काठमाडौं,१८ असोज। नागढुङ्गा–नौबिसे सडकखण्ड बन्द भएपछि पृथ्वी राजमार्गमा अलपत्र परेका सवारीसाधन टोखा–छहरे हुँदै काठमाडौं प्रवेश गरि रहेका छन् ।
अविरल वर्षापछि सम्भावित जोखिमलाई लिएर सरकारले नागढुङ्गा–मुग्लिन सडकखण्ड तीन दिनका लागि बन्द गरेको जनाएको छ । सो सडकखण्ड बन्द भएपछि बाटोमा रहेका सवारीसाधनहरूले वैकल्पिक बाटो प्रयोग गरेका छन् ।
अहिले पृथ्वी राजमार्गमा चल्ने सवारीसाधनहरू गगटे–ढिकुरे–टोखा–छहरे हुँदै काठमाडौं भित्रि रहेका छन् ।









