सिमल तरुलको झाडीमा फेला पर्यो लुटिएको हतियार

दमक र बिर्तामोडबाट लुटिएका हतियारमध्ये अझै २२ नाल फेला पर्न बाँकी

दमक| कार्तिक १९ | जेन–जी आन्दोलनका क्रममा लुटिएको एउटा इन्सास हतियार झापामा फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार विर्तामोड नगरपालिका–६, सुगम शान्ति टोलको तोरीवारी नजिक सिमल तरुलको झाडीमा वेवारिसे अवस्थामा ०३११००८७२ नम्बरको इन्सास हतियार एक थान, त्यसको म्याग्जिन एक थान, १९ राउण्ड सावुत र २ राउण्ड वेसावुत गोली फेला परेको हो।

 

प्रहरीका अनुसार उक्त हतियार कार्तिक २४ गते जेन–जी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाटै लुटिएको थियो। फेला परेपछि हतियार इप्रका अनारमनीमा सुरक्षित राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रहरी स्रोतका अनुसार हालसम्म इलाका प्रहरी कार्यालय दमक र बिर्तामोडबाट लुटिएका हतियारमध्ये अझै २२ नाल फेला पर्न बाँकी छन्।
प्रहरीले बाँकी हतियारको खोजी तीव्र बनाएको र घटनामा संलग्न व्यक्तिहरूको पहिचानका लागि अनुसन्धान जारी रहेको जनाएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

काठमाडौं उपत्यकामा ग्यास आपूर्ति सहज पार्न टेकुबाटै बिक्री सुरु

काठमाडौं,१६ साउन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि नेपाल आयल निगमले बजारमा एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न विशेष व्यवस्था लागू गरेको छ

भारतमा व्यावसायिक ग्यासको मूल्य घट्यो, नेपालमा भने असर नपर्ने

काठमाडौं,१६ साउन । भारतमा व्यावसायिक प्रयोजनका लागि प्रयोग हुने एलपी ग्यास (एलपीजी) सिलिन्डरको मूल्य पुनः घटाइएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार १९ किलोग्राम क्षमताको व्यावसायिक

सबै पालिकामा विपद् व्यवस्थापन टोली बनाउने कांग्रेसको लक्ष्य

काठमाडौं,१६ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विपद् व्यवस्थापनमा केवल भावना र इच्छाशक्ति पर्याप्त नहुने भन्दै त्यसका लागि आवश्यक सीप र ज्ञान पनि अनिवार्य

सरकारसँग ८ बुँदे सहमतिपछि गणेश यादवको आज अन्त्येष्टि गरिने

सिरहा,१६ साउन । सिरहाको औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवको अन्त्येष्टि आज गरिने भएको छ। सुनसरीको घटनालाई लिएर गोलबजारमा भएको आन्दोलनका क्रममा गोली लागेर

जनकपुरधाममा सद्भाव र्यालीमै हिन्दू सम्राट सेनाको नाराबाजी

जनकपुर,१६ साउन । जनकपुरधाममा शनिबार विहान निकालिएको सद्भाव र्यालीको बीचमा हिन्दू सम्राट सेनाले विरोध प्रदर्शन गरेको छ । हिजो (शुक्रबार) बसेको सर्वपक्षीय बेठकमा भएको निर्णय