नेपालबाट यस वर्षको मनसुन बाहिरिन शुरू

झापा,२० असोज। नेपालबाट यस वर्षको मनसुन बाहिरिन शुरू गरेको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पश्चिमी भू–भाग र गण्डकी प्रदेशको पश्चिमी भू–भागको थोरै ठाउँबाट मनसुन बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

 

मनसुनी वायु कमजोर हुँदै गइरहेकाले नेपालको बाँकी भू–भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको महाशाखाले बताएको छ ।

 

नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ तारिख हो । तर यसपालि केही ढिला गरेर मनसुन बाहिरिन शुरू गरेको छ। मनसुन बाहिरिने समयमा अस्ति शुक्रवारदेखि आइतवार बिहानसम्म देशका धेरैजसो ठाउँमा वर्षा भएको थियो भने नेपालमा गएको जेठ १५ गते मनसुन भित्रिएको हो।

 

मनसुन भित्रिएको २३औं दिनमा असार ६ गते देशभर फैलिएको थियो । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ भए पनि यसपालि २ हप्ताअघि नै भित्रिएको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाँदरबाट बाली जोगाउन मझुवागढी नगरपालिकाद्वारा बजेट विनियोजन

काठमाडौं,१० असार । किसानले लगाएको वाली भित्राउने वेला बाँदरले खाएर हैरानी पारे पछि खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिकाले बाँदर धपाउनका लागि बजेट छुटाइएको

कार र मोटरसाइकल ठोक्किँदा वरिष्ठ सई यादवको मृत्यु

सुनसरी,१० असार । नेपाल प्रहरीका वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) लालुकुमार यादवको सुनसरीमा भएको सवारी दुर्घटनामा मृत्यु भएको छ भने उहाँकी पत्नी रामपरी यादव घाइते

खुलातर्फ केन्द्रीय सदस्यमा शिक्षामन्त्री पोखरेलको उम्मेदवारी

काठमाडौं,१० असार । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य (खुल्ला तर्फ) पदमा उम्मेदवारी दर्ता गर्नु भएको छ।चितवनमा आइतबारदेखि

उपाध्यक्ष पौडेल पक्राउ परेकोमा एमालेको आपत्ति

काठमाडौं,९ असार । नेकपा (एमाले)ले उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीप्रति घोर भत्र्सना गरेको छ। मंगलबार बसेको संसदीय दलको बैठकले उहाँको गिरफ्तारीको कडा शब्दमा निन्दा गर्दै अविलम्ब

बन्दसत्र सुरु, नेताहरूद्वारा उम्मेदवारी घोषणा

काठमाडौं,९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तेस्रो दिन आज महाधिवेशनको बन्दसत्र औपचारिक रूपमा अघि बढेसँगै नेताहरूले विभिन्न पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

एमालेलाई जनविश्वासको केन्द्र बनाइने महासचिव पोखरेलको दाबी

सुर्खेत,९ असार । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेले इतिहासका विभिन्न कठिन परिस्थितिहरूको सामना गर्दै पुनः उठ्न सफल भएको उल्लेख गर्दै आगामी दिनमा पनि