खेलकुद प्रतियोगिता

दमकमा भलिबल र कराते प्रतियोगीता हुँदै

दमक /
सामाजिक न्याय र लैङ्िगक समानता : दिगो बिकासमा सुनिश्चितता भन्ने नारा सहित झापाको दमकमा प्रथम दमक कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने भएको छ । ११२ औ अन्तरास्ट्रिय महिला दिवसको अबसर पारेर प्रतियोगिता आयोजना गर्न लागिएको आज दमक नगरपालिकामा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराईएको छ ।

दमक नगरपालिकाको नगर खेलकुद बिकास समिती, दमक भलिबल बिकास उप समिती, दमक कराते खेल उप समितिको आयोजनामा फागुन २१ गते देखि २४ गते सम्म प्रतियोगिता आयोजना गर्न लागिएको नगर खेलकुद बिकास समितीका अध्यक्ष भिम केसिले जानकारी दिनुभयो । गाउघरमा रहेका महिला खेलाडीको आत्मबल बिकास गराउन र खेल मार्फत उनिहरुको क्षमता प्रदर्शन गराउन महिला लक्ष्यित भलिबल प्रतियोगिता आयोजना गरिएको दमक भलिबल विकास उप समिती संयोजक तेजु धिमालले जानकारी दिनु भयो ।

महिलाहरुलाइओ खेल मार्फत चिनाउन यो प्रतियोगिताले मद्धत पुग्ने बिश्वास नगरको छ । नगरकी उप प्रमुख गीता अधिकारीले महिला खेलाडीलाइ आत्मरक्षाका विभिन्न खेल तथा अन्य प्रतियोगितामा सहभागी गराएर हिम्मत बढाउन सहयोग गरिरहेको बताउनु भयो

प्रतियोगितामा त्रिभुवन आर्मी क्लब काठमाडौ , नेपाल पुलिस क्लब काठमाडौ ,नेपाल सशस्त्र प्रहरी बल काठमाडौ ,न्यु डाईमन्ड स्पोट्स एकेडेमी काठमाडौ र आयोजक प्रदेश एक ए र बि सहभागी बन्ने छन ।प्रतियोगीताको बिजेताले नगद दुई लाख, द्वितीयले १ लाखका साथै ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन । साथै विभिन्न बिधागत ,उत्कृष्ट खेलाडी र सान्त्वना पुरस्कारको समेत ब्यबस्था गरिएको आयोजकले जनाएको छ ।                                                                                प्रतियोगिता सम्पन्न गर्न कुल ९ लाख ४० हजार खर्च हुने अनुमान गरिएको छ । जसमा नगरपालिकाले ८ लाख अन्य सहयोगी संस्था तथा ब्याक्तीबाट संकलन गरिने जनाईएको छ ।

यस्तै फागुन २७ देखि २९ गते सम्म प्रथम दमक मेयरकप पालिका आमन्त्रित राष्ट्रिय कराते खेल प्रतियोगिता पनि हुने भएको छ ।कराते खेल सम्पन्न गर्न कुल १२ लाख ५० हजार लाग्ने पुर्वानुमान गरिएको छ । यसमा नगरपालिका बाट ३ लाख , १ नम्बर प्रदेश सभासदस्य अर्जुनराईको निर्वाचन क्षेत्र विकास कोषबाट २ लाख र अन्य सस्थाहरुबाट ५ लाख ५० हजार संकलन गरिने कराते खेल बिकास उप समिति संयोजक बिमल खतिवडाले जानकारी दिनु भयो ।

भलिबल दमक ७ स्थित पशुहाट र कराते सिद्धार्थ माबीको खेल मैदानमा हुने छ ।मार्च ८ तारिख अर्थात भलिबल समापनका दिन महिला लक्ष्यित अन्य विभिन्न कार्यक्रम समेत आयोजना गरिने जनाईएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बर्ड फ्लुका कारण ६० करोड रुपैयाँभन्दा धेरैको क्षति : डा. उमेश दाहाल

काठमाडौं । नेपालमा पछिल्ला तीन महिनादेखि फैलिरहेको बर्ड फ्लु संक्रमण अहिले विशेषगरी काठमाडौं उपत्यकामा केन्द्रित बनेको छ । पशुसेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार

शक्तिशाली भूकम्पपछि काराकासमा व्यापक क्षति

काठमाडौं,११ असार । भेनेजुएलाको काराकासमा हालै गएको शक्तिशाली भूकम्पपछि त्यहाँ व्यापक क्षति देखिएको छ । चिनियाँ सञ्चारमाध्यम सीसीटीभीले सार्वजनिक गरेको फुटेजमा शहरको विभिन्न स्थानमा भग्नावशेष

वर्षायाममा बाजुराका हिमाली फाँटः धर्तीमै लुकेको स्वर्ग

बाजुरा,११ असार । सुदूरपश्चिमको हिमाली जिल्ला बाजुरा प्राकृतिक सौन्दर्य, जैविक विविधता र सांस्कृतिक सम्पदाले भरिपूर्ण भूमि हो । वर्षायामको आगमनसँगै यहाँका उच्च हिमाली क्षेत्रले नयाँ

व्यवसाय पनि हुनुपर्याे, जनताको ज्यान पनि जोगिनुपर्योः अध्यक्ष मगर

काठमाडौं,१० असार । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले व्यवसाय सञ्चालन र मानव अधिकार संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्ने बताउनु भएको छ् । बुधबार व्यवसाय

११ जिल्लामा बर्ड फ्लु संक्रमण , ५ लाख ६९ हजारभन्दा बढी कुखुरा नष्ट

काठमाडौं ,१० असार । नेपालमा बर्ड फ्लु  संक्रमण ११ जिल्लामा फैलिएको छ । तीन महिनाअघि मोरङबाट सुरु भएको संक्रमण हालसम्म झापा, सुनसरी, मोरङ, बारा, महोत्तरी,