एक लाख नजिक पुग्यो सुनको मूल्य

 

 

 

काठमाडौं : नेपालमा सुनको मूल्य एक लाख नजिक पुगेको छ। बुधबार सुन तोलाको ९९ हजार ५ सय रुपैयाँ कायम गरिएको छ। आज छापावाल सुनको मूल्य ९९ हजार ५०० र तेजावी सुनको मूल्य ९९ हजार कायम भएको  नेपाल सुनचाँदी व्यवसायी महासंघकाले जनाएको छ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ। चाँदी तोलाको १३ सय ७५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। यसअघि मंगलबार सुन तोलाको ९७ हजार ६०० रुपैयाँमा किचबेच भएको थियो।

रुस र युक्रेनमा तनाव बढेसँगै यसको प्रभाव आर्थिक तथा व्यापारिक क्षेत्रमा पर्न थालेको छ । नेपालमा पनि त्यसको असर देखिन थालेको छ । उक्त तनावले गर्दा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उकालो लाग्दै गएको हो ।

बजारमा सुनको मूल्यमा उचारचढाव भइरहेपनि पछिल्लो समय दुई देशबीच द्वन्द्व बढेसँगै सुनको मूल्य दिनप्रति दिन बढ्दै गएको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

एक महिनामै डिजेल र पेट्रोलको मूल्य बढ्यो

काठमाडौं,३ वैशाख । पछिल्लो एक महिनामा नेपाल आयल निगमले सरकारको सहमति लिएर पटक पटक पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । यसविचमा निगमले डिजेलको मूल्य ६६

उपसभामुख ठाकुरको दहेज प्रथाविरुद्ध कडा सन्देश

सर्लाही,३ वैशाख । उपसभामुख रुबीकुमारी ठाकुरले दाइजोको लेनदेन हुने विवाह समारोहमा आफू सहभागी नहुने घोषणा गर्नु भएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले यस्तो धारणा

दानबहादुरद्धारा महानगरपालिकालाइ सहयोग उपलब्ध गराउन तयार

काठमाडौं, ३ वैशाख । सडक सुरक्षा, सहरी सुरक्षा र सहरी व्यवस्थापनमा काठमाडौँ महानगरपालिका र नेपाल प्रहरी बिचको सम्बन्ध थप बलियो बनाइने भएको छ । काठमाडौँ

गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच शिष्टाचार भेटवार्ता

काठमाडौं,२ वैशाख । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जापानका राजदूत मायदा तोरुबीच आज (बुधबार) गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ । उक्त भेटघाटमा

समानुपातिक सांसदसँग प्रधानमन्त्री शाहको छलफल

काठमाडौं,२ वैशाख । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभाका सबै दलबाट निर्वाचित समानुपातिक सांसदहरूसँग छलफल गर्नु भएको छ । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित अन्तरक्रिया