जेन–जी समूह र पुराना दलीय संगठनका कारण शान्तिपूर्ण, भयरहित र निष्पक्ष निर्वाचनको माहोल बनाउन समेत सरकारलाई सकस

काठमाण्डौं,२३ असोज। भदौ २३ र २४ गते भएको आन्दोलन, दमन तथा आगजनीका घटनालाई लिएर यतिखेर सरकार दबाबमा रहेको छ । आन्दोलनकारी पक्षधरले तत्कालीन शासकहरू केपी ओली, रमेश लेखकलगायतलाई पक्राउ गरी ज्यानमुद्दा चलाउन दबाब दिइरहेका छन् भने उता दलीय संगठनहरुले पनि ओली–लेखकलाई पक्राउ गरे ठीक नहुने भन्दै आन्दोलन भड्काउन र आगजनी गर्नमा संलग्न रहेको आरोपसहित बालेन र सुदन गुरुङलाई पक्रन माग गरि रहेका छन् । उक्त घटनाको जाँचबुझ गर्नका लागि गठित आयोगले समेत शंकास्पद भूमिका खेलि रहेको भन्दै आलोचना समेत शुरु भएको छ ।आयोगले फौजदारी कसुरमा संलग्नलाई नेपाल सरकारका संयन्त्रहरूबाट तत्काल अनुसन्धान र कारबाही गर्न आफ्नो प्रतिवेदन कुर्नु नपर्ने जनाएको छ । जबकि यसअघि गृह मन्त्रालयले असोज ९ गते विज्ञप्ति जारी गर्दै उक्त घटनाको अनुसन्धान आयोगबाट हुने भएकाले सरकारका संयन्त्रमार्फत कसैलाई पनि कारबाही नगर्न भनेको हो।

पुर्व प्रधानमन्त्री र गृहमन्त्रीलाई पक्रन सरकारले आदेश दिए पनि सुरक्षा निकायले स्थिति थप भड्कने भन्दै आयोगको अुसन्धानका आधारमा अघि बढ्नुपर्ने अड्डी लिएका छ् । तर पनि जेनजी आन्दोलनका मृतकका परिवारलाई अघि सारेर मंगलबार ओली र लेखकविरुद्ध किटानी जाहेरी प्रहरीमा बुझाइएको हो। यद्यपि उक्त जाहेरी आफ्नो कार्यादेशभित्र नपर्ने भन्दै जिल्ला प्रहरी परिसर काठमाडौँले जाँचबुझ आयोगमा पठाएको हो । उक्त उजुरी आयोगसमक्ष आइपुगेको र अध्ययन गरेर थप पक्रिया अघि बढाउने आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले बताँउनु भयो। आयोगलाई भौतिक एवं मानवीय क्षतिसँग सम्बन्धित सूचना वा निवेदन ग्रहण गरी विश्लेषण गर्ने र कारबाहीका सम्बन्धमा आवश्यक राय दिने कार्यादेश रहेको जनाएको छ ।

उता आफ्ना नेताविरुद्ध जाहेरी परेपछि नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह र हामी नेपालका एनजिओका संस्थापक एवं जेनजी अगुवा सुदन गुरुङविरुद्ध समेत प्रहरीमा मंगलबार नै किटानी जाहेरी दिएको हो । अनेरास्ववियुका पूर्वअध्यक्ष समिक बडालसहित अखिलको टोलीले उक्त जाहेरी दिँदै सिंहदरबार लगायत सरकारी संरचनामा तोडफोड, आगजनी र प्रहरीमाथि लुटपाट तथा हत्या गरेको आरोप लगाउँदै उल्लिखित दुवैजनालाई पक्रन माग गरिएको जनाएको छ ।

बुधबार बालेन र सुदन विरुद्ध युवराज पौडेल ‘सफल’ले पनि हुलाकमार्फत प्रहरीमा जाहेरी पठाएका छन् भने उनी आफै जाहेरी दिन पुगे पनि प्रहरीले लिन अस्वीकार गरेपछि हुलाक प्रयोग गरेका हुन् । सफलले पनि भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको विध्वंस मच्चाउन उनीहरूको प्रमुख भूमिका रहेको आरोप लगाएका छन्, जसमा बालेनले विध्वंसको योजना बनाई, डिजाइन गरी र सामाजिक सञ्जालबाट जेनजी समूहलाई उक्साएर वितण्डा मच्चाएको आरोप लगाएका छन् । यी सबै जाहेरीलाई प्रहरीले जाँचबुझ आयोगमा नै पठाउने जनाएको छ ।

