सुनसरीमा वर्षाको कारण केरा खेतीमा क्षति, किसानद्धारा क्षतिपूर्तिको माग

सुनसरी,२४ असोज । गत शनिवार र आइतबार आएको अविरल वर्षाको कारण सुनसरीमा केरा खेती गरिरहेका किसानले ठुलो नोक्सानी ब्योहोर्नुपरेको हो ।

 

केरा खेतीका लागि उर्वर भूमि मानिएको कोशी र भोक्राहा नरसिंह गाउँपालिकामा बाढी तथा डुबानले धेरै बढी क्षति पु¥याएको छ।

 

जमिन भाडामा लिएर बैङ्कबाट ऋण काढेर गरिएको केरा खेती नष्ट भएपछि किसान चिन्तित भएका छन् । सुनसरीमा व्यवसायी रूपमा केरा खेती गर्दै आएका किसान प्रत्येक वर्ष प्राकृतिक विपद्का बेलामा ठूलो क्षतिको सामना गर्नुपर्ने बाध्यता रहिआएको छ।

यो वर्ष पनि शनिबार र आइतबार हावाहुण्डरीसगै आएको वर्षाले ठूलो नोक्सानी ब्योहोरेका किसानले क्षतिपूर्तिको माग गर्दै आएका छन्।
जिल्लामा बाढीका कारण केरा खेतीसहित कृषि क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलन भइरहेको कृषि ज्ञान केन्द्र सुनसरीले बताएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हटाइयो सिरहाको गोलबजारमा कफ्र्यू

काठमार्डौं,१७ साउन। जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगरपालिका क्षेत्रमा जारी कफ्र्यू आदेश हटाएको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी सूचनाअनुसार गोलबजार नगरपालिका क्षेत्रमा

किसान नेता तुलसीलाल र भीमदत्तको विरासत अघि बढाऔँः ओली

काठमाडौं,१७ साउन । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कम्युनिष्ट आन्दोलन तथा किसान आन्दोलनका अग्रणी व्यक्तित्व तुलसीलाल अमात्य र अमर शहीद

गौरादहमै सुरु भयो आधुनिक डेन्टल इम्प्लान्ट सेवा

दमक, १७ साउन । स्वस्थ दाँत केवल मुस्कानको सुन्दरता होइन, स्वस्थ जीवनको आधार पनि हो। दाँतले हामीलाई सहज रूपमा खाना चपाउन, स्पष्ट बोल्न र आत्मविश्वासका

काठमाडौं उपत्यकामा एकै दिन १,१७७ सवारी कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार १ सय ७७ सवारी साधनलाई कारबाही गरेको छ। कार्यालयका

तुलसीलालले पार्टी निर्माणदेखि किसान आन्दोलनसम्म ऐतिहासिक भूमिका खेल्नुभयो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं,१७ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तुलसीलाल अमात्यको २९औँ स्मृति दिवसका अवसरमा उहाँको योगदानको स्मरण गर्दै सामाजिक न्याय, लोकतन्त्र र जनताको अधिकारका लागि संघर्ष गर्ने

इतिहास र अग्रजको सम्मान नयाँ पुस्ताले गर्नुपर्छ : माधव नेपाल

काठमाडौं,१७ साउन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधव नेपालले जननायक तुलसीलाल अमात्यको २९औँ स्मृति दिवसका अवसरमा जेनजी आन्दोलनका क्रममा महत्वपूर्ण ऐतिहासिक दस्तावेज, सरकारी भवन