जेनजी आन्दोलनले घरजग्गा कारोबारमा कस्तो असर

दमक, कार्तिक २४ । चालू आर्थिक वर्षको शुरूदेखि अधिकांश स्थानीय तहमा जग्गा कित्ताकाट रोकिएपछि प्रभावित भएको घरजग्गा कारोबार जेनजी आन्दोलनका कारण गिरावट आएको छ । भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीमा धेरै मालपोत कार्यालय निशाना बनेका थिए । फलस्वरूप असोजमा घरजग्गा कारोबामा गिरावट आएको देखिन्छ ।

 

गत असोज महिनामा दमकको मालपोत कार्यलयमा ४०८ घरजग्गा रजिस्ट्रेसन भयो । जबकी भदौ महिनामा ४५३ घरजग्गा रजिसट्रेसन भएको थियो । २०७७ सालपछि शिथिल बनेको घरजग्गा कारोबारको भबिष्य जेन्जी आन्दोलनले थप अन्यौल बनाएको छ । जसका कारण घरजग्गा कारोकार घटेको पाईएको छ । निजी आन्दोलनमा भएको तोडफोड, आगजनी र लुटपाट ,तथा दोषीलाई कारबाहिमा ल्याउन गरिएको ढिलासुस्तस्का कारण लगाानीकर्ता त्रसित भएका छन् । लगाानीको सुरक्षा नभएको भन्दै सम्पत्ती जोड्न लगाानीकर्ता हच्किएका छन् । एकातर्फ सरकारको अस्पष्ट नीति र अर्काेतर्फ आन्दोलनको चपेटामा परेको ब्याबबसाय नै धरासयी बनेको ब्याबसायीको बुझाई छ ।

जेन्जी आन्दोलनका क्रममा तारे होटलदेखि सुपरमार्केट नेताका घरसम्ममा आगजनी र तोडफोड भएको कारण घरजग्गा जोड्न चाहेका पनि अहिले हच्किएको ब्याबसायीको बुझाई छ ।जेन्जी आन्दोलनका क्रममा घरजग्गा किनबेच हुने मालपोत कार्यलय नै निशानामा परेका थिए । कतिपय कार्यहरु त अझै पनि सञ्चालनमा आएको छैनन् । मालपोतमा भएका श्रेष्ता जलेका कारण पनि कारोबारमा समस्या आएको कर्मचारीको बुझाई छ । आन्दोलनमा खासै क्षति नपुगेको दमक मालपोत कार्यलयमा भने घरजग्गा कारोबाारमा गम्भीर असर नपारेपनि केहि हदसम्म घटेको तथाङक छ । मालपोत कार्यलयका सूचना अधिकारी कमल पनेरुका अनुसार जैनज् िआन्दोलनको महिना भदौमा घरजग्गा रजिस्ट्रसन ४५३ भएका थियो । जबकी आन्दोलनपश्चात असोज महिनामा ४०८ वटा घरजग्गा रजिसट्रेसन भएको छन् । तथ्याङगत हिसाबले केहि मात्रामा घटेका देखिएको छ ।

पछिल्ला बर्षहरुमा क्रमश आरालो लाग्दै गएको घरजग्गा कारोबार जेन्जी आन्दोलनले झनै ग्रहण लागेको ब्याबसायीहरुको बुझाई छ । आन्दोलन अघि केहि हदसम्म उत्साहित भएका लगानीकर्ताहरु आफ्नो सम्पत्तीको सुरक्षा नहुने हो कि भन्ने चिन्ताले लगाानी नै गर्न डराएको लेखापढी ब्याबसायी दिपक मिश्रको बुझाई छ ।

कुनै बेला लगाानीको आकर्षण केन्द्र बनेको घरजग्गा कारोबार पछिल्ला समयमा खस्कदो अबस्थामा छ । खासगरी पछिल्ला बिभिन्न मागमा हुने गरेको आन्दोलन र सरकारी नीतिमा अस्पटा हुन । त्यसैगरि लगाानीकर्ताले लगाानीको सुरक्षाको प्रत्याभुतिको अनुभब गर्न नपाउनुले घरजग्गा ब्याबयायी नै धरायसी बन्न पुगेको छ । अर्थतन्त्रलाई लयमा ल्याउदै हरेक लगाानीका क्षेत्रमा सुरक्षाको प्रत्यभुत नगर्ने हो भने राजस्वको प्रमुख श्रोत नै बन्द भई अर्थतन्त्र थप धरायसी बन्ने स्पष्ट देखिदै गएको छ । यसतर्फ बेलैमा ध्यान दिन जरुरी देखिन्छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढीमा ३५९ जनाको मृत्यु, ६३ घाइते, २८ प्रहरी सम्पर्कविहीन

काठमाडौँ , ११ भदौ। रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी हालसम्म ३५९ जनाको शव फेला परेको छ। बाढीपछिको खोज तथा उद्धार कार्यमा ४ हजार ३४८

गोसाइँकुण्डबाट फर्कन वैकल्पिक मार्ग प्रयोग गर्न मन्त्रालयको आग्रह

काठमाडौँ ,११ भदौ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रसुवाको गोसाईंकुण्ड दर्शन तथा भ्रमण गरी फर्कने तीर्थ यात्रीलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ

लुम्बिनीका १२९ जना सम्पर्कविहीन

बुटवल , ११ भदौ। रसुवामा आएको बाढी तथा पहिरोपछि लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका १२९ जना सम्पर्कविहीन भएका प्रारम्भिक विवरण आएको छ ।लुम्बिनी प्रदेश प्रहरी कार्यालय,

सद्गुरुको भावुक भिडियो , हाम्रो समूहका ८० जना सम्पर्कमा छैनन्

काठमाडौं ,११ भदौ। केही समयअघि नेपाल आएर कैलाश यात्रामा निस्किएका सद्गुरुको समूहका ८० जना सदस्य सम्पर्कमा नरहेको उहाँले भिडियो सन्देशमार्फत जानकारी दिनुभयो । भिडियो सन्देश

वीर अस्पतालमा बाढीपीडित वृद्धाको उपचार जारी

काठमाडौँ ,११ भदौ। रसुवामा आएको बाढीबाट प्रभावित अन्दाजी ७५ वर्षीया वृद्धाको उपचार वीर अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका अनुसार ती वृद्धाको पहिचान भएको छैन

टिमुरे बाढीका घाइतेको वीरमा उपचार, ३ जना डिस्चार्ज

काठमाडौँ,११ भदौ । रसुवाको टिमुरेमा बाढीमा पर्नु भएका तुल्सीबहादुर भण्डारी हाल वीर अस्पतालको इमरजेन्सी कक्षमा उपचाररत हुनुन्छ् । ५३ वर्षीय भण्डारीको कानमा चोट लागेको छ