जेनेरिक औषधि सिफारिस गर्दा ठूला अक्षर प्रयोग गर्न चिकित्सकहरूलाई निर्देशन

अस्पतालमा दैनिक हजारौं बिरामी आउने हुँदा, यो निर्णयले स्वास्थ्य सेवा प्रणालीलाई सहज बनाउने

काठमाडौँ,२४ असोज । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) ले आफ्ना चिकित्सकहरूलाई बिरामीलाई ‘जेनेरिक’ औषधि अनिवार्य रूपमा ठुला (क्यापिटल) अक्षरमा लेखेर सिफारिस गर्न निर्देशन दिएको जनाएको छ ।

 

अस्पतालमा औषधि सिफारिस गर्दा अब डाक्टरहरूले क्यापिटल लेटर वा ठुला अक्षरमा लेख्नुपर्ने भएको हो । यो निर्णय डाक्टरहरूले हतारमा लेख्दा औषधिको नाम बुझ्न गाह्रो हुने, बिरामीको स्वास्थ्यमा जोखिम आउने र फार्मेसीलाई पनि औषधि चिन्ने समस्या हुने भएकाले यस्तो निर्देशन दिएको अस्पतालका सूचना अधिकारी कालीप्रसाद रायले बताउनु भयो ।

यसले गर्दा डाक्टरहरूलाई औषधि लेख्न अलि बढी समय लाग्ने भए पनि, बिरामीले सही औषधि पाउने र समग्रमा स्वास्थ्य सेवा प्रणालीमा सहजता आउने उहाँको भनाइ छ ।

अस्पतालमा कार्यरत सम्पूर्ण चिकित्सक शिक्षकहरूलाई नेपाल सरकार तथा डीन कार्यालयबाट निर्देशित नियम अनुसार बिरामीलाई औषधि सिफारिस गर्दा ‘जेनेरिक’ नाम ठुला अक्षरमा लेख्न निर्देशन दिएको उहाँले बताउनु भयो ।

‘टिचिङ अस्पतालमा ठुलो संख्यामा बिरामी उपचारका लागि आउने भएकाले डाक्टरहरू कामको प्रेसर हुन्छन्, ।’ उहाँले भन्नु भयो, ‘कहिलेकाहीँ हतारमा औषधि प्रेकिप्सन गर्दा फामेर्सीवालालाई औषधिको नाम बुझ्न समय लाग्न सक्छ त्यसैले क्यापिटल लेटर लेखन भनिएको हो ।’

टिचिङ अस्पतालमा दैनिक ओपिडीमा दैनिक २५०० देखि ३००० बिरामी आउँने गर्द छन् । आकस्मिक (इमरजेन्सी) कक्षमा दैनिक १५५ देखि १६० जना बिरामी उपचारका लागि आउने र्गछन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हटाइयो सिरहाको गोलबजारमा कफ्र्यू

काठमार्डौं,१७ साउन। जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगरपालिका क्षेत्रमा जारी कफ्र्यू आदेश हटाएको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी सूचनाअनुसार गोलबजार नगरपालिका क्षेत्रमा

किसान नेता तुलसीलाल र भीमदत्तको विरासत अघि बढाऔँः ओली

काठमाडौं,१७ साउन । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कम्युनिष्ट आन्दोलन तथा किसान आन्दोलनका अग्रणी व्यक्तित्व तुलसीलाल अमात्य र अमर शहीद

गौरादहमै सुरु भयो आधुनिक डेन्टल इम्प्लान्ट सेवा

दमक, १७ साउन । स्वस्थ दाँत केवल मुस्कानको सुन्दरता होइन, स्वस्थ जीवनको आधार पनि हो। दाँतले हामीलाई सहज रूपमा खाना चपाउन, स्पष्ट बोल्न र आत्मविश्वासका

काठमाडौं उपत्यकामा एकै दिन १,१७७ सवारी कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार १ सय ७७ सवारी साधनलाई कारबाही गरेको छ। कार्यालयका

तुलसीलालले पार्टी निर्माणदेखि किसान आन्दोलनसम्म ऐतिहासिक भूमिका खेल्नुभयो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं,१७ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तुलसीलाल अमात्यको २९औँ स्मृति दिवसका अवसरमा उहाँको योगदानको स्मरण गर्दै सामाजिक न्याय, लोकतन्त्र र जनताको अधिकारका लागि संघर्ष गर्ने

इतिहास र अग्रजको सम्मान नयाँ पुस्ताले गर्नुपर्छ : माधव नेपाल

काठमाडौं,१७ साउन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधव नेपालले जननायक तुलसीलाल अमात्यको २९औँ स्मृति दिवसका अवसरमा जेनजी आन्दोलनका क्रममा महत्वपूर्ण ऐतिहासिक दस्तावेज, सरकारी भवन