कारण अनुसन्धानको दायरामा रहेको भन्दै न्यायिक जाँचबुझ आयोगले उहाँहरूको यात्रा सीमित गरिदिएको हो। अब उहाँहरूले उपत्यकाबाहिर जान पनि आयोगको अनुमति लिनुपर्नेछ।

‘भाद्र २३ र २४ गतेका घटनाहरूको छानबिन तथा जाँचबुझको सिलसिलामा तपसिल बमोजिमका व्यक्तिहरू अनुसन्धानको दायरामा रहेको हुँदा निजहरूको विदेश भ्रमण रोक लगाउन आवश्यक कारबाही गर्न तथा छानबिनका लागि कुनै पनि समयमा आयोगमा उपस्थित हुनुपर्ने हुँदा आयोगको स्वीकृति बेगर काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गर्न गराउनका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने,’ निर्णय आयोगले गरेको जनाएको छ।

आयोगको यो निर्णय यस्तो समयमा सार्वजनिक गरिएको छ, जतिखेर एमाले अध्यक्ष ओली पार्टीको सचिवालय बैठकको अध्यक्षता गरिरहेको हुनुन्छ।उहाँले शनिबार मात्रै उत्तेजक भाषण गरी ‘यो सरकार हाहुबाट बनेको’ टिप्पणी गर्नु भएको थियो।

रमेश लेखक भने हाल आमाको काजक्रियामा हुनुन्छ । दुवाडीलाई गृह सचिवको जिम्मेवारीबाट हटाएर राष्ट्रिय योजना आयोगमा सरुवा गरिसकिएको छ।

हुतराज थापाले अनुसन्धान विभागको प्रमुखबाट अवकाश पाइसकनु भएको छ। रिजाल प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीबाट हटनु भएको छ।

यस्तै, जाँचबुझ आयोगको काम प्रभावकारी रूपमा सम्पादन गर्न विज्ञसहितको जनशक्ति आवश्यक देखिएकोले थप जनशक्तिको लागि गृह मन्त्रालयमा लेखी पठाउने निर्णय पनि भएको आयोगले जनाएको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गृहमन्त्री गुरुङको मृतक परिवारबीच वार्ता सुरु

काठमाडौं,१९ साउन । गृहमन्त्री सुधन गुरुङ र उपचारका क्रममा मृत्यु भएका रविन्द्र मेहताका परिवारबीच वार्ता सुरु भएको छ । वार्ता महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल

बाजुराको छेडेदह तालमा ६२ वर्षीया महिला मृत फेला

बाजुरा,१९ साउन । बाजुराको खप्तड छेडेदह गाउँपालिकामा अवस्थित पर्यटकीय क्षेत्र छेडेदह तालमा एक महिला मृत अवस्थामा फेला पर्नु भएको छ । सोही पालिकाको वडा.नम्बर ७

ककनीलाई विकास र सम्भावनाको केन्द्र बनाउन माग

काठमाडौं,१९ साउन । अर्थविद् प्रा.डा. गोपीलाल न्यौपानेले ककनी गाउँपालिकाले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा खेलेको भूमिकाको उचित मूल्याङ्कन हुनुपर्ने बताउनु भएको छ । उहाँले ककनीलाई फोहोर

मिलापको आयोजनामा गीति एल्बम ‘जागृति’ लोकार्पण

काठमाडौँ,१९ साउन । महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पु¥याउने उद्देश्यले तयार गरिएको गीति एल्बम ‘जागृति’ लोकार्पण गरिएको छ । दाहालका ‘स्वेतपत्र’ महाकाव्य र ‘योद्धा’

बजारमा ग्यास अभावबारे प्रधानमन्त्री कार्यालयमा छलफल

काठमाडौं,१९ साउन । पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल भएको छ । सरकारका मुख्य सचिव