सुनसरी,२० असोज। अविरल वर्षा रोकिएसँगै सप्तकोशी नदीको बहाव अहिले घटेको छ । सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाका अनुसार कोशी ब्यारेजमा सोमबार बिहान ६ बजे गरिएको मापनअनुसार चार लाख ३५ हजार तीन सय ५ क्युसेक प्रति सेकेण्ड पानीको बहाव रहेको पाइएको छ ।
गएराति पानीको बहाव पाँच लाख ३३ हजार पाँच सय ४० क्युसेक प्रति सेकेण्ड थियो । रातिदेखि नै वर्षा कम भएसँगै नदीमा पानीको बहाव घट्दो क्रममा रहेको उहाँले जानकारी दिनु भयो । अहिले कोशी ब्यारेजको ५६ वटा ढोका खोलिएको उहाँले जानकारी दिनु भयो।
आइतबार विहान नदीमा पानीको बहाव उच्च भएपछि खतराको सङ्केतस्वरुप रातो बत्ती बालिएको थियो भने रातो झण्डासमेत फहराइएको थियो ।









