एमसीसी सम्झौताबारे छलफल सुरु हुने

प्रतिनिधि सभाको बैठक आज बस्दै

 

 

 

काठमाडौं :  आज बस्ने प्रतिनिधिसभाको  बैठकमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीबारे छलफल हुने भएको छ। संघीय संसदले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एमसीसीको विषयमा छलफल हुने उल्लेख छ।

संघीय स‌‌सद सचिवायलका प्रवक्ता रोजनाथ पाण्डेले आज बस्ने बैठकमा एमसीसी सम्झौता छलफलका लागि अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको जानकारी दिए।

गत आइतबारको प्रतिनिधिसभा बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता स‌ंसदमा पेश गरेका थिए। एक बजे  प्रतिनिधिसभाको बैठक बस्नु अघि ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बस्ने पाण्डेले जानकारी दिए। भोलिको बैठकमा एमसीसी  दफाबार छलफल गर्ने वा आज नै अर्को बैठक बसेर पास र फेल समेत गर्न सक्ने छ।

कांग्रेसको ह्वीप 

नेपाली कांग्रेसले आज बस्ने प्रतिनिधिसभा बैठकमा आफ्नो दलका सबै सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन जारी गरेको छ। कांग्रेस सचेतक पुष्पा भुसालले आफ्ना सबै सांसदलाई बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन जारी गरिएको जानकारी दिइन्। आजको संसद बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि सैद्धान्तिक छलफल हुने भन्दै कांग्रेसले अनिवार्य उपस्थित हुन भनेको हो।

लोसपा एमसीसीको पक्षमा

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने भएको छ।

बुधबार काठमाडौंमा बसेको लोसपा संसदीय दलको बैठकले संसद्‌मा टेबल भएको एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको लोसपा सांसद एकवाल मियाँले जानकारी दिए। प्रतिनिधि सभामा लोसपाका १३ सांसद छन्। लोसपाले आफ्ना सांसदहरूलाई प्रतिनिधि सभा बैठकमा अनिवार्य उपस्थितिका लागि निर्देशन समेत दिएको छ।

एमालेको अडान 

नेकपा एमालेले पार्टीले कारवाही गरेका १४ जना सांसदलाई पदमुक्त नगरेसम्म एमसीसीको प्रक्रियामै भाग नलिने बताएको छ।  एमालेका महासचिव शंकर पोखरेलले संसदको अवरोध कायमै राख्ने बताउँदै आफ्नो माग पूरा नभएसम्म संसदीय प्रक्रियामै भाग नलिने बताए।

उनले सत्तामा सहभागी एउटा पक्षले प्रस्ताव टेबुल गर्ने र अर्को पक्षले सरकारकाविरुद्ध सडकमा ढुंगामुढा गरेर रमिता देखाएको आरोपसमेत लगाएका छन्।

माओवादी एकीकृत समाजवादी विपक्षमा

सत्ता घटक नेकपा माओवादी केन्द्रले भने एमसीसीको विपक्षमा मतदान गर्ने बताएको छ। माओवादी केन्द्रको स्थायी समिति बैठकले एमसीसीको विपक्षमा उभिने निर्णय गरिसकेको छ। अध्यक्ष प्रचण्डले सभामुख अग्नि सापकोटालाई हटाउन लागेकोले मात्रै एमसीसी टेबल गर्न दिएको बताएका छन्।

यस्तै अर्को सत्ता घटक एकीकृत समाजवादी पार्टीले पनि एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ। समाजवादीको सचिवालय बैठकले विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको सम्मानित नेता झलनाथ खनालले जानकारी दिए।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बजेटमा पर्यटन स् ‘विवाह गन्तव्य’देखि ‘डाँफे रुट’ निर्माणसम्मको योजना

काठमाडौं,१६ जेठ । सरकारले आर्थिक वर्ष २०८३÷८४ को बजेटमार्फत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन क्षेत्रको विकासका लागि देशका विभिन्न ऐतिहासिक, धार्मिक, पर्यटकीय तथा हिमाली क्षेत्रलाई

सगरमाथा सहितका हिमाल आरोहणका क्रममा सात जनाको मृत्यु

काठमाडौं,१६ जेठ । सन् २०२६ को वसन्त ऋतुमा सगरमाथा लगायतका हिमाल आरोहणका क्रममा हालसम्म सात जना आरोही र पथप्रदर्शकको ज्यान गएको छ । त्यसमध्ये दुई

कृषि बजेटप्रति कृषि अभियन्ता नेपालको असन्तुष्टि

काठमाडौं,१६ जेठ । युवा किसान तथा कृषि अभियन्ता दिपेश नेपालले आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेटले नीति तथा कार्यक्रममा व्यक्त गरिएका कृषि प्राथमिकतालाई पर्याप्त रूपमा

सुरक्षित समाज निर्माणका लागि महिला माथि हुने विभेद अन्त्य हुनुपर्छः राष्ट्रपति

काठमाडौं,१६ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले महिला माथि हुने विभेद, हिंसा तथा असमानताको अन्त्य गरी सम्मानजनक र सुरक्षित समाज निर्माण गर्न सबै पक्षको सक्रिय भूमिका

लायन्स क्लबमा राजनीतिक हस्तक्षेप हुनु हुँदैनः सभामुख अर्याल

काठमाडौं,१६ जेठ । सभामुख डोलप्रसाद (डिपी) अर्यालले लायन्स क्लब जस्तो सामाजिक संस्थामा राजनीतिक हस्तक्षेप हुन नहुने बताउनु भएको छ। लायन्स इन्टरनेसनल मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको

ऊर्जा क्षेत्रमा बजेट सकारात्मक तर दीर्घकालीन लक्ष्यमा अस्पष्ट भएको दुलालको दाबी

काठमाडौं,१६ जेठ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का उपमहासचिव प्रकाश चन्द्र दुलालले आगामी आर्थिक वर्ष २०८३ / ८४ को बजेटले ऊर्जा क्षेत्रका लागि