राष्ट्र बैंकले २० अर्ब निक्षेप संकलन गर्ने

काठमाडौं ,८ असोज। बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले आज निक्षेप संकलन उपकरणमार्फत बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ खिच्न लागेको हो । राष्ट्र बैंकले ब्याजदरमा बोलकबोलमार्फत निक्षेप संकलन गर्ने जनाएको छ ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्रै सहभागी हुन पाउनेछन् । इच्छुक बैंक तथा वित्तीय संस्थाले बिहीबार अपराह्न ३ बजेसम्म राष्ट्र बैंकको अनलाइन बिडिङ सिस्टममार्फत बोलकबोल गर्नुपर्नेछ ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम आह्वान गरिएको २० अर्ब रुपैयाँसम्म बोलकबोल गर्न सक्नेछन् । बोलकबोल रकम १० करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी हुनुपर्नेछ । राष्ट्र बैंकका अनुसार यो निक्षेप संकलन उपकरणको अवधि ३२ दिनको हुनेछ ।

संकलित साँवा तथा ब्याज कात्तिक ९ गते भुक्तानी गरिनेछ । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम बढ्दै गएपछि राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई सिधा उडान पुनः सुरु गर्ने

काठमाडौं,८ असोज । हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई सिधा उडान सेवा पुनः सञ्चालन गर्ने भएको छ । एयरलाइन्सले आगामी सेप्टेम्बर २८ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको साङ्घाई

स्वाट्टै हान्छु’ भन्ने अभिव्यक्तिको आशयबारे छानबिन हुनुपर्छ : संग्रौला

काठमाडौँ ,८ असोज। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले भन्सार अधिकृतले सशस्त्र प्रहरीका अधिकारीलाई धम्कीपूर्ण भाषा प्रयोग गरेको भनिएको अडियो प्रकरणको तत्काल निष्पक्ष छानबिन गर्न

राष्ट्र बैंकले २० अर्ब निक्षेप संकलन गर्ने

काठमाडौं ,८ असोज। बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले आज निक्षेप

पाकिस्तानद्वारा अफगानिस्तानमा फेरि हवाई आक्रमण

काठमाडौं ,८ असोज। पाकिस्तानले अफगानिस्तानका विभिन्न १० स्थानमा ड्रोन र हवाई आक्रमण गरेको दाबी गरेको छ । इस्लामाबादले यसलाई अफगानिस्तानबाट आएको भनिएको ड्रोन आक्रमणको प्रयासको

महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी नदिने शेरबहादुर भट्टराईको घोषणा, भने–‘अब नयाँ पुस्तालाई ठाउँ दिनुपर्छ’

कांग्रेसका युवा नेताकार्यकर्तालाई नेतृत्वमा आउन, सिक्न र सिकाउन आग्रह

विभिन्न जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाडौं,७८ असोज। नेपाल बाढी सूचनाका अनुसार आज देशका विभिन्न जिल्लाका स–साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको छ । नेपाल बाढी सूचनाले