सगरमाथा पारी सयौं पर्यटक अलपत्र

३५० भन्दा बढी पर्वतारोहीलाई उद्धार गरी सुरक्षित रूपमा सारियो

काठमाण्डौं,२० असोज। सगरमाथा पारी सयौं पर्यटकहरु अलपत्र परिरहेका छन्।अलपत्र परेका उनीहरू विभिन्न क्याम्पिङ क्षेत्रमा फसेको चिनियाँ सञ्चारमाध्यमले बताएको छ । चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार, ३५० भन्दा बढी पर्वतारोहीलाई उद्धार गरी सुरक्षित रूपमा स्थानीय बजारमा सारिएको छ।

उद्धार टोलीले अन्य २०० भन्दा बढी व्यक्तिसँग सम्पर्क स्थापित गरेको बताएको छ। यद्यपि, स्थानीय सञ्चारमाध्यमले शुरूमा करिब एक हजार पर्वतारोही फसेको अनुमान गरेको थियो। सगरमाथाको पूर्वी ढलानमा पर्ने कर्मा उपत्यकामा शुक्रबार साँझदेखि शुरू भएको हिमपात शनिबारसम्म जारी रहँदा सयौं पर्वतारोहीहरू त्यहीँ फसेका छन्।

पछिल्ला केही दिनदेखि हिमालय क्षेत्रको मौसम खराब रहेको छ। नेपालमा पनि भारी वर्षा, बाढी र पहिरोका कारण शुक्रबारयता कम्तीमा ४७ जनाको मृत्यु भइसकेको छ भने सगरमाथा ८ हजार ८४८ मिटरभन्दा बढी उचाइ भएको विश्वको सर्वाेच्च शिखर हो। यहाँ हरेक वर्ष हजारौं मानिस पदयात्रा तथा पर्वतारोहणका लागि आउने र्गदछन्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

महेन्द्र मोरङका स्ववियु सदस्य अंकित पोखरेलको निधन

विराटनगर, १२ कात्तिक । विराटनगर स्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सदस्य अंकित पोखरेलको सवारी दुर्घटनामा परेर निधन भएको छ।बुधबार मध्यरात

प्रगति नदेखिएपछि मेची करिडोरको ठेक्का तोडियो

इलाम, १२ कात्तिक । मेची करिडोरअन्तर्गत इलामको बेलासे–गोलाखर्क भञ्ज्याङ सडक स्तरोन्नतिको ठेक्का सम्झौता रद्द गरिएको छ। निर्धारित समयभन्दा लामो समय बितिसक्दा पनि कामले गति लिन

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर