अध्यात्म र साहित्यबाट जीवन खोज्दै वैरागी

अनुशीलन

लेखनको शक्ति संसारको सबैभन्दा ठूलो शक्ति मानिन्छ । यही महत्वपूर्ण तथ्यलाई आत्मसाथ गर्दै कतिपय देशमा साहित्यको खोज र अनुसन्धानको पाटोको योगदानमा मानार्थ विद्यावारिधी प्रदान हुने गरेको छ ।

 

यसै सन्दर्भमा मोरङको सुन्दरहरैंचा ९ विराटचोकका साहित्यकार छवि वैरागी घिमिरेले अन्य केही नेपाली तथा विभिन्न देशका लेखकसहित केडारब्रुक विश्वविद्यालय अमेरिकाबाट २०८१ मा मानार्थ विद्यावारिधि तथा स्वर्ण पदक प्राप्त गर्नुभयो ।

 

उहाँ भोजपुरको लेखर्क काभ्रेमा कृष्णप्रसाद र मायादेवीका सन्तानका रुपमा जन्मलिइ शास्त्रीय छन्द कविता, बहरबद्ध गजलसंगसंगै आख्यान विधामा कलम चलाउँदै साहित्य सेवामै समर्पित हुनुहुन्छ ।

 

२०६३ सालमा सबैभन्दा पहिलो कृतिका रुपमा उपन्यास ‘केवल तिम्रै लागि’ प्रकाशित गरेर साहित्याकाशमा आफ्‌नो प्रभावकारी उपस्थिति देखाउनु भयो । २०६४ मा लेखसंग्रह ‘जून तारा’, छन्द कविता संग्रह ‘माटोको आस्था’ प्रकाशित भयो । ‘माटोको आस्था’ चौथो संस्करणसम्म प्रकाशित छ । २०७६ मा कविता संग्रह ‘आहत हिपत’, २०७७ मा कविता संग्रह तथा छन्दको व्युत्पत्ति र सिकाइ ‘छन्दपान’ २०८९ मा ‘चम्प’ू खण्डकाव्यको तेस्रो संस्करणका रुपमा ‘किनारीकृत माइली’, २०८० मा बालकथा संग्रह ‘सुनको गाग्री’ प्रकाशित भयो । २०८२ मा उपन्यास ‘विविशारा’ प्रकाशित छ ।
उहाँले सुन्दरहरैँचा दर्पण २०७८, बहुआयामिक व्यक्तित्व भवनाथ घिमिरे स्मृति ग्रन्थ २०७९ तथा एक दर्जन बढी पुस्तकमा सम्पादक तथा लेखकको भूमिका निर्वाह गर्नु भएको छ ।

 

सुन्दरहरैँचा कलासाहित्य विकास समितिका अध्यक्ष, सप्त वी साहित्य सञ्जाल काठमाडौका परिकल्पनाकार तथा संस्थापक संरक्षक, पञ्चाङ्ग साहित्य समाज काठमाडौका संरक्षक, मधुवन गोधूलिको साथी साहित्य समूहका संस्थापक संरक्षक, सगरमाथा साहित्य प्रतिष्ठान नेपाल कोशी प्रदेश सल्लाहकारसहित दर्जन संघ संस्थामा आवद्ध रहनु भएको छ ।

 

नइ कीर्ति रत्न अलङ्कार पदक, विराट साहित्य समाज, धरान प्रज्ञा प्रतिष्ठान, आधुनिक साहित्य परिषद काठमाडौं, सुन्दरहरैंचा गजल महफिल, मधुवन गोधूलिको साथी साहित्य संस्थालगायतबाट सम्मानित तथा पुरस्कृत बन्नु भएको छ ।

 

संस्कृतमा शास्त्री गर्नुभएका उहाँ दर्शन र ध्यान साधनाको पाटोमा पनि आफ्‌नो प्रभावकारिता दर्शाइरहनु भएको छ । आध्यात्म, विज्ञान र साहित्यलाई समायोजन गरेर समाज रुपान्तरणमा आफ्‌नो बलबुता प्रयोग गरिरहनु भएको छ । प्रस्तुत छ उहाँसँग उज्यालो खबरको ‘अनुशीलन’ कार्यक्रममा गरिएको भिडिओ कुराकानी :

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रसुवामा आएको बाढिमा झापाका १० जना बेपत्ता

दमक,१२ भदौ | रसुवा स्थित भोटेकोसीमा आएको अप्रत्याशित बाढिमा परि झापाका  १० जना बेपत्ता भएका छन ।   जिल्ला प्रशासन कार्यालय झापाको सूचना शाखाका अनुसार

रसुवा बाढीपीडितका लागि ६ घण्टामै २७ करोड ३३ लाख जुट्यो

काठमाडौं , भदौ ११ । रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जुट्न थालेको छ।

बाढीपीडितका लागि बिर्तामोड नगरपालिकाले ५ लाख दिने

बिर्तामोड , भदौ ११ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि बिर्तामोड नगरपालिकाले पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने

रसुवाको मैलुङबाट दोलखाका सन्तोष थपलिया सम्पर्कविहीन, खोजी तीव्र

काठमाडौं , भदौ ११ । दोलखाको मेलुङ गाउँपालिका–१, पवटी स्थायी घर भएका सन्तोष थपलिया रसुवाको मैलुङ क्षेत्रबाट सम्पर्कविहीन भएका छन्। थपलिया विगत डेढ वर्षदेखि कोरियन

बाढीको त्रास र हराउँदै गएको मानवीय संवेदना

काठमाडौं,११ भदौ । भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको अप्रत्याशित बाढी र पहिरोले केवल घर, सडक र संरचना मात्र बगाएन । धेरै परिवारका सपना,

बाढीमा ३५९ जनाको मृत्यु, ६३ घाइते, २८ प्रहरी सम्पर्कविहीन

काठमाडौँ , ११ भदौ। रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी हालसम्म ३५९ जनाको शव फेला परेको छ। बाढीपछिको खोज तथा उद्धार कार्यमा ४ हजार ३४८