झापामा बाढी र डुवानको संभावना , यी क्षेत्र छन जोखिम

स्थानीय तहलाई बाढी–डुवानमा पर्न सक्ने जनताको उद्दारका लागि सुरक्षा निकाय, संघसंस्था, स्वयंसेवकहरूसँग समन्वय गरी तयारी अवस्थामा रहन निर्देशन

दमक, १८ असोज | झापा जिल्ला प्रशासन कार्यालयले बाढी र डुवानको उच्च जोखिमलाई मध्यनजर गर्दै मेची, बिरीङ, कन्काई लगायतका नदी–खोला किनारमा बसोबास गर्ने घरपरिवारलाई सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रशासनले विशेषतः जोखिममा रहेका स्थानका नागरिकलाई आफ्नो प्रयोगका औषधि, लगाउने लुगाकपडा, लालपुर्जा, नागरिकता, नगद, गरगहना तथा अन्य अत्यावश्यक र बहुमूल्य सामग्री तत्काल बोकेर हिँड्न मिल्ने गरी सुरक्षित पोको बनाई राख्न निर्देशन दिएको छ।

बाढी वा डुवानको अवस्था आइपरेमा त्यस्ता पोको वा झोला लिएर सम्बन्धित वडा कार्यालयले तोकेको सुरक्षित स्थानमा सर्नु पर्ने सूचनासमेत जारी गरिएको छ।

त्यस्तै, स्थानीय तहलाई बाढी–डुवानमा पर्न सक्ने जनताको उद्दारका लागि सुरक्षा निकाय, संघसंस्था, स्वयंसेवकहरूसँग समन्वय गरी तयारी अवस्थामा रहन भनिएको छ।

साथै उद्दारपछि राख्न पहिचान गरिएका विद्यालय, सामुदायिक भवनलगायतका स्थानलाई सफा राख्न, र भवनको तालाचावी बोक्ने व्यक्तिलाई निरन्तर सम्पर्कमा राख्न पनि निर्देशन दिइएको छ।

जिल्ला प्रशासनले उद्योगी, व्यापारी, व्यवसायी तथा विपदमा सहयोग गर्न इच्छुक संघ–संस्था र व्यक्तिहरूलाई स्थानीय तह तथा प्रशासनसँग सम्पर्क र समन्वयमा रहन प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारीद्वारा जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

त्यसैगरी, गलत सूचना प्रवाह हुँदा आम नागरिकमा अनावश्यक त्रास फैलने भएकाले सामाजिक सञ्जाल वा अन्य माध्यममार्फत तथ्यमा आधारित सूचना मात्र सम्प्रेषण गर्न पनि प्रशासनले जोड दिएको छ।

तस्बिर : AI

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गृहमन्त्रीसँगको वार्तापछि हिन्दूवादी मोर्चाद्वारा आन्दोलन फिर्ता, १९ बुँदे माग सरकारसमक्ष पेश

जनकपुर,१७ साउन । गृहमन्त्री सुधन गुरुङ र संयुक्त हिन्दू मोर्चा तथा हिन्दू सम्राट सेना नेपालका प्रतिनिधिबीच जनकपुरस्थित यात्री निवासमा भएको दोस्रो चरणको वार्ता सकारात्मक रूपमा

खराब निद्राले सबैको मस्तिष्कमा एउटै असर गर्दैन, जीनले निर्धारण गर्न सक्छ जोखिम

काठमाडौं,१७ साउन । कम निद्राले केही मानिसको मस्तिष्कमा बढी असर पार्न सक्ने नयाँ अध्ययनले देखाएको छ। वैज्ञानिकहरूका अनुसार यसको कारण मानिसको आनुवंशिक संरचना (जीन) हुन

कांग्रेसको ‘राष्ट्रिय भेला’मा नाम राखिएकोप्रति अपाङ्ग संघका अध्यक्षको आपत्ति

काठमाडौं,१७ साउन । नेपाली कांग्रेसको भातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका अध्यक्ष माधवप्रसाद चम्लागाईंले साउन २९ गतेदेखि आयोजना गर्न लागिएको भनिएको ‘राष्ट्रिय भेला’को ५५१ सदस्यीय

पत्रकारिता संकटमा : सम्मान हराउँदै, नयाँ पुस्ता टाढिँदै ,चौथो अङ्ग बचाउने जिम्मा कसको?

काठमान्डौं, १७ साउन । कुनै समय थियो, पत्रकारिता केवल एउटा पेशा होइन, समाज परिवर्तनको अभियान थियो। पत्रकारलाई राज्यको चौथो अङ्ग भनेर सम्मान गरिन्थ्यो। सत्य बोल्ने,

वीरगञ्जबाट निषेधाज्ञा हट्यो

पर्सा,१७ साउन । वीरगञ्जमा केही दिनदेखि लागू गरिएको निषेधाज्ञा आइतबारदेखि हटाइएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले सुरक्षा अवस्थाको समीक्षा गर्दै निषेधाज्ञा हटाउने निर्णय गरेको हो।प्रमुख

’नेपालका लागि संवैधानिक राजसंस्था अपरिहार्य छ’: मनिषा कोइराला

काठमाडौं,१६ साउन । अभिनेत्री मनिषा कोइरालाले नेपालको राष्ट्रियता, सार्वभौमिकता र स्थायित्वका लागि संवैधानिक राजसंस्था आवश्यक रहेको बताउनु भएको छ।शनिबार शाही युवा शक्ति, नेपालको आयोजनामा भएको