दशैँ मनाँउन साढे ५ लाखले काठमाण्डौ उपत्यका छाडे

काठमाण्डौ उपत्यकामा गाडीको जामले अस्तव्यस्त जस्तै देखिने उपत्यका चोक तथा गल्लीहरु सुनसान जस्तै देखिन थाले

काठमाण्डौ,१५ असोज। सधैं भिडभाड र व्यस्त रहने काठमाण्डौ उपत्यकामा चहलपहल अहिले घट्दै गएको छ । गाडीको जामले अस्तव्यस्त जस्तै देखिने उपत्यकाका चोक तथा गल्लीहरु सुनसान जस्तै देखिन थालेको छ। बिहिबार दशैँको टीका भएकाले पनि उपत्यका सुनसान बन्दै गएको अनुमान गर्न सकिन्छ । पसलहरु पनि पूर्ण रुपमा खेलेका छैनन् । मुख्य–मुख्य चोकहरुमा मात्रै केही मात्रामा चहलपहल देख्न सकिन्छ ।

 

देशका ७७ वटै जिल्लाबाट विभिन्न पेशा तथा व्यवसाय गरेर संघीय राजधानी बस्नेहरु वर्षमा एकपटक दशैँमा घर जाने र परिवारसँगै दशैँ मनाउने गर्दछन् । अहिले गाडीको चापमा झन्डै ५० प्रतिशतले कमि आएको ट्राफिक प्रहरीले बताएको छ । केही मात्रामा सार्वजनिक गाडी समेत चलिरहेका छन् । ट्राफिक प्रहरीका अनुसार अहिलेसम्म झन्डै साढे ५ लाखले काठमाण्डौ उपत्यका छाडि सकेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले