दमकमा भएको मोटरसाइकल दुर्घटनाका घाइते चालकको मृत्यु

दमक, १० कात्तिक । झापाको दमकमा भएको मोटरसाइकल दुर्घटनाका घाइते चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कात्तिक ५ गते विहानको राति २ः४५ बजे दमक –४ वन्डरल्याण्ड होटलअगाडी पूर्वपश्चिम लोकमार्गमा उर्लाबारीबाट दमकतर्फ आउँदै मे ९ प ३०७९ नम्बरको पल्सर मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक पाँचथर कुम्मायक –२ स्थायी ठेगाना भई हाल मोरङ उर्लाबारी –५ बस्ने ३१ वर्षीय भेषराज बि.क. र सोही मोटरसाइकलमा पछाडी सवार दमक –४ बस्ने ३६ वर्षीय जीवनकुमार बि.क. घाइते भएको हो।

दुवै घाइतेलाई अरनिको अस्पताल उर्लाबारीमा लगी सामान्य उपचारपश्चात् चालक भेषराजलाई थप उपचारको लागि न्युरो अस्पताल बिराटनगरमा लगिएको थियो । उनको उपचारको क्रममा हिजो दिउँसो १२.५२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको शव सोही अस्पतालमा रहेको छ । पछाडी सवार जीवनकुमार डिस्चार्ज भई घरमा रहेको प्रहरीले बताएको छ ।

 

एआइ तस्बीर

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हराएको बुद्ध मूर्ति आफ्नै आसनमा फिर्ता

काठमाडौँ,१९ वैशाख । हराएको दशकौँ पछि, अन्ततः भगवान बुद्धको एउटा प्राचीन मूर्ति आफ्नै थातथलोमा फर्किएको छ। काठमाडौँ महानगरपालिका–२३, ओम बहालस्थित न्छुे बहा (बज्रधातु विहार) बाट

सल्यानमा प्रहरी कार्यालयकै जग खन्दा भेटियो ८६ वटा बम

सुर्खेत ,१९ वैशाख। सल्यानमा नयाँ भवनका लागि जग खन्ने क्रममा ठूलो परिमाणमा द्वन्द्वकालीन बम र विस्फोटक पदार्थ फेला परेको छ। शारदा नगरपालिका–३ स्थित जिल्ला प्रहरी

नेकपाले सार्वजनिक गर्यो महाधिवेशनको कार्यतालिका

काठमाडौँ,१९ वैशाख । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ को अध्यक्षतामा हालै सम्पन्न

विष्णुमती किनारमा डोजर रोकियो किन?

काठमाडौं,१९ वैशाख । काठमाडौंको विष्णुमती नदी किनारमा अनधिकृत संरचना हटाउन पुगेको महानगरको डोजर आज विहान रोकिएको छ। नयाँ बसपार्क नजिकैको क्षेत्रमा डोजरले काम सुरु गर्न

आर्थिक साझेदारी सुदृढ बनाउनेबारे अमेरिकी दूत र रास्वपा सभापति बीच छलफल

काठमाडौं,१९ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरले रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता गर्नु भएको छ । उहाँहरूबीच