नेपालको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा सहयोग गर्न विदेशमा रहेका नेपालीहरूलाई अनुरोध

काठमाडौं,१५ असोज । नेपालको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा सहयोग गर्न विदेशमा रहेका नेपालीहरूलाई अनुरोध गरिएको जनाएको छ।

 

विदेशस्थित नेपाली राजदूतावास तथा नियोगहरूले विदेशमा रहेका नेपालीलाई कोषमा सहयोग गर्नु अनुरोध समेत गरेका हुन्। भदौ२३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सिंहदरबार, संसद् भवन, प्रधानमन्त्री निवास, राष्ट्रपति भवन, अदालत, प्रहरी चौकी लगायतका सरकारी संरचनामा आगजनी तथा तोडफोड गरिएको थियो। धेरै सरकारी कार्यालयहरू जलेर पुर्णरूपमा ध्वस्त समेत भएका छन्।

 

भौतिक पूर्वाधारमा पुगेको क्षतिको पुनर्निर्माण गर्न ५ असोजमा बसेको मन्त्रिपरिषद बैठकले भौतिक पूर्वाधार पुनर्निर्माण समिति (गठन) आदेश, २०८२ जारी गरेको हो । सोही अनुसार पुनर्निर्माणका लागि सरकारले पुनर्निर्माण कोष खडा गरेको हो। अर्थ मन्त्रालयले भौतिक क्षतिको पुनर्निर्माण गर्न उक्त कोषमा सहयोग गर्न स्वदेश तथा विदेशमा बस्ने नेपालीलाई अनुरोध समेत गरेको छ । सोही अनुसार विदेशस्थित नेपाली नियोग तथा दूतावासहरूले कोषमा सहयोग गर्न नेपालीहरूलाई अनुरोध गरेका छन्।

 

कतारस्थित नेपाली राजदूतावासले एक सुचना जारी गर्दै कोषमा सहयोग गर्न अनुरोध गरेको छ। जेनजी आन्दोलनका क्रममा देशका अधिकांश स्थानहरूमा क्षति पुगेका र भौतिक पूर्वाधारहरूको पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहत लगायतका कार्यका लागि सरकारले कोष स्थापना गरेको भन्दै त्यसमा सहयोग गर्न अनुरोध गरेको हो। कतार तथा इरानमा रहेका नेपाली तथा गैर आवासीय नेपालीलाई आफ्नो तर्फबाट अमूल्य योगदान गरी राष्ट्र पुनर्निर्माणको महान अभियानमा सहभागी हुन अनुरोध गरेको छ। कुवेतस्थित नेपाली राजदूतावासले समेत सामाजिक संजाल फेसबुकमार्फत कोषमा सहयोग गर्न अनुरोध समेत गरेको छ।

 

नेपाली राजदूतावास इजरायलले समेत कोषमा सहयोग गर्न अनुरोध गरेको छ। दूतावासले इजरायल र साइप्रसमा रहेका नेपालीहरूलाई सहयोग गर्न अनुरोध समेत गरेको हो। आफ्नो तर्फबाट सहयोग गरि राष्ट्रको पुनर्निर्माणको महाअभियानमा सहभागी हुन दुतावासको अनुरोध रहेको छ। विदेशमा रहेका नेपालीहरूले समेत कोषमा सहयोगार्थ विभिन्न कार्यक्रमको आयोजना गर्न थालेका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले मातृभूमि प्रतिको दायित्व र कर्तव्य भएको बताउँदै कोषमा सहयोग गर्न अनुरोध समेत गरेको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अस्तित्वलाई स्वीकारौँ, अन्यायलाई होइन’ : डेन्जोम साम्पाङ

कला, साहित्य, संगीत र संस्कृतिको संरक्षणमा सक्रिय डाइनामिक ग्रुप नेपाल र स्वीकारोक्ति फाउन्डेसनको संयुक्त आयोजनामा बिर्तामोडमा ‘स्वीकारोक्ति स्वागत तथा भेटघाट कार्यक्रम’ सम्पन्न भएको छ। कार्यक्रममा

बिजुलीमा भ्याट विवाद, जनतालाई राहत कि सरकारको राजस्व खेल

काठमान्डौं ,१७ साउन । ग्यासको अभाव, इन्धनको मूल्य वृद्धि र महँगीको मार खेपिरहेका नागरिकमाथि अब बिजुलीको भ्याटले अर्को बहस सुरु गराएको छ। सरकारले चालु आर्थिक

मानव तस्करी प्रकरणमा परराष्ट्रका सहसचिव पक्राउ, राहदानी ऐनअन्तर्गत मुद्दाू

काठमाडौं,१८ साउन ।  परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी ले सोमबार दिउँसो उनलाई मानव तस्करीको सञ्जाललाई सहयोग

जुलाईमा मात्र ७१ हजार ७७५ विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौं,१८ साउन । नेपालमा सन् २०२६ को जुलाई महिनामा ७१ हजार ७७५ जना विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार यो

कफ्र्यु हटेसँगै गोलबजारको जनजीवन सामान्य बन्दै

गोलबजार (सिरहा),१८ साउन । जिल्ला प्रशासन कार्यालय सिरहाले आइतबार साँझ ७ बजेदेखि कफ्र्यु हटाएपछि गोलबजार क्षेत्रको जनजीवन सोमबारदेखि क्रमशः सामान्य बन्दै गएको छ । सोमबार

कोटीहोममा दुर्घटना, वृद्धको मृत्यु

झापा ,१८ साउन। कन्काई नगरपालिका–४ कोटीहोममा सवारी साधनको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार सोमबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोटीहोम