पाँचथर,१८ असोज। तमोर नदीमा जिप दुर्घटना हुँदा घाइते भएका ६ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । उनीहरूलाई दुर्घटनास्थलबाट निकालेर अस्पताल पठाइएको हो ।
पाँचथरको कुम्मायक– ३ कात्तिके भन्ने ठाँउबाट शनिबार बिहान तमोर नदीमा जिप खसेको थियो । दुर्घटनास्थलमा खटिएका डीएसपी अनिशकुमार कर्णले पाँच जना घाइतेलाई धरान पठाइएको र एक जनालाई फिदिम पठाइएको जानकारी दिनु भयो ।
भिरालो ठाँउमा दुर्घटना भएकालेले बाँकीको खोजी कार्य जारी रहेको छ । जिपमा कति जना सवार थिए र के–कति क्षति भयो भन्ने अझै खुल्न सकेको छैन ।









