दशैंमा जमराको धार्मिक र वैज्ञानिक महत्व

 

दमक, १६ असोज । आज नेपालीहरूको महान चाड बडादशैंको मुख्य दिन, विजया दशमी। यो दिन केवल उत्सव मात्र नभई नेपाली संस्कृति, धर्म र जीवनशैलीसँग गहिरो रूपमा गाँसिएको दिन हो। टिका र जमरा लगाएर मान्यजनबाट आशीर्वाद ग्रहण गर्ने परम्परा कोजाग्रत पूर्णिमासम्म निरन्तर चल्ने गर्छ।

 

रेडियो किङ एफएमको कार्यक्रम सत्य संवाद मा धर्माचार्य पं. घनश्याम ढकालले दशैंलाई नेपालको परापूर्व कालदेखि मनाइँदै आएको पर्व भन्दै यसको धार्मिक, सामाजिक र वैज्ञानिक पुष्टि हुने स्पष्ट पार्नुभयो।

 

उहाँका अनुसार शास्त्रमा उल्लेख भएअनुसार राम–रावण युद्धपश्चात विजयी प्रतीकस्वरूप दशैं मनाउन सुरु गरिएको भए पनि, ऋषिमुनिहरूले यसअघि नै यो पर्वलाई विशेष अर्थसहित मनाउँदै आएको कुरा पूराणहरूमा समेत पाइन्छ।

 

मानव सभ्यताको विकासक्रमसँगै दशैंले अझ गहिरो धार्मिक र सांस्कृतिक महत्व पाएको उहाँको भनाइ थियो। ढकालले जमरा बारेमा विशेष चर्चा गर्दै भन्नुभयो, “जौ धर्तीको पहिलो अन्न हो, मानव जीवन रहुञ्जेल यसको अस्तित्व रहनेछ। त्यसैले जमराले अन्न र मानवबीचको सम्बन्धलाई प्रगाढ बनाइराख्छ।”

 

उहाँले जमराको वैज्ञानिक पक्ष पनि जोड दिनुभयो। शिरमा जमरा राख्दा शरीरमा सकारात्मक ऊर्जा बढ्ने विश्वास रहिआएको छ। साथै, जमरा पिसेर रस सेवन गर्दा क्यान्सरजस्ता घातक रोगबाट बच्न सकिने तथ्यलाई समेत उहाँले प्रस्तुत गर्नुभयो।

 

यसरी धार्मिक आस्था, सांस्कृतिक परम्परा र वैज्ञानिक दृष्टिकोणले जोडिएको जमरा दशैंमा मात्र नभई मानव जीवनमा अर्थपूर्ण अस्तित्व बोकेको पुष्टि भएको धर्माचार्य ढकालले बताउनुभयो।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गृहमन्त्रीसँगको वार्तापछि हिन्दूवादी मोर्चाद्वारा आन्दोलन फिर्ता, १९ बुँदे माग सरकारसमक्ष पेश

जनकपुर,१७ साउन । गृहमन्त्री सुधन गुरुङ र संयुक्त हिन्दू मोर्चा तथा हिन्दू सम्राट सेना नेपालका प्रतिनिधिबीच जनकपुरस्थित यात्री निवासमा भएको दोस्रो चरणको वार्ता सकारात्मक रूपमा

खराब निद्राले सबैको मस्तिष्कमा एउटै असर गर्दैन, जीनले निर्धारण गर्न सक्छ जोखिम

काठमाडौं,१७ साउन । कम निद्राले केही मानिसको मस्तिष्कमा बढी असर पार्न सक्ने नयाँ अध्ययनले देखाएको छ। वैज्ञानिकहरूका अनुसार यसको कारण मानिसको आनुवंशिक संरचना (जीन) हुन

कांग्रेसको ‘राष्ट्रिय भेला’मा नाम राखिएकोप्रति अपाङ्ग संघका अध्यक्षको आपत्ति

काठमाडौं,१७ साउन । नेपाली कांग्रेसको भातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका अध्यक्ष माधवप्रसाद चम्लागाईंले साउन २९ गतेदेखि आयोजना गर्न लागिएको भनिएको ‘राष्ट्रिय भेला’को ५५१ सदस्यीय

पत्रकारिता संकटमा : सम्मान हराउँदै, नयाँ पुस्ता टाढिँदै ,चौथो अङ्ग बचाउने जिम्मा कसको?

काठमान्डौं, १७ साउन । कुनै समय थियो, पत्रकारिता केवल एउटा पेशा होइन, समाज परिवर्तनको अभियान थियो। पत्रकारलाई राज्यको चौथो अङ्ग भनेर सम्मान गरिन्थ्यो। सत्य बोल्ने,

वीरगञ्जबाट निषेधाज्ञा हट्यो

पर्सा,१७ साउन । वीरगञ्जमा केही दिनदेखि लागू गरिएको निषेधाज्ञा आइतबारदेखि हटाइएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले सुरक्षा अवस्थाको समीक्षा गर्दै निषेधाज्ञा हटाउने निर्णय गरेको हो।प्रमुख

’नेपालका लागि संवैधानिक राजसंस्था अपरिहार्य छ’: मनिषा कोइराला

काठमाडौं,१६ साउन । अभिनेत्री मनिषा कोइरालाले नेपालको राष्ट्रियता, सार्वभौमिकता र स्थायित्वका लागि संवैधानिक राजसंस्था आवश्यक रहेको बताउनु भएको छ।शनिबार शाही युवा शक्ति, नेपालको आयोजनामा भएको