बाढीपहिरोमा परेर कोशी प्रदेशमा ४४ जनाको मृत्यु

हालसम्म ५५५ जनाको उद्धार गरिएको छ, जसमा हेलिकोप्टरबाट २३ र नेपाल प्रहरीद्वारा ५३२ जनाको प्रहरीद्धारा उद्धार

झापा,२० असोज। अविरल वर्षा पछि आएको बाढीपहिरोमा परेर कोशी प्रदेशमा ४४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक दीपक पोखरेलका अनुसार इलाम, उदयपुर, खोटाङ, मोरङलगायत जिल्लाका विभिन्न स्थानमा बाढीपहिरोमा परेर सोमबार बिहानसम्म ४४ जनाको ज्यान गएको हो ।

 

प्रहरी उपरीक्षक पोखरेलका अनुसार हालसम्म ५५५ जनाको उद्धार गरिएको छ, जसमा हेलिकोप्टरबाट २३ र नेपाल प्रहरीद्वारा ५३२ जनाको प्रहरीद्धारा उद्धार गरीएको छ।

 

झापाको झापा गाउँपालिकाबाट डुबानमा परेका १६ जनालाई उद्धार गरी सुरक्षित स्थानमा राखीएको छ । त्यस्तै इलामको माङसेबुङ गाउँपालिका– १ मा पहिरोले घाइते भएका ३ जनालाई उद्धार गरी धरानस्थित बीपी स्वास्थ विज्ञान प्रतिष्ठान पठाइएको छ भने सन्दकपुर गाउँपालिकाका चार जना घाइतेलाई उपचारका लागि बिर्तामोडस्थित बी एन्ड सी अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

वीरगञ्जबाट निषेधाज्ञा हट्यो

पर्सा,१७ साउन । वीरगञ्जमा केही दिनदेखि लागू गरिएको निषेधाज्ञा आइतबारदेखि हटाइएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले सुरक्षा अवस्थाको समीक्षा गर्दै निषेधाज्ञा हटाउने निर्णय गरेको हो।प्रमुख

’नेपालका लागि संवैधानिक राजसंस्था अपरिहार्य छ’: मनिषा कोइराला

काठमाडौं,१६ साउन । अभिनेत्री मनिषा कोइरालाले नेपालको राष्ट्रियता, सार्वभौमिकता र स्थायित्वका लागि संवैधानिक राजसंस्था आवश्यक रहेको बताउनु भएको छ।शनिबार शाही युवा शक्ति, नेपालको आयोजनामा भएको

गृहमन्त्रीद्वारा जायज माग पूरा गर्ने आश्वासन, दोस्रो चरणको छलफल आजै

जनकपुर,१६ साउन । गृहमन्त्री सुदन गुरुङ र धनुषाका विभिन्न हिन्दूवादी संघ संस्थाहरुका प्रतिनिधिबीच पहिलो चरणको वार्ता सम्पन्न भएको छ ।शनिबार जनकपुरधाममा करीब ३ घण्टा वार्ता

दमकमा हजारभन्दा बढी ट्रामाडोल क्याप्सुल सहित तीन जना पक्राउ

दमक, १६ साउन । झापाको दमक नगरपालिका–५ स्थित आकाशे पुल नजिक सार्वजनिक सडक क्षेत्रमा लागुऔषध खरिद–बिक्री भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले छापा मार्दा तीन जनालाई

विश्वलाई चकित पार्ने साहसी नेपाली आरोही निर्मल पुर्जा ‘निम्सदाइ’ को निधन

काठमाडौँ,१६ साउन । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’को पाकिस्तानको ब्रड पिक हिमालमा गएको भीषण हिमपहिरोमा परी निधन भएको छ। उहाँ संस्थापक रहेको आरोहण कम्पनी

जन्मदिनको अवसरमा निःशुल्क स्वास्थ्य परीक्षण, ८२ जनाले लिए सेवा

दमक,१६ साउन । जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै झापाको दमकमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिएको छ। दमक–६ नगरपालिका रोडस्थित भट्टराई ओखती घर तथा क्लिनिककी सञ्चालिका