आज छुट्टाछुट्टै स्थानमा दुर्घटनामा परि तीन जनाको मृत्यु

राजविराज,१८ असोज। यहाँ छुट्टाछुट्टै दुर्घटनामा परी शनिबार तीन जनाको ज्यान गएको प्रहरीले जनाएको छ । हुलाकी सडक खण्डअन्तर्गत जिल्लाको खड्क नगरपालिका–११ बनौलीमा दुई मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा दुवै मोटरसाइकलका चालकको ज्यान गएको प्रहरीले जनाएको छ ।

बोदेबर्साइनबाट राजविराजतर्फ आउँदै गरेको मधेस प्रदेश ०१–००५ प ६८३२ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको मधेस प्रदेश २–०१–००३ प ६९३२ नम्बरको मोटरसाइकल एकापसमा ठोकिएर दुर्घटना भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीका अनुसार दुर्घटनामा मधेस प्रदेश २–०१–००३ प ६९३२ नम्बरको मोटरसाइकलका चालक खड्क नगरपालिका–१० बेल्हाका २८ वर्षीय चिन्तामणि चौधरी र मधेस प्रदेश ०१–००५ प ६८३२ नम्बरको मोटरसाइकलका चालक सुरुङगा नगरपालिका–७ बस्ने २७ वर्षीय सोविन चौधरीको मृत्यु भएको हो ।

यस्तै जिल्लाको तिरहुत गाउँपालिका–१ धनपुरीमा हायसको ठक्करबाट एक वृद्धाको ज्यान गएको छ भने काठमाडौँबाट धरानतर्फ जाँदै गरेको बा प्र०३–००१ ख २५८२ नं हायसले बाटो काटिरहेका पैदल यात्री स्थानीय देवन पञ्जियारका ७० वर्षीया श्रीमती जगियादेवी पञ्जियारलाई ठक्कर दिँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ ।

दुर्घटनापछि हायस तथा चालक धादिङको बेनिरोराङ गाउँपालिका–४ बस्ने ४० वर्षीय मदन श्रेष्ठलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कोटीहोममा दुर्घटना, वृद्धको मृत्यु

झापा ,१८ साउन। कन्काई नगरपालिका–४ कोटीहोममा सवारी साधनको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार सोमबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोटीहोम

ट्राफिक प्रहरीले गर्यो २४ घण्टामा ८४१ जनालाई कारबाही

काठमाडौं,१८ साउन । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८४१ सयवटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । सोमबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन

सिन्धुलीमा दुर्घटना, सवारको पहिचान खुल्यो

रामेछाप,१८ साउन । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरघाट नजिक मध्यपहाडी लोकमार्गमा आज बिहान सुनकोशी नदीमा खसेको कारमा सवार यात्रुहरुको पहिचान खुलेको छ । सिन्धुली प्रहरीका अनुसार

पूर्वी तराईका मोरङ झापा हुँदै इलाम र ताप्लेजुङसम्मका सवारीहरू जोखिम मोलेर यात्रा गर्न बाध्य

रामेछाप,१८ साउन । काठमाडौंबाट पूर्वी नेपालका विभिन्न जिल्लामा आवतजावत गर्ने प्रमुख तथा सबैभन्दा छोटो मार्गका रूपमा रहेको बिपी राजमार्गको यात्रा वर्षायाममा थप जोखिमपूर्ण बनेको छ

बिहारमा यात्रुवाहक रेलमा आगलागी

काठमाडौं,१८ साउन । भारतको बिहार राज्यस्थित सहरसा जिल्लामा सोमबार बिहान यात्रुवाहक रेलको इन्जिन र त्यससँग जोडिएको एक डब्बामा आगलागी भएको छ । आगलागीपछि यात्रुहरूलाई तत्काल