जेन—जी आन्दोलनका क्रममा ७६ जनाको मृत्यु ,अन्य घाइतेको उपचार जारी

काठमाडौँ,१५ असोज । भदौ २३ र २४ गतेको जेन—जी आन्दोलनका २ हजार ३ सय १६ जना घाइतेले स्वास्थ्य संस्थाहरूबाट उपचार लिएको सरकारले बताएको छ । भ्रष्टाचार, बेथितिविरुद्ध जेनजी पुस्ताले आन्दोलन गरेका थिए । जसमा देशभर विभिन्न स्थानमा झडप, तोडफोड, आगजनी भयो, जहाँ ७६ जनाले ज्यान गुमाउनु परेको थियो।

 

सुरुवातको समयमा देशभरका ८३ वटा अस्पतालले जेनजी आन्दोलनका घाइतेहरूको उपचार गरेको सरकारी तथ्यांकले जनाएको छ । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले घाइतेहरूमध्ये केहीको भर्ना भएर शल्यक्रिया गर्नुपरेको बताउनु भएको छ । केही सामान्य उपचार बसेको र केही अहिले पनि भर्नारत रहेको बताउनु भयो । अहिले पनि देशभरका विभिन्न १० वटा अस्पतालहरूमा जेनजी घाइतेहरू उपचाररत रहेका छन् । आन्दोलनमा घाइते भएकाहरूमध्ये अस्पतालमा पुग्दा पुग्दै वा अस्पतालमा नै उपचार हुँदाहुँदै मृत्यु हुनेको संख्या ४९ रहेको उहाँले जानकारी दिनु भयो ।

 

हाल १० वटा अस्पतालमा ३८ जना घाइतेहरू उपचाररत रहेका पनि उहाँले बताँउनु भयो। उहाँका अनुसार बुधबारसम्म १० वटा स्वास्थ्य संस्थाहरूमा अहिले पनि आन्दोलनमा घाइते भएकहरूको उपचार भइरहेको छ । हालसम्म २ हजार ३ सय १६ जना घाइतेहरूले स्वास्थ्य संस्थाहरूबाट उपचार लिएका तथ्यांक रहेको छ । र २ हजार २ सय २९ जना डिस्चार्ज भएर घर फर्किएका पनि डा. बुढाथोकीले जानकारी दिनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अस्तित्वलाई स्वीकारौँ, अन्यायलाई होइन’ : डेन्जोम साम्पाङ

कला, साहित्य, संगीत र संस्कृतिको संरक्षणमा सक्रिय डाइनामिक ग्रुप नेपाल र स्वीकारोक्ति फाउन्डेसनको संयुक्त आयोजनामा बिर्तामोडमा ‘स्वीकारोक्ति स्वागत तथा भेटघाट कार्यक्रम’ सम्पन्न भएको छ। कार्यक्रममा

बिजुलीमा भ्याट विवाद, जनतालाई राहत कि सरकारको राजस्व खेल

काठमान्डौं ,१७ साउन । ग्यासको अभाव, इन्धनको मूल्य वृद्धि र महँगीको मार खेपिरहेका नागरिकमाथि अब बिजुलीको भ्याटले अर्को बहस सुरु गराएको छ। सरकारले चालु आर्थिक

मानव तस्करी प्रकरणमा परराष्ट्रका सहसचिव पक्राउ, राहदानी ऐनअन्तर्गत मुद्दाू

काठमाडौं,१८ साउन ।  परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी ले सोमबार दिउँसो उनलाई मानव तस्करीको सञ्जाललाई सहयोग

जुलाईमा मात्र ७१ हजार ७७५ विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौं,१८ साउन । नेपालमा सन् २०२६ को जुलाई महिनामा ७१ हजार ७७५ जना विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार यो

कफ्र्यु हटेसँगै गोलबजारको जनजीवन सामान्य बन्दै

गोलबजार (सिरहा),१८ साउन । जिल्ला प्रशासन कार्यालय सिरहाले आइतबार साँझ ७ बजेदेखि कफ्र्यु हटाएपछि गोलबजार क्षेत्रको जनजीवन सोमबारदेखि क्रमशः सामान्य बन्दै गएको छ । सोमबार

कोटीहोममा दुर्घटना, वृद्धको मृत्यु

झापा ,१८ साउन। कन्काई नगरपालिका–४ कोटीहोममा सवारी साधनको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार सोमबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोटीहोम