हाम्रो फाउन्डेसनद्वारा वडा कार्यालयलाई आवश्यक सामग्री हस्तान्तरण

पथरी, २६ असोज / हाम्रो फाउण्डेशन परिवार, पथरी शनिश्चरेले मोरङको पथरी शनिश्चरे वडा नं १ को वडा कार्यालय सञ्चालनका लागि आवश्यक फर्निचर सहयोग उपलब्ध गराएको छ ।

 

“शिक्षा र परोपकार , हाम्रो सरोकार“ भन्ने मूल नाराका साथ फाउण्डेसनले वडा कार्यालयलाई कार्यालय सञ्चालन सहज बनाउने उद्देश्यले १ थान अफिस दराज, ३ थान अफिस टेबल, २८ स्थान प्लास्टिक कुर्सी,३ थान आधुनिक कुर्सी, ४ थान थ्री सिटर चेयर, दुई थान वाल फेन, एक थान स्टेन ह्याङ्गरलगायतका सामानहरु वितरण गरिएको हो । प्रमुख अतिथि विदुषी हेमानन्द गिरीले सामग्री हस्तान्तरण गर्दै जेन्जी नामको आँधीहुरी (आन्दोलन) ले वडालाई पनि तहसनहस बनाएको अवस्थामा देश विदेशमा रहनुहुने दानवीर नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले हाम्रो फाउन्डेसनको नामबाट सहयोग उपलब्ध गराउनु भएकोमा आभार व्यक्त गर्नुभयो ।

 

 

हाम्रो फाउन्डेसनका संयोजक प्रदिपकुमार राईले गत भदौ २३/२४ गते एक किसिमको आँधिबेहरी आएर नेपालका सबै राष्ट्रिय भौतिक तथा प्रशासनिक संरचनाहरू ध्वस्त भएको परिवेशमा वडा कार्यालय लगायतका संरचनाहरू पनि तोडफोड तथा आगजनी भएकाले हाम्रो फाउन्डेसनले सहयोग गर्नु आवश्यक लागेर सहयोग गरिएको प्रसंग अघि सार्नुभयो । उहाँले दशैं र तिहारमा गरिने खर्चलाई कटौती गरेर देशविदेशमा रहनुहुने दाजुभाई दिदीबहिनीहरुले वडा कार्यालयलाई आवश्यक पर्ने फर्निचर लगायतका सामग्रीहरु प्रदान गरिएको जानकारी दिनुभयो ।

 

 

यस्तो विध्वंशकारी घटनाहरू पुनः यो पुस्ता वा आगामी पुस्ताले भोग्नु नपरोस् भन्दै आज जसरी विभिन्न संघ–संस्था, व्यक्तित्व र सामाजिक व्यक्तित्वहरूले सहयोग गरिरहनु भएकोप्रति धन्यवाद व्यक्त गर्नुभयो । त्यसैगरी आगामी दिनहरुमा पनि उर्जाका साथ सहयोग गरिदिनुहुन अनुरोध गर्दै वडाका जनप्रतिनिधिहरुले जनमुखी कार्यहरू गर्न आफूहरू प्रतिबद्ध रहेको प्रतिबद्धता जाहेर गर्नुभएको थियो ।

 

 

सो कार्यालयबाट नगद २ लाखभन्दा बढी रकम सहित अति नै आवश्यक फर्निचर, टेबल, कागजात,ल्यापटप, प्रिन्टर, लगायतका थुप्रै सामग्रीहरु नष्ट भएको थियो ।

 

सो अवसरमा पथरी शनिश्चरे नगरपालिकाका पूर्व नगर प्रमुख दिलीपकुमार राई, कार्यपालिका सदस्य वीरध्वज शिवा, वडाध्यक्ष भीमकुमार राई, वडा सदस्यहरु सुरेश कार्की, बसुन्धरा गुरुङ, आरती विक, आदिवासी जनजाति पत्रकार महासंघ फोनिजका केन्द्रीय उपाध्यक्ष अर्जुन जम्नेली ,पथरी शनिश्चरे नगरपालिकाका शान्ति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कुलमणि गुरुङ, वडा सचिव मित्रकला चापागाईं, पथरी ११ फुटबल क्लबका अध्यक्ष सुमन विक लगायत विभिन्न संघ–संस्था तथा सामाजिक व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हटाइयो सिरहाको गोलबजारमा कफ्र्यू

काठमार्डौं,१७ साउन। जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगरपालिका क्षेत्रमा जारी कफ्र्यू आदेश हटाएको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी सूचनाअनुसार गोलबजार नगरपालिका क्षेत्रमा

किसान नेता तुलसीलाल र भीमदत्तको विरासत अघि बढाऔँः ओली

काठमाडौं,१७ साउन । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कम्युनिष्ट आन्दोलन तथा किसान आन्दोलनका अग्रणी व्यक्तित्व तुलसीलाल अमात्य र अमर शहीद

गौरादहमै सुरु भयो आधुनिक डेन्टल इम्प्लान्ट सेवा

दमक, १७ साउन । स्वस्थ दाँत केवल मुस्कानको सुन्दरता होइन, स्वस्थ जीवनको आधार पनि हो। दाँतले हामीलाई सहज रूपमा खाना चपाउन, स्पष्ट बोल्न र आत्मविश्वासका

काठमाडौं उपत्यकामा एकै दिन १,१७७ सवारी कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार १ सय ७७ सवारी साधनलाई कारबाही गरेको छ। कार्यालयका

तुलसीलालले पार्टी निर्माणदेखि किसान आन्दोलनसम्म ऐतिहासिक भूमिका खेल्नुभयो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं,१७ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तुलसीलाल अमात्यको २९औँ स्मृति दिवसका अवसरमा उहाँको योगदानको स्मरण गर्दै सामाजिक न्याय, लोकतन्त्र र जनताको अधिकारका लागि संघर्ष गर्ने

इतिहास र अग्रजको सम्मान नयाँ पुस्ताले गर्नुपर्छ : माधव नेपाल

काठमाडौं,१७ साउन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधव नेपालले जननायक तुलसीलाल अमात्यको २९औँ स्मृति दिवसका अवसरमा जेनजी आन्दोलनका क्रममा महत्वपूर्ण ऐतिहासिक दस्तावेज, सरकारी भवन