वर्षा असर : मेची राजमार्गमा यातायात बन्द गर्न प्रशासनको निर्देशन

झापा,१८ असोज।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाबाट प्राप्त सूचनाअनुसार हाल कोशी प्रदेशसहितका क्षेत्रमा मनसुन सक्रिय भई उच्च मात्रामा वर्षा भइरहेको र यसले बाढीपहिरोको जोखिम बढाएको भन्दै जिल्ला प्रशासन कार्यालय इलामले विशेष सूचना जारी गरेको छ।

 

प्रशासनले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनाको आधारमा संभावित जोखिम न्यूनीकरणका लागि मेची राजमार्ग (इलामको जोरपाटीदेखि राँकेसम्म) र मेची कोरिडोर (कन्याम–कञ्चनजंघा सडक) मा सवारी आवागमन पूर्ण रुपमा बन्द गरिएको जनाएको छ। यो निर्णय आज बेलुकी ७ बजेदेखि असोज १७ गते बिहान ६ बजेसम्म लागू हुने गरी गरिएको हो।

 

सूचनामा ठूला सवारी साधन, जसको कुल वजन १० टनभन्दा बढी छ, ती सवारी साधनलाई तोकिएको अवधिमा मेची कोरिडोरमा सञ्चालन नगर्न आग्रह गरिएको छ। साथै, यात्रुहरूको अत्यावश्यक आवश्यकता भएमा सावधानीपूर्वक यात्रा गर्न प्रशासनले अनुरोध गरेको छ।

 

यसैगरी, साना सवारी साधन तथा १० टनभन्दा कम क्षमताका सवारी साधनलाई भने जोरपाटी–तिल्केनी सडक प्रयोग गर्न सिफारिस गरिएको इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले हस्ताक्षर गरिएको सूचनामा उल्लेख छ।

तस्बिर : AI

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कोटीहोममा दुर्घटना, वृद्धको मृत्यु

झापा ,१८ साउन। कन्काई नगरपालिका–४ कोटीहोममा सवारी साधनको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार सोमबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोटीहोम

ट्राफिक प्रहरीले गर्यो २४ घण्टामा ८४१ जनालाई कारबाही

काठमाडौं,१८ साउन । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८४१ सयवटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । सोमबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन

सिन्धुलीमा दुर्घटना, सवारको पहिचान खुल्यो

रामेछाप,१८ साउन । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरघाट नजिक मध्यपहाडी लोकमार्गमा आज बिहान सुनकोशी नदीमा खसेको कारमा सवार यात्रुहरुको पहिचान खुलेको छ । सिन्धुली प्रहरीका अनुसार

पूर्वी तराईका मोरङ झापा हुँदै इलाम र ताप्लेजुङसम्मका सवारीहरू जोखिम मोलेर यात्रा गर्न बाध्य

रामेछाप,१८ साउन । काठमाडौंबाट पूर्वी नेपालका विभिन्न जिल्लामा आवतजावत गर्ने प्रमुख तथा सबैभन्दा छोटो मार्गका रूपमा रहेको बिपी राजमार्गको यात्रा वर्षायाममा थप जोखिमपूर्ण बनेको छ

बिहारमा यात्रुवाहक रेलमा आगलागी

काठमाडौं,१८ साउन । भारतको बिहार राज्यस्थित सहरसा जिल्लामा सोमबार बिहान यात्रुवाहक रेलको इन्जिन र त्यससँग जोडिएको एक डब्बामा आगलागी भएको छ । आगलागीपछि यात्रुहरूलाई तत्काल