जेनजीको अगुवा घोषित गरिरहेका सुदन गुरुङ र उनको समूहले प्रधानन्यायाधीश लगायतको राजीनामा माग गर्दै सरकारमाथि थप दबाब समेत बढाएको जनाएको छ । यस्तो बेला नेपाल बार एशोसिएसनले सर्वोच्च अदालत लगायतका सम्पूर्ण अदालतका काम, कारबाही अविलम्ब नियमित रुपमा सञ्चालन गर्न र अदालतको सुरक्षा गर्न माग गरेको जनाएको छ । बारले स्वतन्त्र न्यायपालिकालाई भय र त्रासमा राखी निर्देशित न्यायलय सञ्चालन गर्ने कुचेष्टाप्रति भत्र्सना गर्दै स्वतन्त्र, सक्षम र उत्तरदायी न्यायपालिकाको मान्यता राख्ने यस उपर हुने कुनै पनि जोरजुलुम, जबर्जस्ती, हमला एवं अवैधानिक गतिविधिको विरोध गर्ने बताएको छ ।

यसरी भदौ २३ र २४ गतेका घटनालाई लिएर समाज, प्रशासन, राजनीति र सुरक्षा निकाय विभाजित भइरहेका छन् । ती सबै हिंसात्मक एवं गैरकानूनी घटनाको निष्पक्ष छानबिन र दोषी पक्ष सबैलाई कारबाही गर्नका लागि उच्चस्तरीय आयोग गठन भएकै छ तर आयोगको अनुसन्धानका आधारमा कानुनी बाटो अपनाएर अघि बढ्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वसनीय कायम हुने विज्ञहरुको तर्क रहेको छ । अन्यथा प्रतिशोध र निषेधको बाटोमा जाने हो भने मुलुक अन्यौल, अनिश्चय र बहुपक्षीय द्वन्द्वमा फस्ने सम्भावनालाई बढाउँछ । शान्तिपूर्ण, भयरहित र निष्पक्ष निर्वाचनको माहोल बनाउन समेत सरकारलाई सकस पर्नसक्द छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

एमालेमा डिजिटल सदस्यता प्रणाली लागू, समयमै नवीकरण नगर्नेलाई जिम्मेवारीबाट स्वतः मुक्त गरिने

काठमाडौँ, २० वैशाख। नेकपा (एमाले) ले पार्टी सदस्यता व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने निर्णय गरेको छ। आज केन्द्रीय कार्यालयमा आयोजित सदस्यता सम्बन्धी डेमो

सरकारले ल्याएका ६ अध्यादेश , अब देश सुधार हुन्छ त?

सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेका आठमध्ये ६ वटा अध्यादेश जारी भएका छन्। शनिबार मात्रै राष्ट्रपति रामचन्द्र पौडेलले तीन अध्यादेश जारी गनर्’भएको ५ छ। शनिबार स्वास्थ्य विज्ञान

’सुकुम्बासीको छोरो’ भन्दै चुनाव जितेका सांसद खनालको घर नै ऐलानी जग्गामा

काठमाडौँ,२० वैशाख । सरसफाइ अभियन्ताहुँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेर उम्मेदवार बनेका कृष्णप्रसाद खनाल (केपी खनाल)ले २१ फागुनको निर्वाचनमा कैलाली– २ बाट चुनाव जित्नु

भर्ना शुल्कमा अनियमितताबारे स्थानीय सरकार र गृहमन्त्रालयसँग संवाद गर्दै शिक्षा मन्त्रालय

काठमाडौँ, २० वैशाख । सरकारले विद्यालय क्षेत्रको सुधारका लागि सङ्घ र स्थानीय तहबीचको समन्वयलाई प्रभावकारी बनाउने भएको छ । उक्त प्रयोजनका निम्ति शिक्षा, विज्ञान तथा

बालेन युगमा रामराज्य हुन्छ भन्नेहरु नै अहिले सरकारको पारा देखेर राम राम भन्न थालिसके : प्रभु साह

सिराहा, २० बैशाख । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वर्तमान सरकार र यसका नेतृत्वले विधि मासेर बल र संविधान छलेर सेनाको बलमा

स्वार्थपूर्तिका लागि होइन, कानुनी अड्चन फुकाउन अध्यादेश

काठमाडौँ,२० वैशाख । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले सरकारले जारी गरेको अध्यादेशबारे प्रष्टीकरण दिनु भएको छ। सरकारले ल्याएको अध्यादेशबारे विभिन्न टीकाटिप्पणी भएपछि