कांग्रेस केन्द्रीय समिति बैठक असोज २६ मा बस्दै

काठमाण्डौं,२० असोज। नेपाली कांग्रेसमा विशेष महाधिवेशन आह्वानका लागि केन्द्रीय समिति बैठकअघि नै महाधिवेशन प्रतिनिधिको हस्ताक्षर पेस गर्ने तयारी गरिएको छ, जसको लागि हस्ताक्षर अभियान जारी रहेको जानकारी पाइएको छ ।

 

४० प्रतिशत महाधिवेशन प्रतिनिधिले कारण खुलाई हस्ताक्षरसहित लिखित माग गरेमा विशेष महाधिवेशन बोलाउन सक्ने व्यवस्था विधानले गरेको जनाएको छ । सोही व्यवस्थाको उपयोग गर्दै कांग्रेसको संस्थापन इतर समूहले हस्ताक्षर अभियान चलाइ रहेको छ ।

 

‘२५ गते हस्ताक्षर बुझाउने तयारी रहेको छ, अहिले कलेक्सन भइसकेको छ । देशभर गरिरहेको छ । आजभोलि अझै बढी होला दसैँ लागेपछि अभियानले गति लिन सकेको थिएन,’ कांग्रेसका एक नेताले भन्नु भयो।

कांग्रेस केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवा पक्षधरको बुहमत रहेको छ । उनीहरू नेतृत्व परिवर्तन १५औँ महाविधेशनबाट होस् भन्ने चाहन्छन् । केन्द्रीय समिति बैठकले आवश्यक ठानेर विशेष महाधिवेशन बोलाउन सक्ने विधानको व्यवस्था पालना हुन सक्दैन भने इतर समूहका नेताहरूले विशेष महाधिवेशन बोलाउन महाविधेशन प्रतिनिधिले हस्ताक्षर बुझाउने बाटो लिएका छन्।

असोज ६ बाट शेखर कोइराला तथा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पक्षधरले हस्ताक्षर अभियान सुरु गर्नु भएको थियो। कांग्रेस केन्द्रीय समिति बैठक २६ असोजमा बस्ने भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

प्रेस स्वतन्त्रता नागरिकको सुसूचित हुन पाउने अधिकार भएको थापाको दाबी

काठमाडौँ,२० वैशाख। नेपाली कांग्रेसका सभापति गगन थापाले सत्य समाचार लेखेकै आधारमा सञ्चारकर्मीले डराउनु नपर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनु भएको छ। उहाँले यो कार्य सबैको

सुकुम्वासी बस्तीका भग्नावशेषमा कवाडी संकलन गर्नेको लर्को

काठमाडौँ,२० वैशाख। सरकारले उपत्यकाका विभिन्न सुकुम्वासी बस्ती खाली गराएसँगै भत्काइएका संरचनाका अवशेषहरू संकलन गर्नेहरूको भीड बढेको छ। गत शनिबारदेखि थापाथली, गैरीगाउँ, शंखमूल, मनोहरा, बालाजु, बल्खु,

रास्वलले भन्यो : आगामी स्थानीय तहको चुनावमा उम्मेदवार बन्न चाहानेले लिडरसिप एकेडेमी पास गर्नै पर्ने

काठमान्डौं,२० वैशाख । आगामी स्थानीय तह निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार हुन चाहने पार्टी सदस्यहरूले क्याण्डिडेट क्लबको सदस्य भई लिडरशिप एकेडमीबाट उतिर्ण हुनैपर्ने। यसअघि

पहिले बसोबासको व्यवस्था मिलाएर मात्रै सुकुम्बासी क्षेत्र खाली गर्नुपर्छ:पवित्रा महतारा प्रसाई

 झापा ,२० वैशाख । काठमाडौं उपत्यकाका नदी किनार तथा सार्वजनिक जग्गा खाली गर्ने क्रममा सयौं परिवार विस्थापित भएका छन् । सरकारले केही परिवारलाई अस्थायी रूपमा

एमालेमा डिजिटल सदस्यता प्रणाली लागू, समयमै नवीकरण नगर्नेलाई जिम्मेवारीबाट स्वतः मुक्त गरिने

काठमाडौँ, २० वैशाख। नेकपा (एमाले) ले पार्टी सदस्यता व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने निर्णय गरेको छ। आज केन्द्रीय कार्यालयमा आयोजित सदस्यता सम्बन्धी डेमो

सरकारले ल्याएका ६ अध्यादेश , अब देश सुधार हुन्छ त?

सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेका आठमध्ये ६ वटा अध्यादेश जारी भएका छन्। शनिबार मात्रै राष्ट्रपति रामचन्द्र पौडेलले तीन अध्यादेश जारी गनर्’भएको ५ छ। शनिबार स्वास्थ्य विज्ञान