तमोर नदीमा भएको दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ६ पुग्यो

पाँचथर,१८ असोज । तमोर नदीमा जिप खसेर भएको दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ६ पुगेको प्रहरीले जनाएको छ ।

 

ताप्लेजुङबाट धरान जाँदै गरेको मे १ ज ३०५५ को जिप शनिबार बिहान पाँचथरको कुम्मायक– ३ कात्तिकेबाट तमोर नदीमा खसेको थियो । सो दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ६ पुगेको प्रहरीले बताएको छ ।

 

मृत्यु हुनेमा तीन जना पुरुष र तीन जना महिला रहेको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले पुष्टि गर्नू भयो। अन्य ६ जना घाइते भएका छन्, उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ । घाइतेमध्ये एक जना ८ वर्षीय बालक रहेको खुलेको प्रहरीले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कोटीहोममा दुर्घटना, वृद्धको मृत्यु

झापा ,१८ साउन। कन्काई नगरपालिका–४ कोटीहोममा सवारी साधनको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार सोमबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोटीहोम

ट्राफिक प्रहरीले गर्यो २४ घण्टामा ८४१ जनालाई कारबाही

काठमाडौं,१८ साउन । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८४१ सयवटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । सोमबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन

सिन्धुलीमा दुर्घटना, सवारको पहिचान खुल्यो

रामेछाप,१८ साउन । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरघाट नजिक मध्यपहाडी लोकमार्गमा आज बिहान सुनकोशी नदीमा खसेको कारमा सवार यात्रुहरुको पहिचान खुलेको छ । सिन्धुली प्रहरीका अनुसार

पूर्वी तराईका मोरङ झापा हुँदै इलाम र ताप्लेजुङसम्मका सवारीहरू जोखिम मोलेर यात्रा गर्न बाध्य

रामेछाप,१८ साउन । काठमाडौंबाट पूर्वी नेपालका विभिन्न जिल्लामा आवतजावत गर्ने प्रमुख तथा सबैभन्दा छोटो मार्गका रूपमा रहेको बिपी राजमार्गको यात्रा वर्षायाममा थप जोखिमपूर्ण बनेको छ

बिहारमा यात्रुवाहक रेलमा आगलागी

काठमाडौं,१८ साउन । भारतको बिहार राज्यस्थित सहरसा जिल्लामा सोमबार बिहान यात्रुवाहक रेलको इन्जिन र त्यससँग जोडिएको एक डब्बामा आगलागी भएको छ । आगलागीपछि यात्रुहरूलाई तत्काल