यी आर के जसले अनाथ बालबालिकालाई दशैमा नयाँ कपडा वितरण गरे

आश्रममा बसीरहेका यी अवोध बालबालिकाहरलाई कसरी दशैको नयाँ लुगा किनिदिने होला भन्ने चिन्तामा आश्रम थियो ।

 

दमक, १५ असोज । धन ठुलो कि मन ठुलो ? पक्कै पनि मन ठुलो भन्नु हुन्छ होला । तर मन भएर मात्रै के गर्नु धन भएन भने । अ त उसो भए धन ठुलो होला । तपाईको मनमा यस्तै कुराहरुको विवाद चलीरहन पनि सक्छ । तर मन भयो भने धन जुर्न सक्छ र धन भयो भने सबैमा सहयोगको मन नहुन सक्छ । हो दमकका आर के थापाले दमकमा तीन वटा आर के ब्राण्डका रेडिमेड कपडा पसलहरु सञ्चालन गर्दै गरिरहनु भएको छ ।

 

हेर्दा तीन तीन वटा भव्य पसल छन् यती सहयोग त गर्न सकि हाल्छ नी जस्तो हुन सक्नु स्वभावीक हो । तर उहाँ त्यही पीडित व्यक्ति हो जो केहि महिना अघी मात्रै चीनबाट सामान ल्याउँदा पहिरोमा परी करिव डेढ करोडका सामान खोलामा बग्यो । त्यो पनि यस्तो ठाउँमा जहाँ कुनै इन्सौरेन्स समेत दावि गर्न नमिल्ने ठाउँमा ।

 

 

नेपाल र चीनको नाकमा रहेको नदिमा आएको बाढिले त्यहाँको पुलनै भत्काएपछि कयौ कण्डेनरहरु पानीमा बगेका थीए । ती कन्टेनर मध्ये एउटामा उही आर केका करिव डेढ करोढ बढिका सामान थिए । भर्खरै यत्तीको क्षती बिहोर्नेले यही बेला यत्तीका सहयोग चाहि किन गर्नु परेको होला ? धेरैको मनमा यो प्रश्न लाग्न सक्छ । तर आर के लाई यो वर्ष विप्पन्न तथा अनाथ बालबालीकाहरुलाइ कम्तिमा एक सरो कपडा फेरिदिन्छु भन्ने लागेको थियो ।

 

अगाडीनै गरिएको संकल्प उहाँले सोमबार पुरा गर्नु भएको छ । दमक ९ मा रहेको अनाथ बालबृद्धा आश्रममा रहेका सबै बालबालिकाहरुलाई एक सरो मात्रै नभएर दुई दुई सरो कपडानै फेरीदिनु भएको छ । एकजोर दशैमा लगाउने गरिका आकर्षक र अर्कोे जोर चाहि सामान्य घर बस्दा फेरेर लगाउन मिल्ने गरिका कपडा । पारीवारीक संकल्प थियो एक पटक यसखालको आश्रममा सहयोग गर्ने आज त्यो पुरा भयो । थापाले आश्रममा कपडा वतरण गरिसकेपछि प्रतिकृया दिदै भन्नु भयो आमा बुबा र म सहित मेरो परिवारको समेत रहर थियो यहाँ आएर सहयोग गर्ने आज पुरा भएको छ । हामी सबैजना खुसी छौ ।

 

आश्रममा बसीरहेका यी अवोध बालबालिकाहरलाई कसरी दशैको नयाँ लुगा किनिदिने होला भन्ने चिन्तामा आश्रम थियो । तर यही बेला आर के थापाले सबैलाई नयाँ लुगा किनेदिने भनेपछि सस्थाको तनाव हट्यो र सबैले नयाँ लुगा लगाउन पाए । आश्रमकी कार्यवहाक अध्यक्ष मेनुका बुढाथोकी भन्नु हुन्छ तपाईहरुले गर्नु भएको सहयोग प्रति हामी आभारी छौ ।

 

कपडा पाएपछि यी बालबालिकाहरुपनि खुसी भए । सबैको मन हासी खुसी देखिएको थियो । अनी भन्दै थिए । थ्यान्क्यू आर के ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अस्तित्वलाई स्वीकारौँ, अन्यायलाई होइन’ : डेन्जोम साम्पाङ

कला, साहित्य, संगीत र संस्कृतिको संरक्षणमा सक्रिय डाइनामिक ग्रुप नेपाल र स्वीकारोक्ति फाउन्डेसनको संयुक्त आयोजनामा बिर्तामोडमा ‘स्वीकारोक्ति स्वागत तथा भेटघाट कार्यक्रम’ सम्पन्न भएको छ। कार्यक्रममा

बिजुलीमा भ्याट विवाद, जनतालाई राहत कि सरकारको राजस्व खेल

काठमान्डौं ,१७ साउन । ग्यासको अभाव, इन्धनको मूल्य वृद्धि र महँगीको मार खेपिरहेका नागरिकमाथि अब बिजुलीको भ्याटले अर्को बहस सुरु गराएको छ। सरकारले चालु आर्थिक

मानव तस्करी प्रकरणमा परराष्ट्रका सहसचिव पक्राउ, राहदानी ऐनअन्तर्गत मुद्दाू

काठमाडौं,१८ साउन ।  परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी ले सोमबार दिउँसो उनलाई मानव तस्करीको सञ्जाललाई सहयोग

जुलाईमा मात्र ७१ हजार ७७५ विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौं,१८ साउन । नेपालमा सन् २०२६ को जुलाई महिनामा ७१ हजार ७७५ जना विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार यो

कफ्र्यु हटेसँगै गोलबजारको जनजीवन सामान्य बन्दै

गोलबजार (सिरहा),१८ साउन । जिल्ला प्रशासन कार्यालय सिरहाले आइतबार साँझ ७ बजेदेखि कफ्र्यु हटाएपछि गोलबजार क्षेत्रको जनजीवन सोमबारदेखि क्रमशः सामान्य बन्दै गएको छ । सोमबार

कोटीहोममा दुर्घटना, वृद्धको मृत्यु

झापा ,१८ साउन। कन्काई नगरपालिका–४ कोटीहोममा सवारी साधनको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार सोमबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोटीहोम