कोशी प्रदेश सरकारद्धारा राहत तथा उद्धार कार्य तीव्र

मोरङ,२० असोज । कोशी प्रदेश सरकारले अहिलेको बाढी–पहिरोले प्रभावित क्षेत्रमा आफ्नो स्रोत साधनलाई भ्याएसम्म परिचालन गर्दै राहत तथा उद्धार कार्य तीव्र बनाइ रहेको छ ।

 

कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना इलाममा रही राहत तथा उद्धारमा खटिनुभएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बताएको छ । यसैगरी प्रदेशका अन्य मन्त्रीसमेत आ–आफ्ना जिल्लाका प्रभावित क्षेत्रमा गएर प्रत्यक्ष रूपमा उद्धार तथा राहत कार्यमा सहभागी भएका कार्यालयले बताएको छ ।

 

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका सबै मन्त्री स्थलगत रूपमा रहेर राहत कार्यमा जुटिरहेको बताँउनु भयो । उहाँले भौतिक तथा पूर्वाधार मन्त्रालयमार्फत बाढी–पहिरोका कारण अवरुद्ध भएका सडक तथा साना बाटो खोल्नका लागि १४ वटा पूर्वाधार कार्यालयलाई तत्काल काम अघि बढाउन निर्देशन दिनुभएको बताँउनु भएको छ ।

 

मुख्यमन्त्री कार्कीले पालिकासँगको समन्वय र सहकार्यलाई अझ सुदृढ बनाई प्रदेश सरकार विपद् व्यवस्थापनमा पूर्णरूपमा सक्रिय रहेको स्पष्ट पार्नुभएको छ ।

यसैगरी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जिल्लास्तरीय सुरक्षा निकाय र प्रमुख जिल्ला अधिकारी मार्फत समन्वय र सहकार्य गरिरहेको तथा सबैतिर आवश्यक समन्वय गरी उद्धार कार्यमा सक्रियता देखाएको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री रेवतीरमण भण्डारी फिल्डमा नै रही नागरिकको सुरक्षाका लागि काम गरिरहेको मन्त्रालयले बताएको छ ।

 

मन्त्रालयले केही दिनअघि प्रदेशका सुरक्षा निकायलाई लाइफ ज्याकेट, बोतलगायतका २ करोड रुपैयाँ बराबरका विपद्–उद्धार सामग्री वितरण गरेका कारण उद्धार कार्य सहज भएको बताँएको छ । पहिरोमा परी इलाममा मात्रै पछिल्लो तथ्याङ्क अनुसार ३७ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

’नेपालका लागि संवैधानिक राजसंस्था अपरिहार्य छ’: मनिषा कोइराला

काठमाडौं,१६ साउन । अभिनेत्री मनिषा कोइरालाले नेपालको राष्ट्रियता, सार्वभौमिकता र स्थायित्वका लागि संवैधानिक राजसंस्था आवश्यक रहेको बताउनु भएको छ।शनिबार शाही युवा शक्ति, नेपालको आयोजनामा भएको

गृहमन्त्रीद्वारा जायज माग पूरा गर्ने आश्वासन, दोस्रो चरणको छलफल आजै

जनकपुर,१६ साउन । गृहमन्त्री सुदन गुरुङ र धनुषाका विभिन्न हिन्दूवादी संघ संस्थाहरुका प्रतिनिधिबीच पहिलो चरणको वार्ता सम्पन्न भएको छ ।शनिबार जनकपुरधाममा करीब ३ घण्टा वार्ता

दमकमा हजारभन्दा बढी ट्रामाडोल क्याप्सुल सहित तीन जना पक्राउ

दमक, १६ साउन । झापाको दमक नगरपालिका–५ स्थित आकाशे पुल नजिक सार्वजनिक सडक क्षेत्रमा लागुऔषध खरिद–बिक्री भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले छापा मार्दा तीन जनालाई

विश्वलाई चकित पार्ने साहसी नेपाली आरोही निर्मल पुर्जा ‘निम्सदाइ’ को निधन

काठमाडौँ,१६ साउन । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’को पाकिस्तानको ब्रड पिक हिमालमा गएको भीषण हिमपहिरोमा परी निधन भएको छ। उहाँ संस्थापक रहेको आरोहण कम्पनी

जन्मदिनको अवसरमा निःशुल्क स्वास्थ्य परीक्षण, ८२ जनाले लिए सेवा

दमक,१६ साउन । जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै झापाको दमकमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिएको छ। दमक–६ नगरपालिका रोडस्थित भट्टराई ओखती घर तथा क्लिनिककी सञ्चालिका

सम्भु राईको झापामा दुई दिन सांगीतिक प्रस्तुति रहने

दमक,१६ साउन । दृष्टिविहीन समुदायको आत्मनिर्भर भविष्य निर्माण र उनीहरूको शिक्षामा टेवा पु¥याउने उद्देश्यले आदिवासी जनजाति नेत्रहीन संघ झापाले राष्ट्रिय गायक शम्भु राईको विशेष प्रस्तुतिसहित