ईलाका प्रहरी चौकी नायबजारलाई फर्निचर सहयोग

ईलाम,१५ असोज। स्थानीय समाजसेवी, उद्यमी तथा लायन्स क्लब अफ काठमाडौं शम्भला ९जिल्ला (३२५L )का उपाध्यक्ष मुकेश भण्डारीले इलाम नायबजार प्रहरी चौकीलाई करिब ५० हजार रुपैयाँ बराबरको फर्निचर हस्तान्तरण गर्नुभएको छ।

सहयोग स्वरूप उहाँले प्रहरी चौकीलाई स्टिल दराज, स्टिल टेबल र प्रमुख कुर्सी उपलब्ध गराउनुभएको हो।
कार्यक्रममा बोल्दै भण्डारीले भन्नुभयो– “समाज सुरक्षित राख्न प्रहरी बलियो र सक्षम हुनु जरुरी छ। प्रशासन कमजोर हुँदा हामी सुरक्षित रहन सक्दैनौं । जेनजी’ आन्दोलनको समयमा एक दिन मात्र प्रहरीले काम रोक्दा कस्तो अवस्था आयो भन्ने हामी सबैले देखिसकेका छौं। हामी नागरिक आफैं पनि नागरिक प्रहरी हौं, त्यसैले प्रहरीलाई सहयोग गर्नु हाम्रो दायित्व हो।”

भण्डारी नायबजारमै निर्माण गरिएको नेपालको सबैभन्दा अग्लो भगवान गणेशको प्रतिमा ९२१ फिट० का प्रवर्तक हुनुहुन्छ । साथै, उहाँले नायबजारस्थित बालगुरु संस्कृत गुरुकुललाई विद्यार्थीहरूको शैक्षिक स्तर उकास्नका लागि चाँडै नै एक थान स्कुटर उपलब्ध गराउने घोषणा पनि गर्नुभएको छ। प्रहरी चौकीले फर्निचर पाउँदा खुसी व्यक्त गर्दै स्थानीय अगुवाहरूले भण्डारीको योगदानले प्रहरी–समुदाय सम्बन्ध अझ मजबुत बनेको प्रतिक्रिया दिएका छन्। हाल काठमाडौंमा बसोबास गर्दै आएका भण्डारी निरन्तर आफ्नो जन्मभूमि नायबजारसँग भावनात्मक र सामाजिक रूपमा जोडिनुहुन्छ। उहाँका यस्ता सकारात्मक कार्यहरूले समाजमा शान्ति, सद्भाव र सहयोगको संस्कृति फैलाउने विश्वास गरिएको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अस्तित्वलाई स्वीकारौँ, अन्यायलाई होइन’ : डेन्जोम साम्पाङ

कला, साहित्य, संगीत र संस्कृतिको संरक्षणमा सक्रिय डाइनामिक ग्रुप नेपाल र स्वीकारोक्ति फाउन्डेसनको संयुक्त आयोजनामा बिर्तामोडमा ‘स्वीकारोक्ति स्वागत तथा भेटघाट कार्यक्रम’ सम्पन्न भएको छ। कार्यक्रममा

बिजुलीमा भ्याट विवाद, जनतालाई राहत कि सरकारको राजस्व खेल

काठमान्डौं ,१७ साउन । ग्यासको अभाव, इन्धनको मूल्य वृद्धि र महँगीको मार खेपिरहेका नागरिकमाथि अब बिजुलीको भ्याटले अर्को बहस सुरु गराएको छ। सरकारले चालु आर्थिक

मानव तस्करी प्रकरणमा परराष्ट्रका सहसचिव पक्राउ, राहदानी ऐनअन्तर्गत मुद्दाू

काठमाडौं,१८ साउन ।  परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी ले सोमबार दिउँसो उनलाई मानव तस्करीको सञ्जाललाई सहयोग

जुलाईमा मात्र ७१ हजार ७७५ विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौं,१८ साउन । नेपालमा सन् २०२६ को जुलाई महिनामा ७१ हजार ७७५ जना विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार यो

कफ्र्यु हटेसँगै गोलबजारको जनजीवन सामान्य बन्दै

गोलबजार (सिरहा),१८ साउन । जिल्ला प्रशासन कार्यालय सिरहाले आइतबार साँझ ७ बजेदेखि कफ्र्यु हटाएपछि गोलबजार क्षेत्रको जनजीवन सोमबारदेखि क्रमशः सामान्य बन्दै गएको छ । सोमबार

कोटीहोममा दुर्घटना, वृद्धको मृत्यु

झापा ,१८ साउन। कन्काई नगरपालिका–४ कोटीहोममा सवारी साधनको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार सोमबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोटीहोम