असुरक्षीत बनदै बालकिाहरु

स्कूलबाट घर फर्कएिकी १२ वर्षयि बालकिा लेटाङको जंगलमा मृत भेटइिन्

 

विराटनगर । स्कूलबाट घर फर्किएकी एक जना बालिका मोरङको लेटाङको जंगलमा मृत फेला परेकी छिन् ।

लेटाङ नगरपालिका – ८ ज्यामिरे टोलकी १२ वर्षिय करुण राईको शव आज बिहान मृत लालहीरा सामुदायिक वनभित्र फेला परेको हो ।

उनी फागुन ११ स्कूल छुटी भएर घर फर्किने क्रममा हराएकी थिइन् । ज्यामिरे टोलदेखि करुण अध्ययन गर्ने स्कूल जाते उच्च मावि पुग्न एक घण्टा पैदल हिडेर जानु पर्दछ । ज्यामिरे मोरङको उत्तरी बिगट पहाडी क्षेत्रमा पर्दछ । करुण कक्षा ६ मा अध्ययरत छिन् ।

प्रहरीले यस घटनामा तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मन्जिल मुकारूङले जानकारी दिए । ‘अनुसन्धानको लागि केही व्यक्तिलाई नियन्त्रणमा लिएका छौं,’ उनले भने, ‘घटनाको सोधपुछ र अनुसन्धान भइरहेको छ ।’

मृतकको शव नाङ्गो अवस्थामा भेटिएको छ । प्रहरीले उत्खनन गरेर उनको शव पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउन लागेको छ । खोजी गर्ने क्रममा शव गाडेर माथिबाट ढुङ्गाले छोपेको अवस्थामा शव भेटिएको हो ।

इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक रोमन अर्याल नेतृत्वको टोलीले उत्खनन गर्दा शव भेटिएको हो । प्रहरीका अनुसार बालिकाको शरीरका विभिन्न भागमा चोट छ । अहिले पनि लेटाङ प्रहरीले घटनास्थलमै रहेर अनुसन्धान गरिरहेको छ ।

बलात्कारपछि हत्या गरेर उनको शव गाडिएको हुनसक्ने प्रहरीको आशङ्का छ । प्रहरीले खाल्डोबाट बालिकाको शव उत्खनन गरेर बाहिर निकाल्दा घटनास्थल तनावपूर्ण बनेको थियो । करिब पाँच सयको सङ्ख्यामा भेला भएका स्थानीयले नाराबाजी र प्रदर्शन गरेर घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

ओडिसामा व्यापक असर ,७५ किलोमिटर प्रतिघण्टाको गतिमा हावाहुरी

काठमाडौँ,८ असोज। भारतको आन्ध्र प्रदेशस्थित श्रीकाकुलम जिल्लाको कलिंगपट्टनम नजिकै ‘अर्नब’ चक्रवात तटमा ठोक्किएको छ। मौसम विभागका अनुसार यो प्रणाली पछिल्लो ६ घण्टामा ३ किलोमिटर प्रतिघण्टाको

देशभर बाढीको जोखिम बढ्यो , प्रमुख नदीमा जलसतह बढ्ने पूर्वानुमान

काठमाडौं,८ असोज । लगातारको वर्षासँगै देशभरका प्रमुख नदीमा जलसतह बढ्ने पूर्वानुमान गरिएको छ। बाढी पूर्वानुमान महाशाखाले आगामी पाँच दिन कोशी, नारायणी, कर्णाली, महाकालीसहितका प्रमुख नदी

गति निकै कम भइसकेकाले ठूलो दुर्घटना हुन पाएन

डोल्पा,८ असोज । डोल्पाको जुफाल विमानस्थलमा सीता एयरको जहाज अवतरण गरेर पार्किङतर्फ जाने क्रममा पछाडिको दाहिने भागको एउटा चक्का छुट्टिएको छ। बिहीबार बिहान नेपालगन्जबाट ७

हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई सिधा उडान पुनः सुरु गर्ने

काठमाडौं,८ असोज । हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई सिधा उडान सेवा पुनः सञ्चालन गर्ने भएको छ । एयरलाइन्सले आगामी सेप्टेम्बर २८ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको साङ्घाई

स्वाट्टै हान्छु’ भन्ने अभिव्यक्तिको आशयबारे छानबिन हुनुपर्छ : संग्रौला

काठमाडौँ ,८ असोज। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले भन्सार अधिकृतले सशस्त्र प्रहरीका अधिकारीलाई धम्कीपूर्ण भाषा प्रयोग गरेको भनिएको अडियो प्रकरणको तत्काल निष्पक्ष छानबिन गर्न

राष्ट्र बैंकले २० अर्ब निक्षेप संकलन गर्ने

काठमाडौं ,८ असोज। बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले आज निक्षेप