तुलसीलालले पार्टी निर्माणदेखि किसान आन्दोलनसम्म ऐतिहासिक भूमिका खेल्नुभयो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं,१७ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तुलसीलाल अमात्यको २९औँ स्मृति दिवसका अवसरमा उहाँको योगदानको स्मरण गर्दै सामाजिक न्याय, लोकतन्त्र र जनताको अधिकारका लागि संघर्ष गर्ने अग्रज योद्धाहरूप्रति सम्मान व्यक्त गर्नु भएको छ ।

कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले तुलसीलाल अमात्यले आफ्नो सम्पूर्ण जीवन विचार, सिद्धान्त र जनताको सेवामा समर्पित गरेको बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘सामाजिक न्याय, लोकतन्त्र र जनताको अधिकारका लागि संघर्ष गर्नुभएका सम्पूर्ण अग्रज योद्धाहरूप्रति सम्मान व्यक्त गर्दछु । तुलसीलाल अमात्यले आफ्नो सम्पूर्ण जीवन विचार, सिद्धान्त र जनताको सेवामा समर्पित गर्नुभयो । आज भन्दा आठ दशक अघिको त्यो समयमा नेपालमा एमए पास गर्ने सिमित व्यक्तिहरुमध्ये उहाँ एकजना हुनुहुन्थ्यो । त्यतिबेला उहाँसँग प्रतिष्ठित र सहज जीवन बिताउने प्रशस्त अवसरहरु थिए । तर उहाँले व्यक्तिगत सुविधा र सम्पन्नताको बाटो रोज्नु भएन । बरु किसान, मजदूर र उत्पिडत समुदायको हक र अधिकारका लागि संघर्षको कठिन र चुनौतिपूर्ण बाटो रोज्नुभयो ।’

उहाँले करिब आठ दशकअघि नेपालमा एमए उत्तीर्ण गर्ने सीमित व्यक्तिमध्ये अमात्य एक रहेको उल्लेख गर्दै त्यतिबेला उहाँसँग प्रतिष्ठित र सहज जीवन बिताउने पर्याप्त अवसर भए पनि व्यक्तिगत सुविधा र सम्पन्नताको बाटो नरोजेको बताउनु भयो ।

पूर्वराष्ट्रपति भण्डारीका अनुसार अमात्यले किसान, मजदुर र उत्पीडित समुदायको हकअधिकारका लागि संघर्षको कठिन र चुनौतीपूर्ण बाटो रोजेका थिए । नेपाल कम्युनिष्ट पार्टीको स्थापना कालदेखि नै नेतृत्वदायी भूमिकामा रहेका अमात्यले पार्टी निर्माण, किसान आन्दोलनको विस्तार, लोकतान्त्रिक अधिकारको रक्षा तथा शोषण र सामन्ती उत्पीडनविरुद्ध श्रमजीवी जनताको संघर्षलाई संगठित गर्न महत्वपूर्ण योगदान पुर्याएको उहाँले बताउनु भयो ।

विशेषगरी बारा, रौतहट र सर्लाहीमा अमात्यको नेतृत्वमा भएका ऐतिहासिक किसान आन्दोलनले किसानहरूमा अधिकारप्रतिको चेतना अभिवृद्धि गर्न र उनीहरूलाई संगठित गर्न महत्वपूर्ण भूमिका खेलेको भण्डारीको भनाइ थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हटाइयो सिरहाको गोलबजारमा कफ्र्यू

काठमार्डौं,१७ साउन। जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगरपालिका क्षेत्रमा जारी कफ्र्यू आदेश हटाएको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी सूचनाअनुसार गोलबजार नगरपालिका क्षेत्रमा

किसान नेता तुलसीलाल र भीमदत्तको विरासत अघि बढाऔँः ओली

काठमाडौं,१७ साउन । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कम्युनिष्ट आन्दोलन तथा किसान आन्दोलनका अग्रणी व्यक्तित्व तुलसीलाल अमात्य र अमर शहीद

गौरादहमै सुरु भयो आधुनिक डेन्टल इम्प्लान्ट सेवा

दमक, १७ साउन । स्वस्थ दाँत केवल मुस्कानको सुन्दरता होइन, स्वस्थ जीवनको आधार पनि हो। दाँतले हामीलाई सहज रूपमा खाना चपाउन, स्पष्ट बोल्न र आत्मविश्वासका

काठमाडौं उपत्यकामा एकै दिन १,१७७ सवारी कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार १ सय ७७ सवारी साधनलाई कारबाही गरेको छ। कार्यालयका

तुलसीलालले पार्टी निर्माणदेखि किसान आन्दोलनसम्म ऐतिहासिक भूमिका खेल्नुभयो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं,१७ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तुलसीलाल अमात्यको २९औँ स्मृति दिवसका अवसरमा उहाँको योगदानको स्मरण गर्दै सामाजिक न्याय, लोकतन्त्र र जनताको अधिकारका लागि संघर्ष गर्ने

इतिहास र अग्रजको सम्मान नयाँ पुस्ताले गर्नुपर्छ : माधव नेपाल

काठमाडौं,१७ साउन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधव नेपालले जननायक तुलसीलाल अमात्यको २९औँ स्मृति दिवसका अवसरमा जेनजी आन्दोलनका क्रममा महत्वपूर्ण ऐतिहासिक दस्तावेज, सरकारी भवन