दशैं तिहारमा विशेषगरी पैसाको लेनदेन गरी खेलिने तास आयातमा नेपालबाट करोडौँ रुपैयाँ बाहिरियो

काठमाडौँ ,१५ असोज। दसैँलाई लक्षित गरेर चालु आर्थिक वर्ष २०८२÷०८३ को पहिलो दुई महिनामा १२ करोड ८० लाख ६२ हजार रुपैयाँ बराबरको तास आयात भएको जानकारी पाइएको छ ।

 

भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पहिलो महिना (साउन) मा ३ करोड ७९लाख ६३ हजार रुपैयाँ बराबरको तास आयात समेत भएको थियो । उक्त तास आयातबाट सरकारले २ करोड बढी राजस्व संकलन गरेको जानकारी पाइएको छ ।

 

तर दसैँमा धेरै तास खपत हुने गरेकाले भदौमा मात्रै ९ करोड ९ लाख ९ हजार रुपैयाँ बराबरको तास आयात भएका पाइएको छ । उक्त तास आयातबाट सरकारले भदौमा मात्रै ५ करोड बढीको राजस्व संकलन गरेको जनाएको छ ।

तर गत आर्थिक वर्षको सोही अवधिमा ८ करोड ३८ लाख ५९ हजार रुपैयाँको तास आयात भएको थियो भने साउनमा २ करोड २६ लाख ९५ हजार र भदौमा ६ करोड ११ लाख ६४ हजार गरी दुई महिनामा ८ करोड ३८ लाख ५९ हजार रुपैयाँको तास आयात भएको थियो । गत आर्थिक वर्षमा तास आयातबाट मात्रै दुई महिनामा ४ करोड ७४ लाख ५६ हजार रुपैयाँ राजस्व संकलन भएको गरेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।

चाडपर्वको बेलामा अत्यधिक माग हुने तास विभिन्न मुलुकबाट आयात हुने गर्दछ । नेपालमा सबैभन्दा बढी तास चीनबाट आउने गर्दछ । भारत, कोरिया, कुवेत, फिलिपिन्स, कतार, साउदी अरब तथा यूएईलगायत देशहरूबाट समेत तास आयात हुने गरेको जानकारी पाइएको छ।

भन्सार विभागको तथ्यांकअनुसार दशैं तिहारमा विशेषगरी रमाइलो तथा जुवाका रूपमा पैसाको लेनदेन गरी खेलिने तास आयातमा नेपालबाट करोडौँ रुपैयाँ बाहिरिने गरेको पाइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गृहमन्त्रीसँगको वार्तापछि हिन्दूवादी मोर्चाद्वारा आन्दोलन फिर्ता, १९ बुँदे माग सरकारसमक्ष पेश

जनकपुर,१७ साउन । गृहमन्त्री सुधन गुरुङ र संयुक्त हिन्दू मोर्चा तथा हिन्दू सम्राट सेना नेपालका प्रतिनिधिबीच जनकपुरस्थित यात्री निवासमा भएको दोस्रो चरणको वार्ता सकारात्मक रूपमा

खराब निद्राले सबैको मस्तिष्कमा एउटै असर गर्दैन, जीनले निर्धारण गर्न सक्छ जोखिम

काठमाडौं,१७ साउन । कम निद्राले केही मानिसको मस्तिष्कमा बढी असर पार्न सक्ने नयाँ अध्ययनले देखाएको छ। वैज्ञानिकहरूका अनुसार यसको कारण मानिसको आनुवंशिक संरचना (जीन) हुन

कांग्रेसको ‘राष्ट्रिय भेला’मा नाम राखिएकोप्रति अपाङ्ग संघका अध्यक्षको आपत्ति

काठमाडौं,१७ साउन । नेपाली कांग्रेसको भातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका अध्यक्ष माधवप्रसाद चम्लागाईंले साउन २९ गतेदेखि आयोजना गर्न लागिएको भनिएको ‘राष्ट्रिय भेला’को ५५१ सदस्यीय

पत्रकारिता संकटमा : सम्मान हराउँदै, नयाँ पुस्ता टाढिँदै ,चौथो अङ्ग बचाउने जिम्मा कसको?

काठमान्डौं, १७ साउन । कुनै समय थियो, पत्रकारिता केवल एउटा पेशा होइन, समाज परिवर्तनको अभियान थियो। पत्रकारलाई राज्यको चौथो अङ्ग भनेर सम्मान गरिन्थ्यो। सत्य बोल्ने,

वीरगञ्जबाट निषेधाज्ञा हट्यो

पर्सा,१७ साउन । वीरगञ्जमा केही दिनदेखि लागू गरिएको निषेधाज्ञा आइतबारदेखि हटाइएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले सुरक्षा अवस्थाको समीक्षा गर्दै निषेधाज्ञा हटाउने निर्णय गरेको हो।प्रमुख

’नेपालका लागि संवैधानिक राजसंस्था अपरिहार्य छ’: मनिषा कोइराला

काठमाडौं,१६ साउन । अभिनेत्री मनिषा कोइरालाले नेपालको राष्ट्रियता, सार्वभौमिकता र स्थायित्वका लागि संवैधानिक राजसंस्था आवश्यक रहेको बताउनु भएको छ।शनिबार शाही युवा शक्ति, नेपालको आयोजनामा भएको