स्वास्थ्य बिमा बोर्डद्धारा नयाँ नियम लागु

कडा रोगका बिरामीलाई फलोअपमा पुनः रेफर आवश्यक नपर्ने व्यवस्था

काठमाडौँ,२९ असोज । स्वास्थ्य बिमा बोर्डले कडा खालका रोगका लागि प्रथम सेवा विन्दुबाट एक पटक प्रेषण भई सोही अस्पतालमा ‘फलोअप’ गराउँदा पुनः प्रेषण (रिफर) आवश्यक नपर्ने बताएको छ ।

 

बोर्डले बीमित व्यक्ति प्रथम सेवा विन्दुको सेवा अपुग भई रिफरल केन्द्रमा जाँदा विभिन्न समस्या पर्ने भएकाले पुनः रिफर गर्नु नपर्ने व्यवस्था गरेको छ। बोर्डका उपसचिव पुण्यमाया गुरागाईँले एक पटक प्रथम सेवा विन्दुबाट रिफर गरिसकेको बिरामीलाई पुनः रिफर आवश्यक नभएको बताउनु भयो । उहाँका अनुसार बोर्डअन्तर्गतका सबै सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई पत्राचार गरी सो विषयमा जानकारी गराइसकिएको छ ।

 

बोर्डले क्यान्सर, मुटु, मिर्गौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल, एनिमिया, पार्किन्सन, अल्जाइमर जस्ता कडा रोग लागेका बिरामीलाई एक पटक रिफर गरिसकेको अवस्थामा सोही अस्पतालमा उपचार गर्न जाँदा पुनः रिफर आवश्यक नपर्ने बताएको छ ।

 

त्यसैगरी अति गरिबीको परिचयपत्र प्राप्त परिवार, अति अशक्त, अपागङ्ता, कुष्ठरोगी, एचआइभी सङ्क्रमित, जटिल खालका क्षयरोग र ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकको हकमा पनि एक पटक रिफर भई सोही अस्पतालमा फलोअप गराउँदा पुनः रिफर आवश्यक नपर्ने निर्णय गरिएको उपसचिव गुरागाईँले बताँउनु भयो।

आँखा स्वास्थ्यसम्बन्धीको जटिल समस्या, गर्भवती तथा सुत्केरी, दम, कडा किसिमका मानसिक रोग हकमा पनि रिफर आवश्यक नपर्ने बताइएको छ । देशभरि बोर्डमा प्रथम सेवा विन्दु ३७७ वटा स्वास्थ्य संस्था र रिफरल स्वास्थ्य संस्था ९८ वटा रहेका छन् । बोर्डले सङ्घीय अस्पताल, विशेषज्ञ अस्पताल, विशिष्टीकृत अस्पताल र प्रतिष्ठानलाई प्रेषण केन्द्रका रूपमा राखेको छ भने बोर्डमा हाल ९४ लाख बीमित आबद्ध रहेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

काठमाडौंमा अतिक्रमित ३०२ रोपनी जग्गा ३१ वर्षपछि सरकारको नाममा

काठमाडौं ,१३ कार्तीक। सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा काठमाडौं महानगरपालिकाका सातवटा वडामा रहेको ३०२

नावा खोलामा बस फस्दा तमोर करिडोर ठप्प, ३० यात्रुको जीवित उद्धार

पाँचथर ,१३ कार्तीक । अविरल वर्षाका कारण आएको बाढीले तमोर करिडोर अन्तर्गत पाँचथर र धनकुटाको सीमावर्ती नावा खोलामा यात्रुबाहक बस फसेको छ।ताप्लेजुङबाट काठमाडौंतर्फ जाँदै गरेको

इलाममा मेडिकल कलेज माग्दै डा. केसीको २५औँ सत्याग्रह दोस्रो दिन पनि जारी

इलाम,१३ कार्तीक । पूर्वी पहाडी जिल्ला इलाममा सरकारी मेडिकल कलेज स्थापना गर्नुपर्ने लगायत चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधारको माग राख्दै डा. गोविन्द केसीले सुरु

बाढी प्रभावित करिडोरमा प्रहरी चौकी पुनःस्थापना र बेपत्ताको खोजी तीव्र

काठमाडौं ,१३ कार्तीक। भोटेकोशी तथा कालीगण्डकी करिडोर क्षेत्रमा गएको बाढीबाट प्रभावित स्थानमा नेपाल प्रहरीले प्रहरी चौकी पुनःस्थापना तथा बेपत्ता व्यक्तिहरूको खोजी कार्यलाई निरन्तरता दिएको छ

‘मिसेस नेपाल वर्ल्ड’ का लागि ‘मिसेस वर्ल्ड’ नेपालमा

काठमाडौं ,१३ कार्तीक। ‘मिसेस वर्ल्ड’ चनिता श्रीदाकेत क्रेथोर्न ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को ग्रान्ड फिनालेमा सहभागी हुन नेपाल आइपुग्नु भएको छ । नेपालमा पहिलोपटक आँउनु

दक्षिणपूर्वी एसियाबाट ८६० नेपालीको उद्धार, साउदीमा १ को मृत्यु : परराष्ट्र

काठमाडौं ,१३ कार्तीक। परराष्ट्र मन्त्रालयले दक्षिणपूर्वी एसियामा सञ्चालित अनलाइन ठगीका केन्द्रमा फसेका नेपालीको उद्धारका लागि सम्बन्धित मुलुकका सरकारी निकायसँग निरन्तर समन्वय र कूटनीतिक पहल भइरहेको

कञ्चनपुर–राजाबासमा नयाँ पुल निर्माण हुने

सप्तरी,१३ कार्तीक । सप्तरी र सुनसरी जिल्ला जोडिएको ऐतिहासिक कोशी ब्यारेज पुलको विकल्पका रूपमा सप्तरीको कञ्चनपुरदेखि सुनसरीको राजाबास सम्म तीन किलोमिटर लामो नयाँ पुल निर्माण