दमक तरकारी बजारका तरकारीमा बिषादीको मात्रा न्यून, उपभोग गर्न मिल्ने

दमक , असोज २९ । दमक नगरपालकिाले तरकारी उपभोक्तालाई सुरक्षीत, वीषादीमुक्त तथा स्वास्थ्यकर तरकारी उपलब्ध गराउने उद्देश्यले तरकारी बजारमा ल्याइएका तरकारीहरूको वीषादी अवशेष परीक्षण गरेको छ। नगरपालकिाले बुधबार बिहान दमक तरकारी बजारबाट संकलन गरिएका वभिन्नि तरकारीको नमुनालाई प्रदेशस्तरीय प्रयोगशालामा परीक्षण गराएको थियो। परीक्षणको नतिजा अनुसार सबै तरकारीका नमुना स्वीकृत मापदण्डभीत्र सुरक्षति रहेको पाइएको छ। नगरपालिकामा पत्रकार सम्मेलन गरि नगरपालिकाले बजारमा आएका तरकारी उपभोग्य रहेको जनाएको छ ।

 

नगरको नयाँ तरकारी बजारमा तरकारीमा ईलाम पााँचथर, झापा, सुनसरी लगायतबाट आएका तरकारी संकलन गरि परिक्षण गरिएको हो । बजारमा आएका बिभिन्न ७ थरिका तरकारी— गोलभेंडा, रायोे साग, काउली, बन्दा,चुच्चेकरेला, काक्रो, करेलाको वषिादी परीक्षण गरएिको हो। तरकारी संकलनपछी विषादी परीक्षणका लागी नमुनाहरू वीषादी अवशेष वश्लिेषण प्रयोगशाला, एकाई बिर्तामोड, पठाइएको थियो । प्रयोगशालाबाट प्राप्त परीक्षण नतिजामा सबै तरकारी नमुनामा विषादीको मात्रा न्यून मात्रामा रहेको र समग्रमा उपभोग्य रहेको नगरपालिकाले जनाएको छ ।

दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईले उपभोक्ताको स्वस्थ्यसंग प्रत्यक्ष रुपमा जोडिएको तरकारीको परिक्षणमा नगरपालिकाले मासिक रुपमा नियमित परिक्षण गरिदै आएको जानकारी दिनुभयो । बिभिन्न स्थानबाट आएका तरकारीहरु उपभोग्य रहेका नरहेको भननि परिक्षण गर्दा अहिले बजारमा उपभाग्य तरकारी हरु नै आयत हुने गरेको उहाँले जानकारी दिनुभयो ।

 

दमक नगरपालिका कृषि तथा पशुपंक्षी बिकास शाखाकी प्रमुख चनद्रकला भट्टराईले दमकका तरकारी बजारमा नेपालका बिभिन्न संकलन हुदेै आउने तरकरी गरिने जानकारी दिनुभयो । उहाँले बुधबार गरिएको परिक्षणमा बिषादीको मात्रा मापदण्डभन्दा न्यून मात्रामा रहेकोले उपभोग गर्न मिल्ने रहेको जानकारी दिनुभयो ।

 

दमक नगरपालिकाले उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै तरकारी बजारमा कडाइका साथ निगरानी, परीक्षण र अनुगमनलाई प्राथमिकता दएिको छ। विषादी अवशेष परीक्षणले बजारमा पाइने तरकारी सुरक्षति रहेको पुष्टी गरेको छ। नगरपालिकाको यस प्रकारको पहलले उपभोक्तालाई गुणस्तरीय तरकारी उपभोगमा सहयेग पुग्ने बिश्वास नगरपालिकाले लिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कागती खेती गर्ने किसान पलायन हुँदै

  पथरीशनिश्चरे, १२ कार्तिक | विगत ७ वर्षदेखि मोरङको पथरी शनिश्चरे वडा नं २ कालापानीमा सुरेन्द्र दाहालले व्यवसायिक रुपमा कागती खेती गर्दै आउनु भएको छ

नागरिकको सुरक्षार्थ भन्दै झापामा एमालेले बनायो २ सय जनाको यूथ फोर्स

दमक, १२ कार्तिक । जेन जि आन्दोलन पछिको परिस्थिति असामान्य बन्दै गएको र नागरिकमा डर र त्रास बढिरहेको नेकपा एमालेका केन्द्रिय सदस्य गोभिन्द थापाले बताउनु

दमकमा दुर्घटनाका कारण एकजनाको मृत्यू २१ जना घाईते

दमक, १२ कार्तिक । दमक नगरपालिका–२ पाङ्गिनी चोक नजिकको भित्री सडक खण्डमा आज राती करिबे बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते

नौमती बाजामा फरक देउसी भैलो

‘अहिले देखिन छोडेको नौमती बाजा । त्यसमा देउसी खेल्नु औधी औधी राम्रो लाग्यो । यसैगरी अझै अघि बढ्नु पर्छ ।’

एसियन हाईवेमा जोखीम मोल्दै यात्रु, पाइलेपिच्छे दुर्घटनाको भय

दमक,११ कार्तिक । एसियन हाइवे , नाम नै गौरवको, तर यात्रुका लागि दुःखको पर्याय बनेको छ । लाखौँको सपना जोड्ने यो सडक अहिले आफैं यात्रुका