झापामा घागरा खोलामा डुबेर एक जनाको मृत्युु

दमक, असोज १८ । झापा जिल्लाको बाह्रदशी गाउँपालिका–४ मुन्सी कामत टोलमा आज बिहान एक पुरुषको खोलामा डुबेर मृत्यु भएको छ।

६२ वर्षीय मंगल सिंह मुर्मु घाघरा खोलामा तर्ने क्रममा खुट्टा चिप्लिएर खोलामा डुबेका हुन्। स्थानीय बासिन्दाले उनलाई देखेपछि तत्काल उद्धार गरी घरतर्फ लैजाने क्रममा मृत्यु भइसकेको थियो।

घटनाबारे जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी निरीक्षक रुपेश राईको कमाण्डमा एसओसीओ टोली सहित प्रहरी घटनास्थलमा खटिएको थियो। घटनास्थल तथा शवलाई आवश्यक अनुसन्धानका लागि सुरक्षित राखिएको प्रहरीले जनाएको छ।

मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक मेची अस्पतालमा पठाइएको थियो। अस्पतालमा पोस्टमार्टमपछि मृतकको शव उनका छोरा श्याम मुर्मुले जिम्मा लिएर अन्तिम संस्कारका लागि लगेको प्रहरीले जानकारी दिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कोटीहोममा दुर्घटना, वृद्धको मृत्यु

झापा ,१८ साउन। कन्काई नगरपालिका–४ कोटीहोममा सवारी साधनको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार सोमबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोटीहोम

ट्राफिक प्रहरीले गर्यो २४ घण्टामा ८४१ जनालाई कारबाही

काठमाडौं,१८ साउन । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८४१ सयवटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । सोमबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन

सिन्धुलीमा दुर्घटना, सवारको पहिचान खुल्यो

रामेछाप,१८ साउन । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरघाट नजिक मध्यपहाडी लोकमार्गमा आज बिहान सुनकोशी नदीमा खसेको कारमा सवार यात्रुहरुको पहिचान खुलेको छ । सिन्धुली प्रहरीका अनुसार

पूर्वी तराईका मोरङ झापा हुँदै इलाम र ताप्लेजुङसम्मका सवारीहरू जोखिम मोलेर यात्रा गर्न बाध्य

रामेछाप,१८ साउन । काठमाडौंबाट पूर्वी नेपालका विभिन्न जिल्लामा आवतजावत गर्ने प्रमुख तथा सबैभन्दा छोटो मार्गका रूपमा रहेको बिपी राजमार्गको यात्रा वर्षायाममा थप जोखिमपूर्ण बनेको छ

बिहारमा यात्रुवाहक रेलमा आगलागी

काठमाडौं,१८ साउन । भारतको बिहार राज्यस्थित सहरसा जिल्लामा सोमबार बिहान यात्रुवाहक रेलको इन्जिन र त्यससँग जोडिएको एक डब्बामा आगलागी भएको छ । आगलागीपछि यात्रुहरूलाई तत्काल